माघ १७, २०८२ शनिबार | १०:४९:१९
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

मुम्बई शीर्ष स्थानमा उक्लियो

काठमाडौं । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार जयपुरमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई एक सय रनले हरायो ।

टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाएर २१८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको राजस्थान १६.१ ओभरमा अलआउट हुँदा मात्र एक सय १७ रन बनाउन पुग्यो ।

सातौं जित निकालेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । चौथो हारपछि राजस्थानको प्लेअफ सम्भावना सकियो । बुधबार चेन्नई सुपर किङ्सपनि बाहिरिएको थियो ।  एक खेल कम खेलेको रोयल च्यालेन्ज बैगलुरु (आरसिबी) समान १४ अंक भएपनि दोस्रो स्थानमा झरेको छ ।

विशाल लक्ष्य पछ्याएको राजस्थानको ब्याटिङ नचल्दा लगातार हार बेहोर्न परेको हो । जोफ्रा आर्चरले मात्रै सर्वाधिक ३० रन बनाएका थिए । ४.५ ओभरमा ४७ रन बनाउँदा महत्वपूर्ण चार विकेट गुमाएपछि टोली दबाबमा आएको थियो । गुजरातविरुद्ध अघिल्लो खेलमा सतक बनाएका वैभव सुर्यवंशी डक आउट भएका थिए ।

मुम्बईलाई जिताउन ट्रेन्ट बोल्ट र करन शर्माले समान तीन विकेट हात पारे । जसप्रित बुमराहले २ विकेट लिएका थिए ।


यसअघि पहिलो इनिङ्समा ओपनरद्वय रायन रिकेल्टन र रोहित शर्माले पहिलो विकेटको लागि ११६ रनको साझेदारी गरेपछि मुम्बई बलियो बन्यो ।

रायनले ३८ बलमा सात चौका र तीन छक्कासहित ६१ रन बनाए । रोहितले ३६ बलमा ९ चौकासहित ५३ रन बनाएका हुन् । यस्तै सुर्यकुमार यादवले र हार्दिक पाण्ड्याले समान अविजित ४८ रन बनाएका थिए ।

शुक्रबार हुने खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।