चैत्र ८, २०८२ आइतबार | १२:१९:३५
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

मुम्बई शीर्ष स्थानमा उक्लियो

काठमाडौं । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार जयपुरमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई एक सय रनले हरायो ।

टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा मात्र दुई विकेट गुमाएर २१८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको राजस्थान १६.१ ओभरमा अलआउट हुँदा मात्र एक सय १७ रन बनाउन पुग्यो ।

सातौं जित निकालेको मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । चौथो हारपछि राजस्थानको प्लेअफ सम्भावना सकियो । बुधबार चेन्नई सुपर किङ्सपनि बाहिरिएको थियो ।  एक खेल कम खेलेको रोयल च्यालेन्ज बैगलुरु (आरसिबी) समान १४ अंक भएपनि दोस्रो स्थानमा झरेको छ ।

विशाल लक्ष्य पछ्याएको राजस्थानको ब्याटिङ नचल्दा लगातार हार बेहोर्न परेको हो । जोफ्रा आर्चरले मात्रै सर्वाधिक ३० रन बनाएका थिए । ४.५ ओभरमा ४७ रन बनाउँदा महत्वपूर्ण चार विकेट गुमाएपछि टोली दबाबमा आएको थियो । गुजरातविरुद्ध अघिल्लो खेलमा सतक बनाएका वैभव सुर्यवंशी डक आउट भएका थिए ।

मुम्बईलाई जिताउन ट्रेन्ट बोल्ट र करन शर्माले समान तीन विकेट हात पारे । जसप्रित बुमराहले २ विकेट लिएका थिए ।


यसअघि पहिलो इनिङ्समा ओपनरद्वय रायन रिकेल्टन र रोहित शर्माले पहिलो विकेटको लागि ११६ रनको साझेदारी गरेपछि मुम्बई बलियो बन्यो ।

रायनले ३८ बलमा सात चौका र तीन छक्कासहित ६१ रन बनाए । रोहितले ३६ बलमा ९ चौकासहित ५३ रन बनाएका हुन् । यस्तै सुर्यकुमार यादवले र हार्दिक पाण्ड्याले समान अविजित ४८ रन बनाएका थिए ।

शुक्रबार हुने खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गर्नेछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो