काठमाडौं । नेपालका सपन बस्नेत अस्ट्रेलियन फुटबल संघको रेफ्री बनेका छन्।
अस्ट्रेलियन फुटबल संघद्वारा सिडनीमा आयोजित न्यु साउथ वेल्स रेफ्री सेमिनारमा सैद्धान्तिक र नेसनल फिटनेस टेस्ट उत्तीर्ण भइ राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त गरेका हुन् । उनकाे मान्यता सन् २०२७ सम्मका लागि हुनेछ ।
अस्ट्रेलियन रेफ्री हेड जोन मोसले बस्नेतलाई प्रमाण पत्र प्रदान गरे। अब बस्नेतले एनपिएल १, अस्ट्रेलियन कप र लिग १ खेलाउन सक्नेछन् ।
सन् २०१९ मा अखिल नेपाल फुटबल संघ (एन्फा) को रेफ्री कोर्ष उत्तीर्ण गरेका बस्नेतले अस्ट्रेलियामा सन् २०२२ मा लेबल ४ तथा २०२३ मा लेवल ३ र २ उत्तीर्ण गरी खेल सञ्चालन गर्दै आएका छन् ।
भिडियो
World Cup मा Medal जितेर फर्केका Kho Kho टोलीको भव्य स्वागत II KHO KHO WCUP 2025
विश्वकपमा ऐतिहासिक पदक जित्ने टिमको पुरस्कार दिन ढिलाई हुन्नः सदस्यसचिव घिसिङ II KHo KHO II WORLDCUP
विश्वकपको उपविजेता पदकधारी दीपा बिक भन्छिन्ः अब खो खोलाई हेर्ने नजर फेरिन्छ II Kho KHO II WORLDCUP
विश्वकपमा ऐतिहासिक उपविजेताको पदक जितेर फर्केका समिर भन्छन्ः यो उपलब्धि मेरो मन पर्ने मान्छेलाई
विश्वकपमा उपविजेता भएर फर्केपछि खो खो खेलाडी निशा शाही भन्छिन्ः अब सबैले चिन्ने भए
POKHARA LAKERS लाई हराएपछि HIMALAYAN RAIDERS का कप्तान गणेशबहादुर पार्की भन्छन्ः ‘हामीसँग धैर्य छैन’
अन्तिम समयमा क्याप्टेनको रेडले पहिलो जित दिलायो II SANDIP PANT I HIMALAYAN RAIDERS