चैत्र ८, २०८२ आइतबार | ०६:०४:५३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

वालिङ र बागमतीबीचको निर्णायक खेल आज

पहिलो चरणमा प्रतिस्पर्धा गर्दै वालिङ र बागमती, फाइल तस्विर ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको निर्णयक खेलमा शुक्रबार वालिङ नगरपालिकाले बागमती युवा क्लबको सामना गर्नेछ । खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

यी दुईबीचको भिडन्तलाई किन निर्णायक भनिएको हो भने खेलको नतिजाले प्लेअफ समीकरणमा प्रभाव पार्नेछ । बागमती र वालिङले पछिल्ला तीन खेलमध्ये एकमा पनि जित हासिल गरेका छैनन् । सहभागी पाँच टोलीमध्ये चार टोलीले प्लेअफमा स्थान बनाउने भएकाले यो खेल निर्णायक बन्न पुगेको हो । भलै यी दुई टोलीले दोस्रो चरण खेल्न बाँकी नै छ । तीन विभागीय टोलीभन्दा कमजोर देखिएका यी दुई टोलीले दोस्रो लेगमा पनि विभागविरुद्ध सकारात्मक नतिजा ल्याउन गाह्रो देखिन्छ । पहिलो लेगको प्रदर्शनले यही भन्छ ।

खेलमा बागमती जितको प्रबल दाबेदार हो । विभागीय टोलीविरुद्ध भएका पछिल्ला तीन खेलमा बागमतीले ९ गोल खाँदा  एक गोल पनि गरेको छ । उता वालिङको हालत भने ठिक उल्टो छ । विपक्षी पोस्टमा एक गोल पनि गर्न नसकेको वालिङले २६ गोल खाएको छ । त्यसैले वालिङविरुद्ध स्पष्ट तीन अंक हासिल गर्न बागमती मात्र ९० मिनेट टाढा रहेको कुरा सहजै भन्न सकिन्छ ।

वालिङले पछिल्लो खेलमा त्रिभुवन आर्मीसँग एक दर्जन गोल खाएको थियो । दोस्रो चरणमा सबैभन्दा ठूलो अन्तरको हार यो नै रह्यो । 

खेलपछि मुख्य प्रशिक्षक दीलिप थापाले भने,‘बागमतीविरुद्ध हाम्रो लक्ष्य जित्ने भन्दा पनि विपक्षी आक्रमणलाई कसरी रोक्ने भन्ने हुनेछ । मूल कुरा हामी कति बेर गोल नखाई बस्न सकिन्छ भन्ने हो । किनभने हाम्रो गोलकिपर एकदमै कमजोर छिन् । वैकल्पिक गोलकिपरबाट पनि आशा राख्न सकिन्न । खास भन्ने हो भने नेपालमै राम्रा गोलकिपर छैनन् । विभागीय टोलीका पहिलो रोजाइबाहेक नेपालमा अन्य गोलकिपर छैनन् । हेरौं बागमतीविरुद्ध कतिबेर धान्न सकिन्छ ।’

कमजोर रक्षापङ्क्ति र खराब गोलकिपिङका कारण वालिङले ६५ मिनेटभित्र सात गोल खाएको थियो । त्यसपछि थापाले पहिलो रोजाईका गोलकिपर राधिका ओलीलाई प्रतिस्थापन गर्दै दोस्रो रोजाइका सञ्जिना माझीलाई मौका दिएका थिए । तर, सञ्जिनाबाट पनि राम्रो बचाउ हुन सकेन । कोपिलाले पाँच गोल खाइन् ।

सुदूरपश्चिमका दुई खेलाडीको आगमनसँगै बागमतीको मनोबल बढेको छ । सुर्खेतमा सम्पन्न राष्ट्रिय लिग छनोटमा सुदूरपश्चिम प्रदेशलाई छनोट गराउन कप्तानी भूमिका निर्वाह गरेकी अञ्जली चन्द र अस्मिता चौधरीलाई बागमतीले दोस्रो चरणका लागि टोलीमा अनुबन्ध गरेको छ । 

अञ्जली र अस्मिता पछिल्लो खेल अर्थात पुलिसविरुद्ध निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका थिए । यी दुई खेलाडी बागमतीको बन्द प्रशिक्षणमा समेत सामेल थिए । तर, सुदूरपश्चिम प्रदेशबाट रिलीज नपाउँदा उनीहरु सर्लाहीबाट आफ्नो घर धनगढी जान बाध्य भएका थिए । अहिले सुदूरपश्चिमबाट रिलीज पाएसँगै उनीहरु लिग खेल्न काठमाडौं ओर्लिएका हुन् ।

आर्मी र पुलिस दुवैसँग २-० ले पराजित बागमतीले यी दुई खेलाडीको आगमनसँगै दोस्रो लेगमा विभागका टोलीलाई कम्तिमा पनि बराबरीमा रोक्ने लक्ष्य राखेको छ । मुख्य प्रशिक्षक सोनाम लामा भन्छन्,‘विस्तारै हाम्रो टोली पूर्ण हुँदैछ । दोस्रो लेगमा पुलिस र आर्मीलाई रोक्ने लक्ष्य छ ।’

शुक्रबार वालिङविरुद्ध अञ्जली र अस्मिता दुवैले पहिलो रोजाईमै खेल्नेछन् । उनीहरुसँगै कप्तान तथा रक्षक दीव्या यास्मालीमगर हेर्नलायक खेलाडी रहनेछिन् । वालिङका लागि मिडफिल्डर सुक्रिया मियामाथि केही आशा राख्न सकिन्छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो