माघ १६, २०८२ शुक्रबार | १९:५३:५६
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

वालिङ र बागमतीबीचको निर्णायक खेल आज

पहिलो चरणमा प्रतिस्पर्धा गर्दै वालिङ र बागमती, फाइल तस्विर ।

काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणको निर्णयक खेलमा शुक्रबार वालिङ नगरपालिकाले बागमती युवा क्लबको सामना गर्नेछ । खेल अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।

यी दुईबीचको भिडन्तलाई किन निर्णायक भनिएको हो भने खेलको नतिजाले प्लेअफ समीकरणमा प्रभाव पार्नेछ । बागमती र वालिङले पछिल्ला तीन खेलमध्ये एकमा पनि जित हासिल गरेका छैनन् । सहभागी पाँच टोलीमध्ये चार टोलीले प्लेअफमा स्थान बनाउने भएकाले यो खेल निर्णायक बन्न पुगेको हो । भलै यी दुई टोलीले दोस्रो चरण खेल्न बाँकी नै छ । तीन विभागीय टोलीभन्दा कमजोर देखिएका यी दुई टोलीले दोस्रो लेगमा पनि विभागविरुद्ध सकारात्मक नतिजा ल्याउन गाह्रो देखिन्छ । पहिलो लेगको प्रदर्शनले यही भन्छ ।

खेलमा बागमती जितको प्रबल दाबेदार हो । विभागीय टोलीविरुद्ध भएका पछिल्ला तीन खेलमा बागमतीले ९ गोल खाँदा  एक गोल पनि गरेको छ । उता वालिङको हालत भने ठिक उल्टो छ । विपक्षी पोस्टमा एक गोल पनि गर्न नसकेको वालिङले २६ गोल खाएको छ । त्यसैले वालिङविरुद्ध स्पष्ट तीन अंक हासिल गर्न बागमती मात्र ९० मिनेट टाढा रहेको कुरा सहजै भन्न सकिन्छ ।

वालिङले पछिल्लो खेलमा त्रिभुवन आर्मीसँग एक दर्जन गोल खाएको थियो । दोस्रो चरणमा सबैभन्दा ठूलो अन्तरको हार यो नै रह्यो । 

खेलपछि मुख्य प्रशिक्षक दीलिप थापाले भने,‘बागमतीविरुद्ध हाम्रो लक्ष्य जित्ने भन्दा पनि विपक्षी आक्रमणलाई कसरी रोक्ने भन्ने हुनेछ । मूल कुरा हामी कति बेर गोल नखाई बस्न सकिन्छ भन्ने हो । किनभने हाम्रो गोलकिपर एकदमै कमजोर छिन् । वैकल्पिक गोलकिपरबाट पनि आशा राख्न सकिन्न । खास भन्ने हो भने नेपालमै राम्रा गोलकिपर छैनन् । विभागीय टोलीका पहिलो रोजाइबाहेक नेपालमा अन्य गोलकिपर छैनन् । हेरौं बागमतीविरुद्ध कतिबेर धान्न सकिन्छ ।’

कमजोर रक्षापङ्क्ति र खराब गोलकिपिङका कारण वालिङले ६५ मिनेटभित्र सात गोल खाएको थियो । त्यसपछि थापाले पहिलो रोजाईका गोलकिपर राधिका ओलीलाई प्रतिस्थापन गर्दै दोस्रो रोजाइका सञ्जिना माझीलाई मौका दिएका थिए । तर, सञ्जिनाबाट पनि राम्रो बचाउ हुन सकेन । कोपिलाले पाँच गोल खाइन् ।

सुदूरपश्चिमका दुई खेलाडीको आगमनसँगै बागमतीको मनोबल बढेको छ । सुर्खेतमा सम्पन्न राष्ट्रिय लिग छनोटमा सुदूरपश्चिम प्रदेशलाई छनोट गराउन कप्तानी भूमिका निर्वाह गरेकी अञ्जली चन्द र अस्मिता चौधरीलाई बागमतीले दोस्रो चरणका लागि टोलीमा अनुबन्ध गरेको छ । 

अञ्जली र अस्मिता पछिल्लो खेल अर्थात पुलिसविरुद्ध निर्धारित समय सकिन आठ मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका थिए । यी दुई खेलाडी बागमतीको बन्द प्रशिक्षणमा समेत सामेल थिए । तर, सुदूरपश्चिम प्रदेशबाट रिलीज नपाउँदा उनीहरु सर्लाहीबाट आफ्नो घर धनगढी जान बाध्य भएका थिए । अहिले सुदूरपश्चिमबाट रिलीज पाएसँगै उनीहरु लिग खेल्न काठमाडौं ओर्लिएका हुन् ।

आर्मी र पुलिस दुवैसँग २-० ले पराजित बागमतीले यी दुई खेलाडीको आगमनसँगै दोस्रो लेगमा विभागका टोलीलाई कम्तिमा पनि बराबरीमा रोक्ने लक्ष्य राखेको छ । मुख्य प्रशिक्षक सोनाम लामा भन्छन्,‘विस्तारै हाम्रो टोली पूर्ण हुँदैछ । दोस्रो लेगमा पुलिस र आर्मीलाई रोक्ने लक्ष्य छ ।’

शुक्रबार वालिङविरुद्ध अञ्जली र अस्मिता दुवैले पहिलो रोजाईमै खेल्नेछन् । उनीहरुसँगै कप्तान तथा रक्षक दीव्या यास्मालीमगर हेर्नलायक खेलाडी रहनेछिन् । वालिङका लागि मिडफिल्डर सुक्रिया मियामाथि केही आशा राख्न सकिन्छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।