चैत्र १२, २०८२ बिहीबार | १५:२९:१२
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

दुई ह्याट्रिकमा थ्री स्टारको सानदार जित

गोलको खुसीयाली मनाउँदै थ्री स्टारका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । थ्री स्टार क्लबले एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १०-० को सानदार जित दर्ता गरेको छ ।

जितसँगै थ्री स्टारले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित आर्मी अंकविहिन छ ।

पहिलो खेलमा थ्री स्टार एपिएफसँग गोलरिहत बराबरीमा रोकिदा आर्मीले नेपाल पुलिस क्लबसँग ७-० को हार बेहोरेको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक गरे । यसैगरी पूर्ण श्रेष्ठले दुई तथा भुपेन्द्रबहादुर रावत र जोंगसेन खेन्चो काजीले समान एक गोल थपे । 

खेलको १०औं मिनेटमा भुपेन्द्रको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । २३औं मिनेटमा जोंगसेनले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । 

थ्री स्टार र आर्मी प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

पूर्णले ४४ र ६६औं मिनेटमा गोल गर्दा थ्री स्टार ४-० ले अगाडि बढ्यो । रोहनले ७० र ७५ औं मिनेटमा गोल थप्दा थ्री स्टारको अग्रता ६-० मा पुग्यो ।

सिर्जनले ७८औं मिनेटमा टोलीका लागि सातौं गोल गरे । आठ मिनेटपछि रोहनले ह्याट्रिक पूरा गर्दै थ्री स्टालाई ८-० को फराकिलो अग्रता दिलाए ।

सिर्जनले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा र इन्जुरी समयमा गोल गर्दै थ्री स्टारलाई १०-० को सानदार जित दिलाए ।

बुधबारै सम्पन्न पहिलो खेलमा नेपाल एपिएफ फुटबल क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २-१ को जित दर्ता गरेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो