माघ १९, २०८२ सोमबार | ०३:२३:५४
नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई नेपाल र भुटानलाई ‘अर्ली एक्जिट’को खतरा फ्रेन्ड्सविरुद्ध मनाङको रोमाञ्चक जित, आर्मीले श्री भगवतीलाई हरायो अन्ततः पाकिस्तानले गर्ने भयो भारतविरुद्धको खेल बहिस्कार त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई

दुई ह्याट्रिकमा थ्री स्टारको सानदार जित

गोलको खुसीयाली मनाउँदै थ्री स्टारका खेलाडी, तस्विरः एन्फा ।

काठमाडौं । थ्री स्टार क्लबले एन्फा यु-१६ युथ लिगमा बुधबार विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १०-० को सानदार जित दर्ता गरेको छ ।

जितसँगै थ्री स्टारले दुई खेलमा चार अंक जोडेको छ । दुवै खेलमा पराजित आर्मी अंकविहिन छ ।

पहिलो खेलमा थ्री स्टार एपिएफसँग गोलरिहत बराबरीमा रोकिदा आर्मीले नेपाल पुलिस क्लबसँग ७-० को हार बेहोरेको थियो ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन सिर्जन श्रेष्ठ र रोहन बम्जनले ह्याट्रिक गरे । यसैगरी पूर्ण श्रेष्ठले दुई तथा भुपेन्द्रबहादुर रावत र जोंगसेन खेन्चो काजीले समान एक गोल थपे । 

खेलको १०औं मिनेटमा भुपेन्द्रको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । २३औं मिनेटमा जोंगसेनले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । 

थ्री स्टार र आर्मी प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा । 

पूर्णले ४४ र ६६औं मिनेटमा गोल गर्दा थ्री स्टार ४-० ले अगाडि बढ्यो । रोहनले ७० र ७५ औं मिनेटमा गोल थप्दा थ्री स्टारको अग्रता ६-० मा पुग्यो ।

सिर्जनले ७८औं मिनेटमा टोलीका लागि सातौं गोल गरे । आठ मिनेटपछि रोहनले ह्याट्रिक पूरा गर्दै थ्री स्टालाई ८-० को फराकिलो अग्रता दिलाए ।

सिर्जनले निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा र इन्जुरी समयमा गोल गर्दै थ्री स्टारलाई १०-० को सानदार जित दिलाए ।

बुधबारै सम्पन्न पहिलो खेलमा नेपाल एपिएफ फुटबल क्लबले सातदोबाटो युथ क्लबविरुद्ध २-१ को जित दर्ता गरेको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।