काठमाडौं । इङ्ल्यान्डका पूर्व कप्तान वायन रुनीले च्याम्पियनसिपको क्लब प्लाइमाउथ अर्गाइल छाडेका छन् ।
क्लबलले आपसी सहमतीमै रुनीले जिम्मेवारी छाडेको जानकारी दिएको छ ।
‘मलाई यो अवसर दिएको प्लाइमाउथ अर्गाइल फुटबल क्लबको बोर्डलाई धन्यवाद भन्न चाहन्छु । यसैगरी मुख्य प्रशिक्षकका रूपमा मलाई सहयोग गर्ने कोचिङ स्टाफ, मेरो प्रयासमा साथ दिने खेलाडी र समर्थकप्रति आभारी छु,’ रुनीले भनेका छन् ।
प्लाइमाउथले सात महिना अगाडि मात्रै ३८ वर्षीय रुनीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । च्याम्पियनसिपकै बर्मिङहम सिटीबाट बर्खास्त भएका रुनीले इयान फोस्टरको स्थान लिएका थिए ।
रुनीको प्रशिक्षणमा प्लाइमाउथले च्याम्पियनसिपमा २३ खेल खेल्दा चार जित, ६ बराबरी र १३ हारको नतिजा निकालेको छ । टोली १८ अंकका साथ रेलिगेसन क्षेत्रमा छ ।
रुनीले डर्बी काउन्ट्री, डिसी युनाइटेडको पनि प्रशिक्षण सम्हालेका छन् । प्रशिक्षक करिअरमा रुनीले १७६ खेलमध्ये ४४ मा मात्र जित हासिल गरेका छन् ।