माघ २३, २०८१ बुधबार | १८:११:३४
त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने त्रिवि क्रिकेट मैदान स्तरोन्नतीको काम चाँडो अगाडि बढाउन प्रधानमन्त्री ओलीको निर्देशन डिस्ट्रिक ‘डी’ लाई लायन्स गभर्नर्स कप फुटसलको उपाधी अन्तरविद्यालय फुटबलः सेमिफाइनल समिकरण पूरा बोस्टन क्रिकेटको सान्त्वना जित विभागीय डर्बीमा पुलिसको एकतर्फी जित सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण ग्रेट हिमालयन सेमिफाइनलमा एपिएफलाई हराउदै मछिन्द्र क्वार्टरफाइनलमा निर्वाचन अमान्य नभएको एनओसीको दाबी ज्ञान संस्कारको आयोजनामा राष्ट्रिय अन्तरविद्यालयय स्केटिङ प्रतियोगिता हुने

रंगशालामा महिला साफ खेल्ने सात टिम

साफ च्याम्पियनसिपको ट्रफीका साथ सहभागी टोलीका कप्तान ।

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको सातौं संस्करण आज बिहीबार सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १४ गतेसम्म चल्ने प्रतियोगितामा उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रँदैछन् दक्षिण एसियाका सात टोली ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । एउटा समूहमा तीन र अर्को समूहमा चार टोली छन् । एकअर्कासँग एक खेल खेलेपछि हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल यात्रा तय गर्नेछ ।

प्रतियोगिताको सातौं संस्करणमा पनि साबिक विजेता बंगलादेश, भारत र घरेलु टोली नेपाललाई उपाधिको प्रमुख दाबेदारको रूपमा हेरिएको छ । समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, भारत र पाकिस्तान तथा समूह ‘बी’ मा नेपाल, श्रीलंका मल्दिभ्स र भुटान छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । बंगलादेशले कार्तिक ४ मा पाकिस्तान र कार्तिक ७ मा भारतको सामना गर्नेछ । समूह ‘बी’ का खेलमा कार्तिक २ मा आयोजक नेपाल र भुटान तथा माल्दिभ्स र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । कार्तिक ५ मा नेपालले माल्दिभ्स तथा भुटानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दा कार्तिक ७ मा नेपालले श्रीलंका र भुटानले माल्दिभ्सको सामना गर्नेछन् ।

समूह ‘ए’ का टिम

बंगलादेश

बंगलादेशका प्रशिक्षक पिटर जेम्स बट्लर ।

साबिक विजेता बंगलादेश यस पटक पनि उपाधिको प्रमुख दाबेदार हो । गत संस्करण नेपाललाई हराउँदै च्याम्पियन बनेको बंगलादेश सन् २०१६ को फाइनलमा भारतसँग पराजित भएको थियो । बंगलादेशले सन् २०१०, ०१४ र ०१९ मा सेमिफाइनल यात्रा तय गर्दा सन् २०१२ मा भने समूह चरण पार गर्न सकेन । प्रतियागितका ६ वटै संस्करणमा सहभागिता जनाएको बंगलादेशले २३ खेल खेल्दा १३ जित, ९ हार र एक बराबरीको नतिजा निकालेको छ । इङ्लिस प्रशिक्षक पिटर जेम्स बट्लरको नेतृत्वमा रहेको बंगलादेशलाई सविना खातुन, रुप्ना चक्मा, ऋतु पूर्णा चक्मा जस्ता खेलाडीको साथ रहनेछ ।

बंगलादेशका प्रशिक्षक बट्लर टोलीको लक्ष्य उपाधि जित्नु रहेको बताउँछन् । 
‘वर्षको सुरुआती दुई खेल हारेका थियौं । पछि हामीले जितको लयलाई फर्कायौं । युवा, अनुभवी खेलाडीको समिश्रण छ । अघिल्लो संस्करण उपाधि जितेका केही खेलाडी छैनन् । यद्यपि भएका खेलाडी उपाधि जित्न तत्पर छन्,’ प्रशिक्षक बट्लरले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको देशको प्रतिनिधित्व गर्दा सबैको दायित्व राम्रो प्रदर्शन गर्नु हुनुपर्छ । खेलाडीले यो कुरा बुझेका छन् । टोली यसपालि पनि उपाधि जित्न प्रेरित छन् ।’

भारत

भारतीय टोलीकी कप्तानआशालता देवी ।

प्रतियोगिताको सबैभन्दा सफल टोली हो भारत । भारतले प्रतियोगिताका ६ संस्कण सम्पन्न हुँदा पाँच पटक उपाधि जितेको छ । गत संस्करण भने भारतको यात्रा सेमिफाइनलमै सीमित बन्यो । भारत सन् २०१०, ०१२, ०१४, ०१६ र ०१९ को च्याम्पियन टोली हो । भारतले २७ खेल खेल्दा २४ जित, २ हार र एक बराबरीको नतिजा निकालेको छ । सन्तोष कश्यपको नेतृत्वमा रहेको भारतलाई अनु तामाङ, नङ्गोम बाला देवी, सन्ध्या रंगनाथन जस्ता खेलाडीको साथ रहनेछ ।

भारतीय टोलीकी कप्तान आशालता देवी सन्तुलित टोली भएकाले उत्कृष्ट प्रदर्शन गर्ने आशाबादी रहेको बताउँछिन् । ‘बाला देवीको पुनरागमनसँगै टोलीलाई थप प्रेरणा मिलेको छ । अघिल्लो संस्करणमा हामीसँग युवा खेलाडी धेरै थिए । अहिले हामीसँग युवा, अनुभवी र स्तरीय खेलाडीको समिश्रण छ । राम्रो तयारी भएको छ । तयारी अनुरुप खेल्यो भने हामीले राम्रो खेल प्रस्तुत गर्न सक्छौं,’ उनले भनिन् ।            

पाकिस्तान 

पाकिस्ताकी कप्तान मारिया खान  ।

यो समूहको सबैभन्दा कमजोर टोलीका रूपमा पाकिस्तानलाई हेरिएको छ । पाकिस्तानले प्रतियोगिताका चार संस्कणमा मात्र सहभागिता जनाएको छ । सन् २०१६ र ०१९ मा पाकिस्तानको सहभागिता रहेन । सन् २०१०, ०१२, ०१४ र २०२२ मा सहभागिता जनाएको टोलीको यात्रा समूह चरणभन्दा अगाडि बढ्न सकेको छैन । हालसम्म १३ खेल खेलेको पाकिस्तानले ५ जित र ८ हारको नतिजा निकालेको छ । आदिल रिज्कीको प्रशिक्षणमा रहेको पाकिस्तानले मारिया खान, रामिन फारेद, जाहमेना मल्लिक जस्ता खेलाडीलाई मैदान उतार्ने छ ।

पाकिस्ताकी कप्तान मारिया खान टोली कठिन समूहमा परे पनि उत्कृष्ट प्रदर्शन गर्ने धारणा राख्छिन् । ‘हामी कठीन समूहमा छौं । तर, फुटबल भनेको पनि यही नै त हो । शीर्ष स्तरको फुटबल खेल्न नै पर्छ । पछिल्लो संस्करण प्रतिबन्ध फुकुवापछि पहिलो प्रतियोगिता भएका कारण राम्रो गर्न सकेका थिएनौं । तर, यसपालि टोलीको मनोबल उच्च छ । उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ मारियाले भनिन् ।

समूह ‘बी’ का टिम

नेपाल

नेपालकी कप्तान अन्जिला तुम्बापो सुब्बा।

प्रतियोगिताको सदाबहार दाबेदार भएर पनि नेपालले हालसम्म उपाधि जित्न सकेको छैन । 
६ संस्करण सकिँदा नेपालले पाँच फाइनल खेलेको छ । नेपाल सन् २०१०, २०१२, २०१४, २०१९ र २०२२ मा उपविजेता बनेको थियो । नेपालले सन् २०१६ मा भने सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । अघिल्ला ६ वटै संस्करणमा सहभागिता जनाएको नेपालले हालसम्म २७ खेल खेल्दा २१ जित र ६ हारको नतिजा निकालेको छ । यसपालि राजेन्द्र तामाङको नेतृत्वमा रहेको नेपाललाई अन्जिला तुम्बापो सुब्बा, सावित्रा भण्डारी, रेखा पौडेललगायतका आधा दर्जन अनुभवी खेलाडीको साथ रहनेछ ।

नेपालकी कप्तान अन्जिला तुम्बापो सुब्बा घाँसे मैदानमा खेल्न केही गाह्रो हुने बताउँछन् ।

‘दुई सातामात्रै अभ्यास गर्न पाए पनि लिगले धेरै सपोर्ट गरेको छ । टिम ब्यालेन्स छ । हामी राम्रो तयारी गरेका छौं। हाम्रो लक्ष्य लक्ष्य च्याम्पियन बन्ने हो,’ कप्तान अन्जिलाले भनिन्, ‘कृतिम मैदानमा अभ्यास गरेका थियौं । एकै पटक घाँसे मैदानमा खेल्दा केही गाह्रो हुन्छ । तर हामी प्रतियोगिताका लागि तयार छौं ।’

भुटान

भुटानकी कप्तान्त पेमा छोदेन छिरिङ ।

भुटानलाई प्रतियोगितामा कमजोर टोलीको रूपमा हेरिएको छ । प्रतियोगिताका ६ वटै संस्करणमा सहभागिता जनाएको भुटानले एक पटक मात्र सेमिफाइनल यात्रा तय गरेको छ । 
सन् २०१०, ०१२, ०१४, ०१६, २०१९ मा समूह चरणबाटै बाहिरिएको भुटान २०२२ मा भने सेमिफाइनलसम्म पुगेको थियो । साफ च्याम्पियनसिपमा भुटानले १७ खेल खेल्दा समान एक जित र बराबरी तथा १५ हारको नतिजा सामना गरेको छ । निकोला डिमाइनेको प्रशिक्षणमा रहेको भुटानलाई सुनीता राई, पेमा छोदेन, छिरिङ नाम्गेल डोमा जस्ता खेलाडीको साथ रहनेछ ।

भुटानकी कप्तान्त पेमा छोदेन छिरिङ विना दबाब खेल्ने बताउँछिन् । प्रतियोगिताका लागि तयार छौं । खेलाडीहरु उत्साहित छन् । देशको प्रतिनिधित्व गर्नु ठूलो कुरा हो । प्रतियोगितामा हामीलाई दबाब छैन । हामी उच्च प्रदर्शन गर्नेछौं,’ पेमाले भनिन् ।

श्रीलंका 

श्रीलंकाका प्रशिक्षक मोहम्मद हुसेन रुमी ।

श्रीलंकाले साफ महिला च्याम्पियनसिपमा मध्यम प्रदर्शन गरिरहेको छ । प्रतियोगिताका ६ वटै संस्करण खेलेको श्रीलंकाले तीन पटक सेमिफाइनलसम्म यात्रा तय गरेको छ । सन् २०१२, २०१४ र २०१९ मा सेमिफाइनल पुगेको श्रीलंका सन् २०१०, २०१६ र २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो । मोहम्मद हुसेन रुमीको प्रशिक्षणमा रहेको श्रीलंकन टोली थुसनी मधुसिका, स्टेफनी डायस, पूर्णिमा परेरा जस्ता खेलाडीको साथमा मैदान उत्रिनेछ । श्रीलंकाले यस प्रतियोगितामा १९ खेल खेल्दा ६ जित, १ बराबरी र १२ हारको नतिजा निकालेको छ ।

श्रीलंकाका प्रशिक्षक मोहम्मद हुसेन रुमी टोलीको तयारी छोटो भए पनि प्रतियोगिताका लागि तयार रहेको धारणा राख्छन् । ‘हामीले ४० दिनको प्रशिक्षण समय पाएका छौं । प्रशिक्षणका दौरान खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार ल्याएका छन् । प्रशिक्षणका लागि पर्याप्त  समय नपाए पनि  टोली साफका लागि तयार छ,’ रुमीले भने ।

माल्दिभ्स

माल्दिभ्सका प्रशिक्षक मोहम्मद निजाम ।

 साफ महिला च्याम्पियनसिपको अघिल्ला सबै संस्करणमा सहभागिता जनाएको माल्दिभ्स एक पटक मात्र सेमिफाइनल पुगेको छ । सन् २०१०, ०१२, ०१४, ०१९ र ०२२ मा समूह चरणबाटै बाहिरिएको माल्दिभ्सले २०१६ मा भने सेमिफाइनल खेलेको थियो । साफमा माल्दिभ्सले १८ खेल खेल्दा ३ जित, २ बराबरी र १३ हारको नतिजा निकालेको छ ।

माल्दिभ्सका प्रशिक्षक मोहम्मद निजाम टोलीको लक्ष्य उपाधि जित्नु रहेको बताउँछन् । 
‘यसपालि हामी विगतका संस्करणमाभन्दा उत्साहित छौं । उपाधि जित्ने लक्ष्य छ । पहिलो खेलका लागि ध्यान केन्द्रित छ । पछि हेर्दै जाऔं कतासम्म पुगिन्छ । खेलाडी नेपालको वातावरणसँग परिचित छन् । तीन-चार प्रतियोगिताहरु खेलिसकेका छन्,’ निजामले भने । 


भिडियो
NETHERLANDS की STERRE KALIS भन्छिन्ः नेपालको खेलमा सुधार भइरहेको छ । यहाँका समर्थक एकदम गज्जपका छन्
NEPAL PLAYER PUJA MAHATO भन्छिन्ः घरेलु मैदानमा एउटै विकेट लिन नसक्नु लाजको विषय हो II CRICKET TEAM
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो