माघ १७, २०८२ शनिबार | १३:१७:५२
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण

मुकेश विष्ट ।

पोखरा । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्टले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवमा बुधबार दोहोरो स्वर्ण पदक जितेका छन् । उनले पुरुष १०० मिटर दौड र लङजम्पमा स्वर्ण हात पारे । 

पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्डका साथ काठमाडौं विश्वविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्डको समय निकाल्दै त्रिवि प्रकाश जोशी तेश्रो भए ।

यता लङजम्पमा मुकेशले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोश्रो तथा त्रिभूवन विश्वविद्यालय (त्रिवि) कादिवस रेग्मी (५.५३ मिटर) तेश्रो स्थानमा रहे ।

त्रिविकी विना थारुले  महिला १०० मिनेट दौडमा स्वर्ण पदक जितिन् । विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिइन् । त्रिविकी आकृति चौधरी १४.९० सेकेन्डका साथ दोश्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डको समयका साथ तेश्रो स्थानमा रहे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा गण्डकी विश्वविद्यालयको सह–आयोजना र विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४०० मिटर दौडमा  त्रिविका सुशिलकुमार बानियाँले स्वर्ण पदक जिते । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे । त्रिविकै दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेश्रो स्थानमा रहे ।

सो स्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण पदक जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन् । त्रिविकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य  पदक हात पारे ।

एथलेटिक्सको पहिलो दिन पाँच स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र त्रिविले समान दुई तथा मधेश प्रदेशले एक स्वर्ण जितेका छन् । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी पाँच स्पर्धाको फाइनल बिहीबार हुनेछ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।