चैत्र १०, २०८२ मंगलबार | १७:१३:०१
एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र पिएम कपमा आज पनि दुई खेल एरिका तमु धीं यूकेको गुडविल एम्बासडर

सुदूरपश्चिमका मुकेशलाई दोहोरो स्वर्ण

मुकेश विष्ट ।

पोखरा । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्टले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवमा बुधबार दोहोरो स्वर्ण पदक जितेका छन् । उनले पुरुष १०० मिटर दौड र लङजम्पमा स्वर्ण हात पारे । 

पोखरा रंगशालामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गरे । ११.६५ सेकेन्डका साथ काठमाडौं विश्वविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्डको समय निकाल्दै त्रिवि प्रकाश जोशी तेश्रो भए ।

यता लङजम्पमा मुकेशले ६.७० मिटर जम्प गरे । सुदूरपश्चिमकै खेमराज जोशी (५.८२ मिटर) दोश्रो तथा त्रिभूवन विश्वविद्यालय (त्रिवि) कादिवस रेग्मी (५.५३ मिटर) तेश्रो स्थानमा रहे ।

त्रिविकी विना थारुले  महिला १०० मिनेट दौडमा स्वर्ण पदक जितिन् । विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिइन् । त्रिविकी आकृति चौधरी १४.९० सेकेन्डका साथ दोश्रो तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डको समयका साथ तेश्रो स्थानमा रहे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा गण्डकी विश्वविद्यालयको सह–आयोजना र विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष ४०० मिटर दौडमा  त्रिविका सुशिलकुमार बानियाँले स्वर्ण पदक जिते । उनले ५३.९१ सेकेन्डमा निर्धारित दूरी तय गरे । त्रिविकै दिवस रेग्मी (५५.५६ सेकेन्ड) दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट (५६.२९ सेकेन्ड) तेश्रो स्थानमा रहे ।

सो स्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण पदक जितिन् । हिमालीले निर्धारित दूरी पूरा गर्न १ मिनेट १०.४६ सेकेन्ड समय लगाइन् । त्रिविकी राज्यलक्ष्मी रावल (१ मिनेट १०.४८ सेकेन्ड) ले रजत तथा गण्डकीकी कृति गिरी (१ मिनेट १५.३० सेकेन्ड) ले कांस्य  पदक हात पारे ।

एथलेटिक्सको पहिलो दिन पाँच स्वर्णको टुंगो लाग्दा सुदूरपश्चिम र त्रिविले समान दुई तथा मधेश प्रदेशले एक स्वर्ण जितेका छन् । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी पाँच स्पर्धाको फाइनल बिहीबार हुनेछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो