चैत्र १३, २०८२ शुक्रबार | ०९:४१:१६
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

एन्फा महिला लिगः कर्णालीविरुद्ध वालिङको फराकिलो जित

कर्णालीविरुद्ध ‘प्लेयर अफ द म्याच’ घोषित वालिङकी ज्याकलीन नसाली, तस्विरः एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिगमा बिहीबार वालिङ नगरपालिकाले कर्णाली प्रवेशविरुद्ध ४-० को फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा वालिङलाई जित दिलाउन युगान्डाकी फरवार्ड ज्याकलीन नसालीले ह्याट्रिक गर्दा सुक्रिया मियाले एक गोल थपिन् ।

पहिलो जितसँगै वालिङ दुई खेलमा तीन अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ । वालिङले पहिलो खेलमा कोशी प्रदेशविरुद्ध ४-० को हार ब्यहोरेको थियो ।

यता पहिलो हार ब्यहोरेको कर्णाली  समान खेलबाट एक अंकका साथ आठौं स्थानमा झरेको छ । पहिलो खेलमा कर्णालीले चन्द्रपुर नगरपालिकासँग १-१ को बराबरी खेलेको थियो ।

खेलको१०औं मिनेटमा वालिङले पहिलो गोल गर्यो । सुक्रिया मियाको कटब्याकलाई बक्स भित्र निगरानीमा नरहेकी नसालीले वान टचमै सहज गोल गरिन् ।

वालिडङ र कर्णाली प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।
 

पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा नसालीले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरिन् । भियोला नमुदुले सेन्टरबाट प्रहार गरेको फ्रिकिक पासलाई नसालीले नियन्त्रणमा लिँदै विपक्षी गोलकिपर लीला जोशी अगाडि आएको मौकाको फाइदा उठाउँदै उनले ओभरहेड गोल गरिन् ।

नसालीले ७२औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । उनले अञ्जली मचामसीको हेडर पासलाई पोस्टको दिशा दिइन् ।

निर्धारित समयको अन्तिम मिनेटमा वालिङले चौंथो गोल गर्यो । सुक्रियाले सिसी नानटोगुंको थ्रु पासलाई सदुपयोग गरिन् । सुक्रियाको  लोअर प्रहार दोस्रो बारको पोस्टमा ठोक्किँदै गोलमा परिणत भएको थियो ।

बिहीबारै खेलमा कोशी प्रदेश बागमती युवा क्लबमाथि २-१ को पुनरागमन जित हासिल गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो