माघ १७, २०८२ शनिबार | ०६:०३:१०
किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम

एन्फा महिला लिगः कर्णालीविरुद्ध वालिङको फराकिलो जित

कर्णालीविरुद्ध ‘प्लेयर अफ द म्याच’ घोषित वालिङकी ज्याकलीन नसाली, तस्विरः एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिगमा बिहीबार वालिङ नगरपालिकाले कर्णाली प्रवेशविरुद्ध ४-० को फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा वालिङलाई जित दिलाउन युगान्डाकी फरवार्ड ज्याकलीन नसालीले ह्याट्रिक गर्दा सुक्रिया मियाले एक गोल थपिन् ।

पहिलो जितसँगै वालिङ दुई खेलमा तीन अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ । वालिङले पहिलो खेलमा कोशी प्रदेशविरुद्ध ४-० को हार ब्यहोरेको थियो ।

यता पहिलो हार ब्यहोरेको कर्णाली  समान खेलबाट एक अंकका साथ आठौं स्थानमा झरेको छ । पहिलो खेलमा कर्णालीले चन्द्रपुर नगरपालिकासँग १-१ को बराबरी खेलेको थियो ।

खेलको१०औं मिनेटमा वालिङले पहिलो गोल गर्यो । सुक्रिया मियाको कटब्याकलाई बक्स भित्र निगरानीमा नरहेकी नसालीले वान टचमै सहज गोल गरिन् ।

वालिडङ र कर्णाली प्रतिस्पर्धा गर्दै, तस्विरः एन्फा ।
 

पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा नसालीले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरिन् । भियोला नमुदुले सेन्टरबाट प्रहार गरेको फ्रिकिक पासलाई नसालीले नियन्त्रणमा लिँदै विपक्षी गोलकिपर लीला जोशी अगाडि आएको मौकाको फाइदा उठाउँदै उनले ओभरहेड गोल गरिन् ।

नसालीले ७२औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । उनले अञ्जली मचामसीको हेडर पासलाई पोस्टको दिशा दिइन् ।

निर्धारित समयको अन्तिम मिनेटमा वालिङले चौंथो गोल गर्यो । सुक्रियाले सिसी नानटोगुंको थ्रु पासलाई सदुपयोग गरिन् । सुक्रियाको  लोअर प्रहार दोस्रो बारको पोस्टमा ठोक्किँदै गोलमा परिणत भएको थियो ।

बिहीबारै खेलमा कोशी प्रदेश बागमती युवा क्लबमाथि २-१ को पुनरागमन जित हासिल गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको थियो ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।