माघ १८, २०८२ आइतबार | १२:३२:३४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एन्फा कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ । विवादपछि पूरा २२ एजेन्डामा छलफल नहुँदा मंगलबार बसेको बैठक बिहीबारसम्मको लागि स्थगित भएको थियो ।

एन्फाले समय अभावका कारण मंगलबार सबै एजेन्डामाथि छलफल नभएको बताएको थियो ।

मंगलबारको बैठकले एन्फा महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्याउने, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ३० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

त्यस्तै, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने, रशरथ रंगशालामा कृतिम घाँस रोप्ने, एन्फा मुख्यालय मैदानको कृतिम मैदानलाई सुधार गर्ने, विभिन्न रंगशालामा कृतिम घाँस रोप्न बजेट छुट्टाउने लगायतका निर्णय गरेको थियो ।

पहिलो दिनको बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङले मनोमानी ढंगले बढाएको भन्दै वरिष्ठ उपाध्यक्षसहित ९ सदस्यले असन्तुष्ट जनाएका छन् । उनीहरुले खेलाडीको तलब ५० हजार पुर्याउनु पर्ने साथै महासचिवको तलब बृद्धि रोक्नुपर्ने माग राखेका थिए ।  

प्रशासनिक रुपमा फुटबल ओरालो लागिरहेको अवस्थामा महासचिवको तलब बढाउँदा नकारात्मक समाचार जाने भन्दै वरिष्ठ उपाध्यक्षसहित ९ पदाधिकारीले असन्तुष्टि जनाएका छन् । तर, बहुमत पाएको संस्थापन पक्ष भने आफ्नो निर्णय उल्टाउन चाहँदैन ।

यस्ता थिए एन्फाले पठाएका २२ एजेन्डाः
१. नयाँ आधुनिक फुटबल रंगशाला निर्माण बारे ।
२. उत्कृष्ट खेलाडी पुरस्कार बारे ।
३. खेलाडीको लागी नयाँ बस खरिद बारे ।
४. फिफा र एएफसीको अनुदानबाट भौतिक पुर्वधार निर्माण तथा अन्य क्षेत्रमा बजेट बिनियोजन बारे ।
५. खेलकुद सामाग्री खरिदको लागी बोल पत्र स्विकृत गर्ने बारे ।
६. कर्णली प्रदेश फुटबल संघ बारे ।
७. नयाँ सदस्य संस्था गठन बारे ।
८. कर्मचारी, खेलाडी, पदाधिकारीहरुको सेवा सुविधा बारे ।
९. पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बारे ।
१०. ललित स्मृति यु–१८ युथ लिगको अनुमानित खर्चको विवरण बारे ।
११. शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट बारे ।
१२. पदपुर्ति समितिको निर्णयहरु अनुमोदन बारे ।
१३. खद्यान्न सामाग्री सम्बन्धमा ।
१४. शेर्पा आउटडोर स्पोर्टस एन्ड एण्ड यूड्स इन्डस्ट्रीसंगको हरहिसाब फरफारक बारे ।
१५. एन्फा एकेडेमीको खेलाडीहरुको लागी खेल सामाग्रीहरु खरिद बारे ।
१६. साफ यु–२० र साफ वुमन्स च्याम्पियनसिपको बसोबास, यातायात, टिकट दर, अन्य मार्केटिङ्ग, टिकेटिङ्ग अधिकार र
बजेट बारे ।
१७. ग्रासरुट बजेट तथा कार्यविधि बारे ।
१८. महिला लिग २०२४को टिकट दर र अन्य मार्केटिङ्ग, र्बोडकास्टिङ्ग, टिकेटिङ्ग अधिकार बारे ।
१९. फुटबल फर स्कुलको राष्ट्रिय कार्यदल बारे ।
२०. वा ८ च ६१७ नंबरको गाडी सम्बन्धमा ।
२१. आ.व. २०८१-८२ को वार्षीक बजेट र कार्यक्रमको प्रारम्भीक छलफल बारे ।
२२. विविध
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।