चैत्र १७, २०८२ मंगलबार | ०३:३७:१०
चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट

एन्फा कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ । विवादपछि पूरा २२ एजेन्डामा छलफल नहुँदा मंगलबार बसेको बैठक बिहीबारसम्मको लागि स्थगित भएको थियो ।

एन्फाले समय अभावका कारण मंगलबार सबै एजेन्डामाथि छलफल नभएको बताएको थियो ।

मंगलबारको बैठकले एन्फा महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर पुर्याउने, राष्ट्रिय टोलीका खेलाडीलाई मासिक ३० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

त्यस्तै, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसको सम्झौता नवीकरण नगर्ने, रशरथ रंगशालामा कृतिम घाँस रोप्ने, एन्फा मुख्यालय मैदानको कृतिम मैदानलाई सुधार गर्ने, विभिन्न रंगशालामा कृतिम घाँस रोप्न बजेट छुट्टाउने लगायतका निर्णय गरेको थियो ।

पहिलो दिनको बैठक अध्यक्ष पंकज विक्रम नेम्वाङले मनोमानी ढंगले बढाएको भन्दै वरिष्ठ उपाध्यक्षसहित ९ सदस्यले असन्तुष्ट जनाएका छन् । उनीहरुले खेलाडीको तलब ५० हजार पुर्याउनु पर्ने साथै महासचिवको तलब बृद्धि रोक्नुपर्ने माग राखेका थिए ।  

प्रशासनिक रुपमा फुटबल ओरालो लागिरहेको अवस्थामा महासचिवको तलब बढाउँदा नकारात्मक समाचार जाने भन्दै वरिष्ठ उपाध्यक्षसहित ९ पदाधिकारीले असन्तुष्टि जनाएका छन् । तर, बहुमत पाएको संस्थापन पक्ष भने आफ्नो निर्णय उल्टाउन चाहँदैन ।

यस्ता थिए एन्फाले पठाएका २२ एजेन्डाः
१. नयाँ आधुनिक फुटबल रंगशाला निर्माण बारे ।
२. उत्कृष्ट खेलाडी पुरस्कार बारे ।
३. खेलाडीको लागी नयाँ बस खरिद बारे ।
४. फिफा र एएफसीको अनुदानबाट भौतिक पुर्वधार निर्माण तथा अन्य क्षेत्रमा बजेट बिनियोजन बारे ।
५. खेलकुद सामाग्री खरिदको लागी बोल पत्र स्विकृत गर्ने बारे ।
६. कर्णली प्रदेश फुटबल संघ बारे ।
७. नयाँ सदस्य संस्था गठन बारे ।
८. कर्मचारी, खेलाडी, पदाधिकारीहरुको सेवा सुविधा बारे ।
९. पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बारे ।
१०. ललित स्मृति यु–१८ युथ लिगको अनुमानित खर्चको विवरण बारे ।
११. शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट बारे ।
१२. पदपुर्ति समितिको निर्णयहरु अनुमोदन बारे ।
१३. खद्यान्न सामाग्री सम्बन्धमा ।
१४. शेर्पा आउटडोर स्पोर्टस एन्ड एण्ड यूड्स इन्डस्ट्रीसंगको हरहिसाब फरफारक बारे ।
१५. एन्फा एकेडेमीको खेलाडीहरुको लागी खेल सामाग्रीहरु खरिद बारे ।
१६. साफ यु–२० र साफ वुमन्स च्याम्पियनसिपको बसोबास, यातायात, टिकट दर, अन्य मार्केटिङ्ग, टिकेटिङ्ग अधिकार र
बजेट बारे ।
१७. ग्रासरुट बजेट तथा कार्यविधि बारे ।
१८. महिला लिग २०२४को टिकट दर र अन्य मार्केटिङ्ग, र्बोडकास्टिङ्ग, टिकेटिङ्ग अधिकार बारे ।
१९. फुटबल फर स्कुलको राष्ट्रिय कार्यदल बारे ।
२०. वा ८ च ६१७ नंबरको गाडी सम्बन्धमा ।
२१. आ.व. २०८१-८२ को वार्षीक बजेट र कार्यक्रमको प्रारम्भीक छलफल बारे ।
२२. विविध
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो