माघ २, २०८२ शुक्रबार | ११:०७:५२
बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण

एन्फाका सिइओ तुलाधरको नियुक्ति बदर गर्न राखेपमा निवेदन

एन्फाका सिइओ इन्द्रमान तुलाधर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले संघका प्रमूख कार्यकारी अधिकृत (सिइओ)मा इन्द्रमान तुलाधरको नियुक्ति गैह््रकानुनी भएको भन्दै बदर गराउनका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव समक्ष निवेदन दर्ता गराएका छन् ।

एन्फाले गएको पुस २ गते कार्यसमिति बैठकबाट संकटा क्लबका अध्यक्ष एवं एन्फाका पूर्व महासचिव तुलाधरलाई सिइओ नियुक्त गरेको थियो । जसमा एन्फा राजनीतिमा संस्थापन इतर समूहका कार्यसमिति सदस्यहरुले असहमति जनाएका थिए ।

सदस्यसचिव समक्ष गरेको निवेदनमा खड्काले तुलाधरको नियुक्ति एन्फाकै कर्मचारी सर्त नियमावली विपरित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको असहमतिका बावजुद स्वार्थ बाझिने गरि भएको दावी गरेका छन् । एन्फाले कर्मचारी सर्त नियमावली अनुसार पदपूर्ति समिति गठन गरे पनि त्यो निर्णय कार्यान्वयन नगरि तुलाधर नियुक्तिमा प्रक्रिया अगाडि बढाएको खड्काको जिकिर छ ।

‘पदपूर्ति समितिले विज्ञापन पश्चात शैक्षिक योग्यता र अनुभवको मुल्यांकनबाट विज्ञहरुको उपस्थितिमा छनोट गरी नीर्णयार्थ संघको विधानको धारा ३८ (छ)अनुसार अनुमोदन गराउनुपर्नेछ । जुन सुरुको प्रक्रियाहरु पूरा नगरी आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्नको लागि विधानलाई अपव्याख्या गरेको देख्रिन्छ,’ खड्काले सदस्यसचिवलाई बुझाएको निवेदनमा उल्लेख छ, ‘कार्यसमितिमा सिइओलाई दिने सुविधा प्रतिमहिना १ लाख ५ हजार रुपैयाँ र नियुक्तीसम्बन्धि प्रस्ताव कार्यसमितिका पदाधिकारीहरुलाई वितरण नै नगराई जवरजस्ती निर्णय गराइएकोले उक्त गैह््कानुनी नयिुक्ति बदरका लागि अनुरोध गर्दछु ।’

खड्काले गतवर्ष नै माघ ५ गते एन्फाको अपिल कमिटीलाई पनि उक्त नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गराउन अपिल गरेका थिए ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate