चैत्र ५, २०८२ बिहीबार | ०५:२०:१६
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

एन्फाका सिइओ तुलाधरको नियुक्ति बदर गर्न राखेपमा निवेदन

एन्फाका सिइओ इन्द्रमान तुलाधर ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले संघका प्रमूख कार्यकारी अधिकृत (सिइओ)मा इन्द्रमान तुलाधरको नियुक्ति गैह््रकानुनी भएको भन्दै बदर गराउनका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव समक्ष निवेदन दर्ता गराएका छन् ।

एन्फाले गएको पुस २ गते कार्यसमिति बैठकबाट संकटा क्लबका अध्यक्ष एवं एन्फाका पूर्व महासचिव तुलाधरलाई सिइओ नियुक्त गरेको थियो । जसमा एन्फा राजनीतिमा संस्थापन इतर समूहका कार्यसमिति सदस्यहरुले असहमति जनाएका थिए ।

सदस्यसचिव समक्ष गरेको निवेदनमा खड्काले तुलाधरको नियुक्ति एन्फाकै कर्मचारी सर्त नियमावली विपरित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको असहमतिका बावजुद स्वार्थ बाझिने गरि भएको दावी गरेका छन् । एन्फाले कर्मचारी सर्त नियमावली अनुसार पदपूर्ति समिति गठन गरे पनि त्यो निर्णय कार्यान्वयन नगरि तुलाधर नियुक्तिमा प्रक्रिया अगाडि बढाएको खड्काको जिकिर छ ।

‘पदपूर्ति समितिले विज्ञापन पश्चात शैक्षिक योग्यता र अनुभवको मुल्यांकनबाट विज्ञहरुको उपस्थितिमा छनोट गरी नीर्णयार्थ संघको विधानको धारा ३८ (छ)अनुसार अनुमोदन गराउनुपर्नेछ । जुन सुरुको प्रक्रियाहरु पूरा नगरी आफ्नो राजनीतिक स्वार्थपूर्ति गर्नको लागि विधानलाई अपव्याख्या गरेको देख्रिन्छ,’ खड्काले सदस्यसचिवलाई बुझाएको निवेदनमा उल्लेख छ, ‘कार्यसमितिमा सिइओलाई दिने सुविधा प्रतिमहिना १ लाख ५ हजार रुपैयाँ र नियुक्तीसम्बन्धि प्रस्ताव कार्यसमितिका पदाधिकारीहरुलाई वितरण नै नगराई जवरजस्ती निर्णय गराइएकोले उक्त गैह््कानुनी नयिुक्ति बदरका लागि अनुरोध गर्दछु ।’

खड्काले गतवर्ष नै माघ ५ गते एन्फाको अपिल कमिटीलाई पनि उक्त नियुक्ति कानुनसम्मत नभएको भन्दै बदर गराउन अपिल गरेका थिए ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं