चैत्र १४, २०८२ शनिबार | ०३:३९:१४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मछिन्द्र शीर्ष स्थानमा उक्लियो

तस्विरः एन्फा

काठमाडौं । मछिन्द्र क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा आइतबार नेपाल एपिएफ क्लबविरुद्ध २-१ को रोमाञ्चक जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मछिन्द्रलाई जित दिलाउन प्रसुन तामाङ र भुपेन्द्र धरालले गोल गरे । एपिएफका लागि विकाश टिटुङ्गले गोल फर्काए ।

जितसँगै पाँच खेलमा ११ अंक जोडेको मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ । पराजित एपिएफको समान खेलबाट सात अंक छ ।

तस्विरः एन्फा

खेलको ६३औं मिनेटमा प्रसुनको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । ८७औं मिनेटमा अर्जुन सुनारले दोहोरो पहेंलो कार्ड ब्यहार्दै मैदान छाडेपछि एपिएफ १० खेलाडीमा समेटियो ।

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा विकाशले गोल गर्दै एपिएफलाई बराबरीमा ल्याए । इन्जुरी समयमा भुपेन्द्रले गोल गर्दै मछिन्द्रलाई जित दिलाए ।

आइतबार नै सम्पन्न पहिलो खेलमा संकटा र न्युरोड टिम (एनआरटी) २-२ को बराबरीमा रोकिएका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो