काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मंगबालर नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गोलरहित बराबरीमा रोकिएका छन् ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको ८६औं मिनेटमा पुलिसका सुवास बमको प्रहारलाई आर्मीका गोलकिपर रामबहादुर बोहराले डाइभ गर्दै बचाए ।

इन्जुरी समयमा जेनिस रानाको प्रहारलाई पुलिसका गोलकिपर भक्तबहादुर परियारले नियन्त्रणमा लिँदा आर्मी अग्रता लिनबाट चुक्यो ।
यो नितजासँगै तीन खेलबाट दुई जित र एक बराबरीसहित सात अंक जोडेको पुलिस शीर्ष स्थानमा छ । आर्मीले समान खेलबाट दुई हार र एक बराबरीसहित एक अंक जोडेको छ ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
