भाद्र २३, २०८१ आइतबार | ०६:३६:३९
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

एपिएफ कठिन समूहमा

काठमाडौं । एएफसी च्याम्पियन्स लिगमा नेपालको विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लब कठिन समूहमा परेको छ ।

एएफसीले पहिलो पटक आयोजना गर्न लागेको च्याम्पियन्स लिगमा नेपालले उज्वेकिस्तानको पिएफसी नासफ र मलेसियाका सबाह एफएसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘सी’ का सबै खेल मलेसियामा हुनेछ ।

प्रारम्भिक चरणका खेल २५ देखि ३१ अगस्टसम्म हुनेछ । प्रारम्भिक चरणबाट हरेका समूहका शीर्ष टोलीले समूह चरणमा स्थान सुरक्षित गर्नेछन् ।

प्रतियोगिताका लागि एपिएफ महिला टोलीले प्रशिक्षण सुरु गरेको छ । राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका राजेन्द्र तामाङ मुख्य र गोलकिपर प्रशिक्षकमा विनोद डंगोलले जिम्मेवारी पाएका छन् । 



अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिताको लागि एपिएफको नाम सिफारिस गरेको हो । राष्ट्रिय टोलीकी पूर्व कप्तान अनु लामाको कप्तानीमा रहेको एपिएफले केही युवा खेलाडीसहित प्रशिक्षण सुरु गरेको हो । टोलीमा अनुसहित राष्ट्रिय टोलीका अधिकांश खेलाडी छन् ।

राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा, सावित्रा भण्डारी, अनिता बस्नेत, प्रीति राई, गिता राना, सरु लिम्बु, रेनुका नगरकोटे, मञ्जलीकुमारी योञ्जन, सविता रानामगर, निशा थोकर, हिराकुमारी भुजेल, अनिता केसी लगायत छन् ।

आधा लिग खेलाएर एन्फाले एपिएफलाई च्याम्पियन बनाउँदा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेलेकी रश्मीकुमारी घिसिङ पनि एपिएफमा आवद्ध भएकी छिन् । फ्रान्सको लिग खेलिरहेकी सावित्रा भने लोनमा प्रतियोगिता खेल्ने एपिएफले जनाएको छ ।
 


 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024