एएफसी यु-२० एसियन कप

यु-२० एसिया कप छनोटः नेपाल समूह ‘बी’ मा

फाइल तस्विर

काठमाडौं ।  नेपाल एएफसी यु-२० एसियन कप छनोटको  समूह ‘बी’ मा परेको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन  र कम्बाेडिया छन् ।

यो समूहका खेल चाइनिज ताइपेइले आयोजना गर्ने एएफसीले जनाएको छ। खेल आगामी सेप्टेम्बर २१ देखि २९ सम्म हुनेछ।