जेष्ठ १, २०८२ बुधबार | २१:३३:२८
लालीगुराँस र क्यान्भासको जित गोलकिपर नायक बन्दा गोदावरी उपाधि नजिक बराबरीमा रोकिए भगवती र मध्यपुर दीप सुवेदी र बीपी अनमोलको आलेखलाई ‘स्पेशल मेन्सन’ ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै लालीगुराँस र क्यान्भासको जित गोलकिपर नायक बन्दा गोदावरी उपाधि नजिक बराबरीमा रोकिए भगवती र मध्यपुर दीप सुवेदी र बीपी अनमोलको आलेखलाई ‘स्पेशल मेन्सन’ ‘ओलम्पिकमा नेपाल’ नामक पुस्तक प्रकाशित क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको घोषणा ब्वाइज युनियनको रोमाञ्चक जित, टर्यो रेलिगेसन खतरा क्यानमा अध्यक्ष चन्दको एकलौटी, अवैधानिक कृयाकलापविरुद्ध अदालत जान्छुः गुरुङ स्कटल्यान्ड जाने क्रिकेट टोलीको बिदाइ गोदावरी र दक्षिणकाली प्रतिस्पर्धा गर्दै

बिक्कीको शल्यक्रिया सफलताका साथ सम्पन्न

काठमाडौं । झम्सिखेल युवा क्लबका फरवार्ड बिक्की महर्जनको घुँडाको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।

बिक्कीको मंगलबार ललितपुरको ग्वार्कोस्थित बिएनबी अस्पतालमा शल्यक्रिया भएको थियो । शुक्रबार टेलिफोन संवादमा बिक्कीले शल्यक्रिया सफल भएको र अहिले आराम गरिरहेको बताएका हुन् ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा अहिले सहिद स्मारक ‘सी’ डिभिजन लिग चलिरहेको छ । पहिलो चारमध्ये तीन खेलमा मैदानमा देखिएका बिक्कीले त्यसपछि प्रशिक्षणका दौरान घुँडामा चोट बोक्न पुगेका थिए ।

लिगको दोस्रो खेलमा गोलबजार स्पोर्टस क्लबविरुद्ध गोल गरेका बिक्की त्यसपछि मात्र दुई खेलमा मैदानमा देखिए ।

‘धेरै दुख लागेको छ । मैले सानैबाट फुटबलबाहेक अरु केही सोचिन । अहिले करिअरकै लयमा रहँदा यसरी घाइते हुन पर्दा दुख लागेको छ,’ गोदावरी नगरपालिका वडा-५ लेले निवासी बिक्कीले सुनाए, ‘क्लबलाई आफ्नो मिहिनेतले दोस्रो डिभिजन पुर्याउँछु भन्ने लक्ष्य थियो तर, अस्पतालमा यसरी बेडमा बस्नुपर्दा नरमाइलो लागिरहेको छ ।’

बिक्की स्थानीय गोदावरी नगरपालिकाका परिचित नाम हुन् । उनकै प्रेरणादायी प्रदर्शनमा लेलेले धेरै पटक वडास्तरीय प्रतियोगिता जितेको छ । झम्सिखेलअघि बिक्कीले ‘सी’ डिभिजन लिग छनोटमा स्थानीय क्लबद्वय साउथर्न फुटबल क्लब र बागेश्वरी युवा क्लबको प्रतिनिधित्व गरेका थिए ।

जारी लिगमा झम्सिखेल ९ खेलमा १३ अंक जोड्दै अंकतालिकाको छैटौं स्थानमा छ । आइतबार आफ्नो १०औं खेलमा उसले रानीवन स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP