चैत्र ७, २०८२ शनिबार | २१:४७:२१
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

अनावश्यक दश जनालाई मलेसिया पठाएको विषयमा राखेपले माग्यो एन्फासँग स्पष्टिकरण

काठमाडौं । अनावश्यक दश जनालाई मलेसिया पठाएको विषयमा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको कारबाही निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग स्पष्टिकरण मागेको छ ।

बिहीबार राखेपले एन्फालाई इमेलबाट स्पष्टिकरण दिन २८ घण्टाको समयसिमा दिएको छ । राखेपको समयसिमा आज (शुक्रबार) पाँच बजे सकिनेछ ।

राखेपले दशरथ रंशगालामा विभिन्न संघ संस्थालाई गैर फुटबल गतिविधि संचालनको लागि पत्राचार गरि साथ दिएको भन्दै त्यसको पनि जवाफ मागेको छ । साथै मलेसिया बिनास्विकृत नेपाली टोली र अनावश्यक १० जनालाई पनि पठाएपछि राखेपले एन्फालाई प्रश्न गरेको हो ।

‘मलेसियातर्फ खेलमा संलग्न समुह बाहेक १० जना अनावश्यक व्यक्तीहरु समेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधी संचालनकोलागि अखिल नेपाल फुटबल संघले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको भन्ने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको मिति २०८०-११-३० को जारी प्रेश विज्ञप्ति सहित राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन प्राप्त भएको सम्बन्धमा अखिल नेपाल फुटबल संघ प्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानकार्षण भएको छ,’ राखेपले एन्फालाई पठाएको पत्रमा भनिएको छ ।

राखेपले कानुन बमोजिम गठन र संचालन भएको संस्थाले प्रचलित कानुनको पालना नगरी छनोट प्रतियोगितामा संलग्न समुह बाहेक अन्य १० जना अनावश्यक व्यक्तिहरु को–को हुन र किन सहभागीता गराईएको भनेर प्रश्न गरेको छ । राखेपले यथार्थ विवरण र कागजातहरु परिषदमा पेश गर्न आदेश दिएको छ ।

यसैबीच एन्फाले बिहीबार बहराइन जाने थप ११ जनाको सूची राखेप पुर्याएको छ । राखेपले यो स्पष्टिकरणको जवाफपछि मात्रै ११ जनाको स्विकृत दिने या नदिने निर्णय लिनेछ ।

एन्फाको बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट छन् । डा. राजु डंगोल महर्जन, गोविन्दराज नेपाल (पत्रकार), राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत( झापा जिल्ला फुटबल संघ), रञ्जन कार्की (अध्यक्ष उदयपुर जिल्ला फुटबल संघ), रामचन्द्र लामा (अध्यक्ष बारा जिल्ला फुटबल संघ), दोलेशकुमार केसी र महेशचन्द्र महतको नाम सिफारिस गरेको हो ।

यसैगरी २३ खेलाडीसँगै एन्फाले मलेसियाबाट बहराइन पुग्ने मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै, प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक)का लागि पनि स्विकृति माग गरेको छ ।

विना स्विकृति मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेका दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्ष), महेन्द्र क्षेत्री (एन्फा सदस्य),इन्द्रमान तुलाधर(सिइओ), जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ भने नेपाल फर्किने भएका छन् ।

नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत चैत ८ र १३ गते बहराइनको सामना गर्नेछ । दुवै खेल बहराइनै हुनेछन् । त्यसअघि नेपालले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेलका लागि टोली बुधबार मलेसिया प्रस्थान गरेको थियो । मन्त्रालयको पत्र आउनुअघि नै टोली मलेसियाका लागि उडिसकेको थियो । 

नेपाली टोलीः
गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार
रक्षकः अजय चौधरी, अनन्त तामाङ, अभिषेक लिम्बु, छिरिङ लामा, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, सौभग्य राई (सन्जित)
मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डांगी, रोहन कार्की, उत्सव राई, दिनेश हेम्जन, समीर तामाङ
स्ट्राइकरः अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुव थपलिया, सञ्जिव विष्ट
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो