माघ १४, २०८२ बुधबार | २१:२९:४७
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

अनावश्यक दश जनालाई मलेसिया पठाएको विषयमा राखेपले माग्यो एन्फासँग स्पष्टिकरण

काठमाडौं । अनावश्यक दश जनालाई मलेसिया पठाएको विषयमा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको कारबाही निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग स्पष्टिकरण मागेको छ ।

बिहीबार राखेपले एन्फालाई इमेलबाट स्पष्टिकरण दिन २८ घण्टाको समयसिमा दिएको छ । राखेपको समयसिमा आज (शुक्रबार) पाँच बजे सकिनेछ ।

राखेपले दशरथ रंशगालामा विभिन्न संघ संस्थालाई गैर फुटबल गतिविधि संचालनको लागि पत्राचार गरि साथ दिएको भन्दै त्यसको पनि जवाफ मागेको छ । साथै मलेसिया बिनास्विकृत नेपाली टोली र अनावश्यक १० जनालाई पनि पठाएपछि राखेपले एन्फालाई प्रश्न गरेको हो ।

‘मलेसियातर्फ खेलमा संलग्न समुह बाहेक १० जना अनावश्यक व्यक्तीहरु समेत सहभागीका रुपमा जान लागेको र दशरथ रंगशालामा गैर फुटबल गतिविधी संचालनकोलागि अखिल नेपाल फुटबल संघले राष्ट्रिय खेलकुद परिषदमा पत्राचार गरेको भन्ने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयको मिति २०८०-११-३० को जारी प्रेश विज्ञप्ति सहित राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन प्राप्त भएको सम्बन्धमा अखिल नेपाल फुटबल संघ प्रति राष्ट्रिय खेलकुद परिषदको ध्यानकार्षण भएको छ,’ राखेपले एन्फालाई पठाएको पत्रमा भनिएको छ ।

राखेपले कानुन बमोजिम गठन र संचालन भएको संस्थाले प्रचलित कानुनको पालना नगरी छनोट प्रतियोगितामा संलग्न समुह बाहेक अन्य १० जना अनावश्यक व्यक्तिहरु को–को हुन र किन सहभागीता गराईएको भनेर प्रश्न गरेको छ । राखेपले यथार्थ विवरण र कागजातहरु परिषदमा पेश गर्न आदेश दिएको छ ।

यसैबीच एन्फाले बिहीबार बहराइन जाने थप ११ जनाको सूची राखेप पुर्याएको छ । राखेपले यो स्पष्टिकरणको जवाफपछि मात्रै ११ जनाको स्विकृत दिने या नदिने निर्णय लिनेछ ।

एन्फाको बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट छन् । डा. राजु डंगोल महर्जन, गोविन्दराज नेपाल (पत्रकार), राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत( झापा जिल्ला फुटबल संघ), रञ्जन कार्की (अध्यक्ष उदयपुर जिल्ला फुटबल संघ), रामचन्द्र लामा (अध्यक्ष बारा जिल्ला फुटबल संघ), दोलेशकुमार केसी र महेशचन्द्र महतको नाम सिफारिस गरेको हो ।

यसैगरी २३ खेलाडीसँगै एन्फाले मलेसियाबाट बहराइन पुग्ने मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिससँगै, प्रवेश कटुवाल (प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक)का लागि पनि स्विकृति माग गरेको छ ।

विना स्विकृति मैत्रीपूर्ण खेलका लागि मलेसिया पुगेका दीपक खतिवडा (टोली प्रमुख, एन्फा उपाध्यक्ष), महेन्द्र क्षेत्री (एन्फा सदस्य),इन्द्रमान तुलाधर(सिइओ), जिल्ला सदस्यहरु भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनील लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ भने नेपाल फर्किने भएका छन् ।

नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत चैत ८ र १३ गते बहराइनको सामना गर्नेछ । दुवै खेल बहराइनै हुनेछन् । त्यसअघि नेपालले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेलका लागि टोली बुधबार मलेसिया प्रस्थान गरेको थियो । मन्त्रालयको पत्र आउनुअघि नै टोली मलेसियाका लागि उडिसकेको थियो । 

नेपाली टोलीः
गोलकिपरः किरणकुमार लिम्बु, अभिषेक बराल, विशाल सुनार
रक्षकः अजय चौधरी, अनन्त तामाङ, अभिषेक लिम्बु, छिरिङ लामा, सनिस श्रेष्ठ, सुमित श्रेष्ठ, सौभग्य राई (सन्जित)
मिडफिल्डरः भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डांगी, रोहन कार्की, उत्सव राई, दिनेश हेम्जन, समीर तामाङ
स्ट्राइकरः अञ्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुव थपलिया, सञ्जिव विष्ट
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।