भाद्र २३, २०८१ आइतबार | ०५:३५:३६
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

नेपाली फुटबल विकासमा सहकार्यका लागि ला लिगा उत्साहित

स्पेनका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल (बीचमा) ला लिगाका अध्यक्ष मेड्रानो (दायाँ)सँग । साथमा दुतावासका विमल ढकाल, तस्बिर सौजन्यः स्पेनका लागि नेपाली दुतावास

काठमाडौं । स्पेनका लागि नेपाली राजदुत सर्मिला पराजुली ढकाल र स्पेनिस ला लिगाका अध्यक्ष हाभियर टेबास मेड्रानोबीच नेपाली फुटबलमा सहकार्यको विषयमा छलफल भएको छ ।

भेटमा ला लिगाका अध्यक्ष मेड्रानोले खेलकुदको माध्यमबाट नेपाल र स्पेनलाई जोड्ने राजदुत ढकालको प्रयासको प्रशंसा गर्दै नेपाली फुटबल विकासका लागि सहकार्य गर्ने प्रस्ताब राखेका थिए ।

मड्रिडस्थित ला लिगाको मुखयालयमा मंगलबार झण्डै एक घण्टा भएको भेटका क्रममा राजदुत ढकालले ला लिगाका अध्यक्ष मेड्रानोलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् ।

‘उहाँ नेपाल भ्रमणका लागि निक्कै उत्साहित हुनुहुन्छ । उहाँको नेपाल भ्रमण चाँडै सम्पन्न हुनेछ । नेपाली फुटबलको विकासका लागि सहकार्य गर्न ला लिगाका तर्फबाट उहाँले तत्परता जनाउनुभएको छ,’ राजदुत ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ला लिगाको चाहना समग्र नेपाली फुटबलको विकासमा सहकार्य गर्ने छ । तथापि महिला फुटबलमा सहकार्य अली बढि केन्द्रित गर्ने उहाँको इच्छा छ ।’

राजदुत ढकालका अनुसार भेटमा नेपालमा ला लिगाको सहयोगमा एकेडेमी बनाउने तथा नेपाली फुटबललाई प्राविधिक रुपमा सशक्त बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको थियो ।

‘खेलकुदको माध्यमबाट नेपालमा सकारात्मक सन्देश प्रवाह गर्नु जरुरी छ । देश निर्माणको अभियानलाई सार्थक बनाउन युवाहरुलाई सक्रियतापूर्वक खेलकुदमा सहभागी गराउनुपर्छ । समाजलाई स्वस्थ र रचनात्मक तथा विकासको बाटोमा अगाडि बढाउन खेलकुद निक्कै महत्वपूर्ण क्षेत्र हो,’ राजदुत ढकालको विज्ञप्तिमा उल्लेख छ, ‘यसकारण हामीले स्पेनबाट फुटबलसँगै अन्य खेलमा सहकार्य र सहयोगको प्रयास गरिरहेका छौं । तर फुटबलमा स्पेनको स्तर निक्कै माथि रहेकाले यो सहकार्य फलदायी हुने हामीले विश्वास लिएका छौं ।’

नेपालमा स्पेनिस फुटबलको ‘फ्यान बेस’ निक्कै राम्रो भएको कारण पनि ला लिगा सहकार्यका लागि उत्साहित भएको राजदुत ढकालको बुझाई छ ।

भेटका क्रममा ला लिगाका अध्यक्ष मेड्रानोले भौगोलिक रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका लागि निक्कै राम्रो ठाउँ भएको बताउँदै निकट भविश्यमै सहकार्यको थालनी गरिने बताएका थिए । सो क्रममा अध्यक्ष मेड्रानोले राजदुत ढकाललाई ला लिगाको आधिकारिक बल उपहार दिएका थिए ।

स्पेनस्थित नेपाली राजदुतावासको पहलमा गत वर्ष त्यहाँको दोस्रो डिभिजनको क्लब कासेरेन्यो एफसीले दुई मैत्रीपूर्ण खेलका लागि नेपाल भ्रमण गरेको थियो ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024