चैत्र ९, २०८२ सोमबार | १३:४३:०२
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

आयोजकलाई हराउँदै जावालाखेल सेमिफाइनलमा

काठमाडौं । आयोजक केपी ओल एफसीविरुद्ध २-१ को रोमाञ्चक जित निकाल्दै जवलाखेल युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार जावलाखेललाई जित दिलाउन निराजन धामी र निरज चौधरीले गोल गरे । केपी ओली एफसीका लागि पेपे एडमा डोम्बियाले एक गोल फर्काए ।

खेलको ३९औं मिनेटमा निराजनको गोलमार्फत जावलाखेलले अग्रतता लिएको थियो । कमल श्रेष्ठले कप्तान अनन्त तामाङलाई दिन खोजेको ब्याक पासलाई नियन्त्रणमा लिँदै निराजनले उत्कृष्ट गोल गरेका थिए । 

८१औं मिनेटमा निरजले पेनाल्टी बक्स बाहिरबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । तीन मिनेटपछि नै पेपेले गोल गर्दै केपी ओलीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यो पर्याप्त बन्न सकेन । 

पेपेले मिलन राईको फ्रिकिकमा अनन्त तामाङले हेडमार्फत उपलब्ध गराएको बललाई सहज रूपमा जारी चुमाए ।

जावलाखेलले सिधै क्वार्टरफाइनल खेल्दा केपी ओली एफसीले पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३ ० ले पराजित गरेको थियो ।

जावलाखेलले फाइनल प्रवेशका लागि न्युरोड टिम (एनआरटी)को सामना गर्नेछ । एनआरटीले थ्री स्टार क्लबलाई १ ० ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो