फाल्गुन १, २०८१ बिहीबार | ०६:०७:३६
टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ सद्भावको अग्रता कायमै पहिलो एकदिवसीयमा श्रीलंका विजयी मेयर कपको सेमिफाइनल समीकरण पूरा पुलिस उपाधि नजिक थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने टाइम्स ‘ए’ ले जित्यो अन्तर्राष्ट्रिय थ्री बाइ थ्री बास्केटबलको उपाधि इङ्ल्यान्डविरुद्ध भारतको ‘क्लिन स्विप’ सद्भावको अग्रता कायमै पहिलो एकदिवसीयमा श्रीलंका विजयी मेयर कपको सेमिफाइनल समीकरण पूरा पुलिस उपाधि नजिक थ्री स्टारको सहज जितमा सिर्जन श्रेष्ठको उत्कृष्ट प्रदर्शन अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाल आइपुगिन् अञ्जिला क्लो केली इङ्लिस टोलीबाट बाहिर चोटका कारण बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने

प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता, सावित्राको दुई गोल

काठमाडौं । प्यालेस्टाइनलाई ४–० ले हराउँदै नेपाल वेष्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिप २०२४ को समूह ‘बी’ विजेता बनेको छ । नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा गीता राना र रेखा पौडेलले समान एक गोल गरेका थिए ।

शनिबार राति साउदी अरेबियाको जेदाहमा प्यालेस्टाइन हराउँदा नेपाल समूह विजेता बनेको हो । समूह बी मा नेपाल अपराजित रहँदै सेमिफाइलनमा पुगेको हो । नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा इराकलाई ५–० ले हराएको थियो ।

एक खेल अघि नै सेमिफाइलनमा पुगेको नेपालले फाइनल प्रवेशको लागि समूह ए को उपविजेता लेवनानसँग खेल्नेछ । अर्काे सेमिफाइनलमा जोर्डन र प्यालेस्टाइन भिड्नेछन् ।

महिला फुटबलको ३८ वर्षे यात्रामा नेपाल पहिलो पटक उपाधि जित्ने योजनामा छ । एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपाल ऐतिहासिक उपाधि जित्ने लक्ष्यसहित साउदी पुगेको हो । यसअघि नेपालले दश फाइनल खेल्दा पनि उपाधि विहिन बन्दै आएको थियो ।

किङ अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा नेपालले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल गरेको हो । आक्रामक बनेको नेपालविरुद्ध प्यालेस्टाइन रक्षात्मक बनेको थियो । जसका कारण नेपाल गोल गर्न धेरै संघर्ष गरिरहेको थियो ।

खेलको ४१औं मिनेटमा सावित्रा भण्डारीले पहिलो गोल गरिन् । रेखा पौडेलले मध्यभागबाट निकालेको बललाई सावित्राले सहजै फिनिसिङ गरेकी हुन् । उनले देशको लागि ५१औं तथा प्रतियोगिताको सातौं गोल गरिन् ।  

खेलको ६०औं मिनेटमा रेखाले दोस्रो गोल गरिन् । तीन रक्षक र गोलकिपरलाई बिट गर्दै सावित्राले हानेको प्रहार पोष्टमा लागेर फर्किएपछि सोही बललाई रेखाले सिक्स यार्ड बक्सभित्रबाट पोष्टको दिशा दिएकी थिइन् ।

८०औं मिनेटमा सावित्राले ब्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरिन् । वैकल्पिक खेलाडी रश्मिकुमारी घिसिङले मिलाएको बललाई सावित्राले बक्स भित्रबाट पोष्टको दिशा दिँदै प्रतियोगितामा ब्यक्तिगत आठौं गोल गरेकी हुन् ।

इन्जुरी समयमा पाएको पेनाल्टी सदुपयोग गर्दै रक्षक गीता रानाले नेपालको लागि चौथो गोल गरिन् । सावित्रालाई प्यालेस्टाइन गोलकिपरले बक्सभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा गीता सफल भएकी हुन् । प्रतियोगितामा उनको पहिलो गोल हो ।

यसअघि खेलको ३५औं मिनेटमा नेपालले पहिलो सुन्दर अवसर बनायो । अनिता बस्नेतको कर्नरमा रक्षक गीता रानाले बक्सभित्रबाट हानेको प्रहार प्यालेस्टाइन गोलकिपर सार्लाेट फिलिप्सले नियन्त्रणमा लिइन् ।

३८औं मिनेटमा गोलकिपर सार्लाेटसँग वान भर्षेष वानमा रहँदा सावित्रा गोल गर्न चुकिन् । त्यसअघि पुजा रानाले उनलाई बल उपलब्ध गराउँदा नियन्त्रणमा राख्नै सकिनन् ।

 


भिडियो
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain
एन्फा SENIOR VICE PRESIDENT KHADKA भन्छन्ः नेतृत्वसामू दुई विकल्पः ‘ए’ डिभिजन लिग वा अर्ली इलेक्सन