चैत्र १३, २०८२ शुक्रबार | २०:२३:०२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग पराजित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको छ ।

शुक्रबार ढाकास्थित मुस्ताफा कमल रंगशालामा पहिलो हाफमा दुई गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो ।

हारसँगै नेपाल महत्वपूर्ण तीन अंक जोड्न असफल रह्यो । अब नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । भुटानले पनि शुक्रबार उद्घाटन खेलमा भारतविरुद्ध १०-० को लज्जास्पद पराजय बेहोर्यो ।

सुरुआती हाफ एकपछि अर्को मौका सृजना गरेको बंगलादेशले अन्तिम पाँच मिनेट बाँकी छँदा दुई गोल गर्यो । ४० औं मिनेटमा एमएसटी सागोरिकाले सहज गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।उनको लोअर प्रहार नेपाली गोलकिपर सुजता तामाङले बचाउन सकिनन् ।

बंगलादेशविरुद्ध नेपाली राष्ट्रिय महिला यु–१९ टोली, तस्वीरः साफ

पहिलो गोल गरेको तीन मिनेटमै बंगलादेशले दोस्रो गोल गर्यो । नेपाली अनियन्त्रित रक्षापंक्तिको फाइदा उठाउँदै मुन्की अख्तरले पहिलो बारमा अर्को सहज गोल गरे ।

दोस्रो हाफको नवौं मिनेटमा कप्तान सारा बज्राचार्यको लिफ्टेड थ्रु पासलाई सदुपयोग गर्दै फरवार्ड सुप्रिया मियाले नेपालका लागि एक गोल फर्काए । बंगलादेशका गोलकिपर स्वर्ण राणा मण्डल अगाडि आएको अवस्थामा सुप्रियाले फाइदा उठाइन् ।

तर, त्यस्को तीन मिनेटमै बंगलादेशले अर्को गोल गर्यो । नेलाली रक्षक माया मास्केको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै एमएसटी सागोरिकाले सहज गोल गरिन् । यसअघि सागोरिकाले अगाडि बढेका गोलकिपर सुजतालाई बिट गरेका थिए ।

बंगलादेशकी फरवार्ड एमएसटी सागोरिकालाई रोक्ने प्रयास गर्दै नेपाली रक्षक गंगा रोकाया, तस्वीरः साफ

यसपटक बंगलादेश, नेपाल, भारत र भुटानले सहभागिता जनाउँदा पाकिस्तान, श्रीलंका र माल्दिभ्स अनुपस्थित छन् ।

सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो