माघ १५, २०८२ बिहीबार | २१:५५:२६
दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित

पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग पराजित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-१९ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग ३-१ गोल अन्तरले पराजित भएको छ ।

शुक्रबार ढाकास्थित मुस्ताफा कमल रंगशालामा पहिलो हाफमा दुई गोलले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल खाएको हो ।

हारसँगै नेपाल महत्वपूर्ण तीन अंक जोड्न असफल रह्यो । अब नेपालले आफ्नो दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । भुटानले पनि शुक्रबार उद्घाटन खेलमा भारतविरुद्ध १०-० को लज्जास्पद पराजय बेहोर्यो ।

सुरुआती हाफ एकपछि अर्को मौका सृजना गरेको बंगलादेशले अन्तिम पाँच मिनेट बाँकी छँदा दुई गोल गर्यो । ४० औं मिनेटमा एमएसटी सागोरिकाले सहज गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।उनको लोअर प्रहार नेपाली गोलकिपर सुजता तामाङले बचाउन सकिनन् ।

बंगलादेशविरुद्ध नेपाली राष्ट्रिय महिला यु–१९ टोली, तस्वीरः साफ

पहिलो गोल गरेको तीन मिनेटमै बंगलादेशले दोस्रो गोल गर्यो । नेपाली अनियन्त्रित रक्षापंक्तिको फाइदा उठाउँदै मुन्की अख्तरले पहिलो बारमा अर्को सहज गोल गरे ।

दोस्रो हाफको नवौं मिनेटमा कप्तान सारा बज्राचार्यको लिफ्टेड थ्रु पासलाई सदुपयोग गर्दै फरवार्ड सुप्रिया मियाले नेपालका लागि एक गोल फर्काए । बंगलादेशका गोलकिपर स्वर्ण राणा मण्डल अगाडि आएको अवस्थामा सुप्रियाले फाइदा उठाइन् ।

तर, त्यस्को तीन मिनेटमै बंगलादेशले अर्को गोल गर्यो । नेलाली रक्षक माया मास्केको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै एमएसटी सागोरिकाले सहज गोल गरिन् । यसअघि सागोरिकाले अगाडि बढेका गोलकिपर सुजतालाई बिट गरेका थिए ।

बंगलादेशकी फरवार्ड एमएसटी सागोरिकालाई रोक्ने प्रयास गर्दै नेपाली रक्षक गंगा रोकाया, तस्वीरः साफ

यसपटक बंगलादेश, नेपाल, भारत र भुटानले सहभागिता जनाउँदा पाकिस्तान, श्रीलंका र माल्दिभ्स अनुपस्थित छन् ।

सहभागी चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।