चैत्र ९, २०८२ सोमबार | ०९:२३:०५
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

नेपाल सुपर लिग: धनगढीको अपराजित यात्रा टुङ्गियो, झापा पहिलो पटक शीर्ष चारमा

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करणमा धनगढी एफसीले पहिलो हार ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा झापा एफसीले धनगढीमाथि २-० को जित हासिल गरेको हो । जितसँगै झापा पहिलो पटक शीर्ष चारमा प्रवेश गर्न सफल भएको छ ।

झापाको सात खेलमा १० अंक छ भने समान खेलबाट धनगढीको १२ अंक छ र उ तालिकाको दोस्रो स्थानमा यथावत रह्यो । हारसँगै धनगढीले प्लेअफमा पुग्ने अवसर गुमायो । झापाविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरेको भए धनगढीले प्ले अफमा स्थान बनाउने थियो ।

खेलको पहिलो मिनेटमा नै झापाले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकेन । धनगढीका अहमद हिजाजीले खेलको सुरुआत गर्दै बल रोहन कार्कीलाई पास दिएका थिए । तर, रोहनले डिफेन्डर डियाग्ने फालोउलाई दिएको निकै कमजोर पास नियन्त्रणमा लिँदै झापाका प्रशान्त लक्समले बल अघि बढाए । लक्समले योर्गे सान्चेजलाई पास दिए पनि १८ यार्ड बक्समा ‘चिप’ गर्ने उनको प्रयास राम्रो हुन नसक्दा बल बाहिरिएपछि झापाले अग्रता बनाउन सकेन ।

तेस्रो मिनेटमा धनगढीका अहमद हिजाजीको प्रहार आकासिँदा झापाको खतरा टरेको थियो । अभिषेक गुरुङको पासलाई नियन्त्रणमा लिँदै आशिष चौधरीले १८ यार्ड बक्सभन्दा निकै परबाट प्रहार गरेका थिए । तर, आशिषले बलसँग ‘कन्ट्याक्ट’ सहि गर्न नसक्दा उनको प्रहारलाई पेनाल्टी बक्सका  हिजाजीले नियन्त्रणमा लिँदै भली प्रहार गरे पनि बल आकासिएको हो ।

छैटौं मिनेटमा लेफ्ट साइडमा झापाका आवास लामिछानेले क्लियर गर्न नसकेको बललाई अभिषेकले नियन्त्रणमा लिँदै प्रहार गरे पनि गोलकिपर स्टेफन कुपिकले खतरा टारे ।

२० औं मिनेटमा झापाका गोलकिपर स्टेफन कुपिकले पुनः एकपटक टिमको खतरा टारे । रामचन्द्र वाजीले मध्यभाग बाट दिएको पास अघि बढाउँदै हिजाजीले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहारलाई झापाका गोलकिपर कुपिकले मुश्किलले बचाएका थिए । कुपिकबाट रिबाउन्ड आए पनि सुमित श्रेष्ठले क्लियर गरे ।

२२ औं मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकिक झापाका गोलकिपर कुपिकले मुश्किलले जोगाए । अभिषेक गुरुङमाथि लक्समले फाउल गरेपछि लेफ्ट साइडमा पेनाल्टी बक्सभन्दा बाहिरबाट धनगढीले फ्रिकिकको अवसर पाएको थियो । जसमा कमलको प्रहारलाई कुपिकले पन्च गरी फ्याकिदिए ।

२४ औं मिनेटमा झापाले अर्को सुन्दर अवसर सदुपयोग गर्न सकेन । राइट साइडबाट लक्ष्मण रुचालले निकालेको क्रसलाई बक्सभित्रका सान्चेजले नियन्त्रणमा राख्न नसक्दा झापाले अवसर खेर फाल्यो ।

३० औं मिनेटमा समान्दर ओचिलोभको फ्रिकिक पोस्टको केही टाढाबाट बाहिरियो । ४१ औं मिनेटमा सान्चेजको प्रहार धनगढीका गाेलिकपर ताहाले बचाए ।

५३ औं मिनेटमा अन्जनले छिरिङ लामाको क्रसमा सुन्दर हेडर गोल गरे । अन्जनको हेडरले पहिलो बारको जाली चुमेको थियो ।

७० औं मिनेटमा अभिषेक गुरुङको क्रसमा फोडे फोफानाको हेडर झापाका गोलकिपर स्टेफन कुपिकले बचाए ।

७७ औं मिनेटमा झापाले अग्रता दोब्बर गर्यो । वैकल्पिक खेलाडी प्रदीप लामाको कटब्याकमा साञ्चेजको वान टच  प्रहार गोलमा परिणत हुनै लाग्दा समीराजले बललाई जाली चुमाएका थिए ।

यसअघि प्रदीपलाई अर्का वैकल्पिक खेलाडी धिरज थतलीले सुन्दर थ्रु पास दिएका थिए ।

दोस्रो गोल गरेको दुई मिनेटपछि झापा १० खेलाडीमा समेटियो । धनगढीका वैकल्पिक खेलाडी साइमोन लिम्बुलाई ट्याकल गरेपछि धिरजले रेफ्री राम दसनबाट सोझै रातो कार्ड पाएका थिए ।

झापाका गोलकिपर कुपिक लगातार पाँचौं खेलमा क्लिनसीट राख्न सफल रहे ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो