माघ १६, २०८२ शुक्रबार | १९:५३:५५
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

नेपाल सुपर लिग: धनगढीको अपराजित यात्रा टुङ्गियो, झापा पहिलो पटक शीर्ष चारमा

काठमाडौं । नेपाल सुपर लिग(एनएसएल) को दोस्रो संस्करणमा धनगढी एफसीले पहिलो हार ब्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा झापा एफसीले धनगढीमाथि २-० को जित हासिल गरेको हो । जितसँगै झापा पहिलो पटक शीर्ष चारमा प्रवेश गर्न सफल भएको छ ।

झापाको सात खेलमा १० अंक छ भने समान खेलबाट धनगढीको १२ अंक छ र उ तालिकाको दोस्रो स्थानमा यथावत रह्यो । हारसँगै धनगढीले प्लेअफमा पुग्ने अवसर गुमायो । झापाविरुद्ध जित वा बराबरीको नतिजा हासिल गरेको भए धनगढीले प्ले अफमा स्थान बनाउने थियो ।

खेलको पहिलो मिनेटमा नै झापाले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकेन । धनगढीका अहमद हिजाजीले खेलको सुरुआत गर्दै बल रोहन कार्कीलाई पास दिएका थिए । तर, रोहनले डिफेन्डर डियाग्ने फालोउलाई दिएको निकै कमजोर पास नियन्त्रणमा लिँदै झापाका प्रशान्त लक्समले बल अघि बढाए । लक्समले योर्गे सान्चेजलाई पास दिए पनि १८ यार्ड बक्समा ‘चिप’ गर्ने उनको प्रयास राम्रो हुन नसक्दा बल बाहिरिएपछि झापाले अग्रता बनाउन सकेन ।

तेस्रो मिनेटमा धनगढीका अहमद हिजाजीको प्रहार आकासिँदा झापाको खतरा टरेको थियो । अभिषेक गुरुङको पासलाई नियन्त्रणमा लिँदै आशिष चौधरीले १८ यार्ड बक्सभन्दा निकै परबाट प्रहार गरेका थिए । तर, आशिषले बलसँग ‘कन्ट्याक्ट’ सहि गर्न नसक्दा उनको प्रहारलाई पेनाल्टी बक्सका  हिजाजीले नियन्त्रणमा लिँदै भली प्रहार गरे पनि बल आकासिएको हो ।

छैटौं मिनेटमा लेफ्ट साइडमा झापाका आवास लामिछानेले क्लियर गर्न नसकेको बललाई अभिषेकले नियन्त्रणमा लिँदै प्रहार गरे पनि गोलकिपर स्टेफन कुपिकले खतरा टारे ।

२० औं मिनेटमा झापाका गोलकिपर स्टेफन कुपिकले पुनः एकपटक टिमको खतरा टारे । रामचन्द्र वाजीले मध्यभाग बाट दिएको पास अघि बढाउँदै हिजाजीले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहारलाई झापाका गोलकिपर कुपिकले मुश्किलले बचाएका थिए । कुपिकबाट रिबाउन्ड आए पनि सुमित श्रेष्ठले क्लियर गरे ।

२२ औं मिनेटमा धनगढीका कमल श्रेष्ठको फ्रिकिक झापाका गोलकिपर कुपिकले मुश्किलले जोगाए । अभिषेक गुरुङमाथि लक्समले फाउल गरेपछि लेफ्ट साइडमा पेनाल्टी बक्सभन्दा बाहिरबाट धनगढीले फ्रिकिकको अवसर पाएको थियो । जसमा कमलको प्रहारलाई कुपिकले पन्च गरी फ्याकिदिए ।

२४ औं मिनेटमा झापाले अर्को सुन्दर अवसर सदुपयोग गर्न सकेन । राइट साइडबाट लक्ष्मण रुचालले निकालेको क्रसलाई बक्सभित्रका सान्चेजले नियन्त्रणमा राख्न नसक्दा झापाले अवसर खेर फाल्यो ।

३० औं मिनेटमा समान्दर ओचिलोभको फ्रिकिक पोस्टको केही टाढाबाट बाहिरियो । ४१ औं मिनेटमा सान्चेजको प्रहार धनगढीका गाेलिकपर ताहाले बचाए ।

५३ औं मिनेटमा अन्जनले छिरिङ लामाको क्रसमा सुन्दर हेडर गोल गरे । अन्जनको हेडरले पहिलो बारको जाली चुमेको थियो ।

७० औं मिनेटमा अभिषेक गुरुङको क्रसमा फोडे फोफानाको हेडर झापाका गोलकिपर स्टेफन कुपिकले बचाए ।

७७ औं मिनेटमा झापाले अग्रता दोब्बर गर्यो । वैकल्पिक खेलाडी प्रदीप लामाको कटब्याकमा साञ्चेजको वान टच  प्रहार गोलमा परिणत हुनै लाग्दा समीराजले बललाई जाली चुमाएका थिए ।

यसअघि प्रदीपलाई अर्का वैकल्पिक खेलाडी धिरज थतलीले सुन्दर थ्रु पास दिएका थिए ।

दोस्रो गोल गरेको दुई मिनेटपछि झापा १० खेलाडीमा समेटियो । धनगढीका वैकल्पिक खेलाडी साइमोन लिम्बुलाई ट्याकल गरेपछि धिरजले रेफ्री राम दसनबाट सोझै रातो कार्ड पाएका थिए ।

झापाका गोलकिपर कुपिक लगातार पाँचौं खेलमा क्लिनसीट राख्न सफल रहे ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।