वैशाख २६, २०८२ शुक्रबार | ११:४२:३३
पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती

नेपाल सुपर लिगः पोखराविरुद्ध काठमाडौंको नाटकीय जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साबिक विजेता काठमाडौं रेजर्सले पोखरा थन्डर्सविरुद्ध नाटकीय जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा एक गोलले पछाडि परेको अवस्थालाई उल्टाउँदै काठमाडौंले २-१ को पुनरागमन जित हासिल गरेको हो । काठमाडौंलाई जित दिलाउन एन्केनगुय जुनियर र शोखरुखले गोल गरे । पोखराका लागि आयुष घलानले गोल गरे । 

जितसँगै काठमाडौं  ५ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । पोखराले भने हारसँगै शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । समान खेलबाट ८ अंकका साथ पोखरा चौथो स्थानमा छ ।

पोखराको दुई सुनौला अवसर गोलमा परिणत हुन नसक्दा पहिलो हाफ गोलरहितमा समाप्त भएको थियो । यसबीच निर्धारित हाफ सकिन ५ मिनेट बाँकी छँदा पोखराको गोललाई रेफ्रिले अफसाइडको मान्यता दिएको थियो ।

१२ औं मिनेटमा पोखराले पहिलो अवसर सृजना गर्यो । सुरजजिउ ठकुरीको क्रसमा फ्र्यान्किल्न कोयेटे टालाले गरेको हेडरले पोस्टको दिशा लिन नसक्दा काठमाडौंले खतरा टरेको थियो । त्यसको दुई मिनेटपछि मोसेस टुमले पेनाल्टी बक्सबाट गरेको प्रहार काठमाडौंका कप्तान अन्जन राईको खुट्टामा लाग्दै बाहिरियो ।

१८ औं मिनेटमा टुमको क्रस सञ्जिव विष्टसम्म पुग्न नपुग्दै काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठले नियन्त्रणमा लिए ।

२९ औं मिनेटमा काठमाडौंले पहिलो अवसर बनायो । तर शोखरुख एमको फ्रिकिक प्रहार पोखराका गोलकिपर प्रिसो एनजाङ्गाले बचाएपछि काठमाडौं अग्रता लिन बन्चित रह्यो ।

३४ औं मिनेटमा पोखराको गोलमा रक्षक आन्द्रेश निया बाधक बने । मार्की खेलाडी आयुष घलानको सुन्दर थ्रु पासमा टुमको लोअर प्रहार पोस्टको जाली नपुग्दै नियाले क्लियर गरेका थिए । त्यसको अर्को मिनेटमै जो आइडोको प्रहार राजिभ लोप्चनले हेडमार्फत क्लियर गरिदिए ।
३८ औं मिनेटमा सुरजको क्रसमा टुमको फ्रि हेडर क्रस बारमा लागेर फर्किएपछि काठमाडौैंले पुनः एक पटक राहतको श्वास फेर्यो । त्यसको दुई मिनेटपछि आइडोको थ्रु पासमा टुमले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

५९ औं मिनेटमा पोखराले आयुषको गोलमार्फत अग्रता लियो । २५ यार्डबाट स्टेफन आनोरको प्रहारलाई काठमाडौंका गोलकिपर अन्जलले बचाएका थिए । तर, नियन्त्रणमा लिन नसक्दा रिबाउन्ड बललाई आयुषले वान टचमार्फत गोल पोस्टको दिशा दिए ।

गोल खाएको ५ मिनेटपछि भाग्यले साथ नदिँदा काठमाडौंले बराबरी गोल गर्न सकेन । बक्स बाहिरबाट शोखरुखले दिएको क्रसमा एन्केनगुय जुनियरले गरेको हेडर दोस्रो बारमा लागेर बाहिरियो ।

८२ औं मिनेटमा पोखराले अग्रता दोब्बर बनाउने सुनौलो अवसर गुमायो । मध्यभागबाट आइडोले दिएको सुन्दर थ्रु पासमा टुमले दोस्रो बारमा गरेको प्रहार गोलमा परिणत हुन सकेन । टुमको प्रहार गोलमा परिणत हुनै लाग्दा नियाले बललाई क्लियर गरिदिए । 

त्यसको अर्को मिनेटमै काठमाडौंले बराबरी गोल फर्कायो । दिपेश गुरुङको पासमा बक्सबाहिरबाट एन्कुनगुयको फितलो प्रहार गोलमा परिणत भएको थियो ।

इन्जुरी समयमा शोखरुखले काठमाडौंका लागि निर्णायक गोल गरे । टोजीडिनोभ कोमिवोनको लामो दूरीको पासमा शोखरुखले १८ यार्डबाट गोलकिपर प्रिसोलाई बिट गर्दै सुन्दर गोल गरे ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP