चैत्र ८, २०८२ आइतबार | २०:५२:३५
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

नेपाल सुपर लिगः पोखरा र झापाको रोमाञ्चक बराबरी

काठमाडौं । इन्जुरी समयमा रक्षक सामान्डर ओकिलोभले गोल गरेपछि झापा एफसीले पोखरा थन्डर्सविरुद्ध हार टोरेको छ । बराबरीसँगै जारी नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणमा नवप्रवेशी झापा लगातार दोस्रो हार ब्यहोर्नबाट जोगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पहिलो हाफको गोल निर्णायक बन्नै लाग्दा झापाले अन्तिम समयमा गोल फर्काएको हो ।

बराबरीसँगै पोखराले तालिकाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो । पहिलो खेलमा एफसी चितवनलाई १–० ले हराएको पोखराले दोस्रो खेलमा ललितपुर सिटी एफसीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । पहिलो खेलमा इलामसँग १–० ले पराजित भएको झापा एक अंकका साथ सातौं स्थानमा छ ।

खेलको १८  औं मिनेटमा पोखराले अग्रता लिएको थियो । बक्सबाहिरबाट जो ऐइडोको क्रसमा मोसेस ग्याबा टुमले सुन्दर हेडर गोल गरे । मोसेसको हेडरले पहिलो बारको जाली चुमेको थियो ।

५६ औं मिनेटमा अन्जन विष्टको हेडर पोखराका गोलकिपर प्रिसो एनजांगाले बचाए । बक्सको केही टचलाइनबाट मिडफिल्डर प्रदीप लामाको क्रसमा फरवार्ड अन्जनको हेडर प्रिसोले बचाएका थिए । हेडरका दौरान विपक्षी रक्षक पदम विष्टसँग टाउको ठोक्किँदा अन्जन मैदानमै ढलेका थिए । पछि मेडिकल टोलीको सहायतामा उनी ७ मिनेटपछि मैदान खेलमा फर्किए । ७० औं मिनेटमा अन्जनलाई समीराज थोकरले प्रतिस्थापन गरे ।

७२औं मिनेटमा फरवार्ड जोर्ज सान्चेजको प्रहार बाहिरिँदा पोखराको खतरा टरेको थियो । नियमित स्थानभन्दा केही अगाडि आएका प्रिसोलाई बिट गर्न ४० यार्ड परबाट जोर्जले गरेको प्रहार बाहिरिएको थियो ।

८१ औं मिनेटमा मोसेसले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेन । बक्सभित्र कुनैपनि खेलाडीबाट बाधा नपुगेका मोसेसले स्तरीय प्रहार गर्न सकेनन् । उनको फितलो प्रहार झापाका गोलकिपर स्टेफन क्युपिकले बचाए ।

निर्धारित समय सकिन एक मिनेट बांकी छँदा पोखरा १० खेलाडीमा झरेको थियो । दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका मिडफिल्डर कमल बहादुर थापा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

इन्जुरी समयमा बक्स बाहिरबाट आइकोनिक खेलाडी आभाष लामिछानेले गरेको प्रहार प्रिसोले बचाए । तर, नियन्त्रण गर्न भने सकेनन् । रिबाउन्ड बललाई ओकिलोभले वान टचमा गोल गरे ।

आजै दिनको दोस्रो खेलमा साबिक उपविजेता धनगढी एफसीले ललितपुरको सामना गर्दैछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो