माघ १५, २०८२ बिहीबार | ०९:१९:३०
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

नेपाल सुपर लिगः पोखरा र झापाको रोमाञ्चक बराबरी

काठमाडौं । इन्जुरी समयमा रक्षक सामान्डर ओकिलोभले गोल गरेपछि झापा एफसीले पोखरा थन्डर्सविरुद्ध हार टोरेको छ । बराबरीसँगै जारी नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणमा नवप्रवेशी झापा लगातार दोस्रो हार ब्यहोर्नबाट जोगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पहिलो हाफको गोल निर्णायक बन्नै लाग्दा झापाले अन्तिम समयमा गोल फर्काएको हो ।

बराबरीसँगै पोखराले तालिकाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो । पहिलो खेलमा एफसी चितवनलाई १–० ले हराएको पोखराले दोस्रो खेलमा ललितपुर सिटी एफसीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । पहिलो खेलमा इलामसँग १–० ले पराजित भएको झापा एक अंकका साथ सातौं स्थानमा छ ।

खेलको १८  औं मिनेटमा पोखराले अग्रता लिएको थियो । बक्सबाहिरबाट जो ऐइडोको क्रसमा मोसेस ग्याबा टुमले सुन्दर हेडर गोल गरे । मोसेसको हेडरले पहिलो बारको जाली चुमेको थियो ।

५६ औं मिनेटमा अन्जन विष्टको हेडर पोखराका गोलकिपर प्रिसो एनजांगाले बचाए । बक्सको केही टचलाइनबाट मिडफिल्डर प्रदीप लामाको क्रसमा फरवार्ड अन्जनको हेडर प्रिसोले बचाएका थिए । हेडरका दौरान विपक्षी रक्षक पदम विष्टसँग टाउको ठोक्किँदा अन्जन मैदानमै ढलेका थिए । पछि मेडिकल टोलीको सहायतामा उनी ७ मिनेटपछि मैदान खेलमा फर्किए । ७० औं मिनेटमा अन्जनलाई समीराज थोकरले प्रतिस्थापन गरे ।

७२औं मिनेटमा फरवार्ड जोर्ज सान्चेजको प्रहार बाहिरिँदा पोखराको खतरा टरेको थियो । नियमित स्थानभन्दा केही अगाडि आएका प्रिसोलाई बिट गर्न ४० यार्ड परबाट जोर्जले गरेको प्रहार बाहिरिएको थियो ।

८१ औं मिनेटमा मोसेसले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेन । बक्सभित्र कुनैपनि खेलाडीबाट बाधा नपुगेका मोसेसले स्तरीय प्रहार गर्न सकेनन् । उनको फितलो प्रहार झापाका गोलकिपर स्टेफन क्युपिकले बचाए ।

निर्धारित समय सकिन एक मिनेट बांकी छँदा पोखरा १० खेलाडीमा झरेको थियो । दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका मिडफिल्डर कमल बहादुर थापा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

इन्जुरी समयमा बक्स बाहिरबाट आइकोनिक खेलाडी आभाष लामिछानेले गरेको प्रहार प्रिसोले बचाए । तर, नियन्त्रण गर्न भने सकेनन् । रिबाउन्ड बललाई ओकिलोभले वान टचमा गोल गरे ।

आजै दिनको दोस्रो खेलमा साबिक उपविजेता धनगढी एफसीले ललितपुरको सामना गर्दैछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।