चैत्र १४, २०८२ शनिबार | ०९:१३:४८
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

आरोहण क्लबलाई सप्तमी कपको उपाधि

पाँचथर । इलामको फुङवा एफसीलाई ३-० ले हराउँदै घरेलुु टोली आरोहण क्लबले सप्तमी खुल्ला नकाआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

श्री युवा वर्ष माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको फाइनलमा आरोहणलाई जित दिलाउन सबिन फ्यक, युरोप लिम्बु र समिर लिम्बुले गोल गरे ।

खेलको १७ औं मिनेटमा सबिनले गोल गर्दै आरोहणलाई अग्रता दिलाएका थिए । सबिनले मैदानको मध्य भागबाट प्रहार गरेको बलले गोलपोस्टको जाली चुमेको थियो ।

 ५६ औं मिनेटमा युरोपले टोलीको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा समिरले गोल गर्दै आफ्नो आरोहणको जित सुनिश्चित गराए।

उपाधीसँगै आरोहण क्लबले २५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फुङवा एफसीले १० हजार रुपैयाँ मेडल र प्रमाणपत्रमा पाएको छ ।

त्यस्तै प्रतियोगितामा चार गोल गरेका आयोजकका स्ट्राइकर रुपेन आङ्देम्बे सर्वाधिक गोलकर्ता चुनिए । उनले ५०० रुपैयाँ प्राप्त गरे । 

 उपविजेता बनेको फुङवा एफसीले प्रतियोगितामा फेयर प्ले टिमको अवार्ड पनि प्राप्त गरेको छ।

मिक्लाजुङ्ग-२ को आयोजनामा भएको प्रतियोगितामा ३८ टोलीको सहभागिता थियोे ।

पाँचथर जिल्लामा आयोजना हुने गोल्डकपमा यति धेरै टोलीले सहभागिता जनाएको यो पहिलोपटक समेत हो ।

यस खेल मैदानमा अन्तिमपटक विसं २०७२ सालमा प्रतियोगिता आयोजना भएको थियो । त्यसपछि विभिन्न कारणहरुले गर्दा हुन नसकेको यस प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिने आयोजकले जानकारी दिएको छ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो