वैशाख २६, २०८२ शुक्रबार | ११:४०:१२
पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती

आर्सनल प्रशिक्षक आर्टेटालाई जरिवाना

काठमाडौं । भिडियो सहायक रेफ्री(भिएआर)प्रति कथित टिप्पणी गरेको भन्दै इङ्लिस क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटालाई फुटबल महासंघ(एफए)ले जरिवाना गरेको छ ।

इङ्लिस प्रिमियर लिगको पछिल्लो खेलमा आर्सनल न्युक्यासल युनाइटेडसँग १–० ले पराजित भएको थियो । न्युक्यासलका लागि एन्थोनी गोर्डनले निर्णायक गोल गरेका थिए । जुन गोल निकै विवादास्पद गोल थियो । लाइनबाट बाहिरिसकेको बललाई सदुपयोग गरेर भएको उक्त गोल भिएआरले तीन पटक हेरेको थियो । तर, अन्त्यमा निर्णय न्युक्यासलको पक्षमा गएको थियो ।

खेलपछि ४१ वर्षिय आर्टेटाले भिएआरको निर्णयप्रति आलोचना पोखेका थिए । आर्टेटाले भिएआरको सो निर्णयलाई ‘लाजमर्दो’ र ‘अपमान’का रुपमा टिप्पणी गरे ।

एफएको जरिवाना गर्ने निर्णयविरुद्ध जवाफ दिन आर्टेटालाई मंगलबार सम्मको समय हुनेछ । विभिन्न संचार माध्यमका अनुसार उनलाई २० हजार पाउन्ड जरिवाना गरिनेछ ।

‘आर्टेटाको यो आरोप र आलोचनाले म्याच अधिकारीहरुको अपमान गर्दछ । यस्तो खालको टिप्पणीहरु खेलका लागि हानिकारक छ, यसले खेललाई बदनाममा ल्याउँछ,’ एफएको विज्ञप्तिमा भनिएको छ ।

न्युक्यासलसँगको हारपछि लिगमा आर्सनलको अपराजित यात्रामा ब्रेक लागेको छ । आर्सनल अहिले तालिकाको तेस्रो स्थानमा छ र उ शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा एक अंकले पछाडि छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP