माघ १६, २०८२ शुक्रबार | २२:४५:४७
साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो

एन्फाको आकस्मिक बैठकमा कोरम पुगेन

काठमाडौं । अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तगीको प्रस्ताब दर्ता भएपछि आज बुधबारका लागि बोलाइएको एन्फा कार्यसमितिको आकस्मिक बैठक कोरम नपुगेका कारण सुरु हुन सकेको छैन ।

एन्फा सचिवालयले बिहान ११ बजेका लागि बैठक बोलाए पनि आवश्यक कोरम नपुगेका कारण निर्धारित समय गुज्रिएको पौने दुई घण्टासम्म पनि सुरु हुन नसकेको एक पदाधिकारीले बताए ।

ती पदाधिकारीका अनुसार बैठकका लागि २१ सदस्यीय कार्यसमितिका १० जना एन्फा मुख्यालयमा उपस्थित भइसकेका छन् । ११ जना अनुपस्थित छन् । बैठकका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङ, दुई उपाध्यक्ष दीपक खतिवडा र दावा लामा तथा सदस्यहरु महेन्द्र क्षेत्री, विकास श्रेष्ठ, पुरुषोत्तम थापा, भरत बुढ थापा, टिका लामा, सरिला श्रेष्ठ र दीपेन्द्र धिमाल एन्फा पुगिसकेका छन् ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार), तथा सदस्यहरु अनिल मल्ल, रबिन्द्र चन्द, भोजराज शाही, रुपेश अधिकारी, रमेश व्यन्जनकार, मणीराज बिष्ट, मनिष जोशी र पेमा लामा भने पौने एक बजेसम्म पनि एन्फा पुगेका छैनन् ।

एन्फा साधारणसभाका कुल ८६ मध्ये ४९ सदस्यले भदौ २५ गते अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तगीको प्रस्ताब राख्दै साधारणसभा माग गरेका थिए ।

अध्यक्ष र महासचिवमाथि बर्खास्तगीको प्रस्ताब दर्ता भएपछि उनीहरु स्वत निलम्बन भएको भन्दै बहुमत सदस्यहरु अनुपस्थित भएको बताइएको छ ।

एन्फा कानुन समितिका संयोजक समेत रहेका कार्यसमिति सदस्य अनिल मल्लले नेम्वाङको अध्यक्षतामा बस्ने बैठक बैधानिक नहुने बताउँदै भने, ‘अहिले विषय कोरम पुग्ने नपुग्नेको होइन । मुल विषय उहाँहरुले बैठक बोलाउन पाउने की नपाउने भन्ने हो । विधानअनुसार उहाँहरुले बैठक बोलाउन नै पाउनुहुन्न । निलम्बनमा परिसकेको अध्यक्ष र महासचिवले बोलाएको बैठक भएकाले हामीले नजाने निर्णय गरेका हौं ।’


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।