चैत्र ६, २०८२ शुक्रबार | ०५:०७:२३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

एन्फाको आकस्मिक बैठकमा कोरम पुगेन

काठमाडौं । अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तगीको प्रस्ताब दर्ता भएपछि आज बुधबारका लागि बोलाइएको एन्फा कार्यसमितिको आकस्मिक बैठक कोरम नपुगेका कारण सुरु हुन सकेको छैन ।

एन्फा सचिवालयले बिहान ११ बजेका लागि बैठक बोलाए पनि आवश्यक कोरम नपुगेका कारण निर्धारित समय गुज्रिएको पौने दुई घण्टासम्म पनि सुरु हुन नसकेको एक पदाधिकारीले बताए ।

ती पदाधिकारीका अनुसार बैठकका लागि २१ सदस्यीय कार्यसमितिका १० जना एन्फा मुख्यालयमा उपस्थित भइसकेका छन् । ११ जना अनुपस्थित छन् । बैठकका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङ, दुई उपाध्यक्ष दीपक खतिवडा र दावा लामा तथा सदस्यहरु महेन्द्र क्षेत्री, विकास श्रेष्ठ, पुरुषोत्तम थापा, भरत बुढ थापा, टिका लामा, सरिला श्रेष्ठ र दीपेन्द्र धिमाल एन्फा पुगिसकेका छन् ।

वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, दुई उपाध्यक्ष विराटजंग शाही र दीर्घबहादुर केसी (कुमार), तथा सदस्यहरु अनिल मल्ल, रबिन्द्र चन्द, भोजराज शाही, रुपेश अधिकारी, रमेश व्यन्जनकार, मणीराज बिष्ट, मनिष जोशी र पेमा लामा भने पौने एक बजेसम्म पनि एन्फा पुगेका छैनन् ।

एन्फा साधारणसभाका कुल ८६ मध्ये ४९ सदस्यले भदौ २५ गते अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तगीको प्रस्ताब राख्दै साधारणसभा माग गरेका थिए ।

अध्यक्ष र महासचिवमाथि बर्खास्तगीको प्रस्ताब दर्ता भएपछि उनीहरु स्वत निलम्बन भएको भन्दै बहुमत सदस्यहरु अनुपस्थित भएको बताइएको छ ।

एन्फा कानुन समितिका संयोजक समेत रहेका कार्यसमिति सदस्य अनिल मल्लले नेम्वाङको अध्यक्षतामा बस्ने बैठक बैधानिक नहुने बताउँदै भने, ‘अहिले विषय कोरम पुग्ने नपुग्नेको होइन । मुल विषय उहाँहरुले बैठक बोलाउन पाउने की नपाउने भन्ने हो । विधानअनुसार उहाँहरुले बैठक बोलाउन नै पाउनुहुन्न । निलम्बनमा परिसकेको अध्यक्ष र महासचिवले बोलाएको बैठक भएकाले हामीले नजाने निर्णय गरेका हौं ।’


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो