काठमाडौं । सन् १९९० को दशकमा विश्व फुटबलमा ब्राजिलियन खेलाडी रोनाल्डोको प्रभाव थियो । इलामका कुनाकाप्चासम्म पनि उनको चर्चा व्याप्त थियो । लाग्थ्यो, रोनाल्डो विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी हुन् अनि फुटबलका भगवान् नै ।
गाउँमा सिनियर दाजुहरूबाट सुन्ने यस्तै किस्साहरूले नजानिकनै नवयुग श्रेष्ठलाई रोनाल्डोको खाँटी प्रशंसक बनायो । टेलिभिजनमा हेरेको भरमा रोनाल्डोको सिको गर्न थाले । बालसखाहरूले पनि भन्न थाले, ‘तेरो खेल ठ्याक्कै रोनाल्डोकै जस्तो छ ।’ त्यसपछि त ७/८ वर्षका नवयुगलाई के चाहियो र उनको मनमा ‘रोनाल्डो प्रेम’ थप बढ्न थाल्यो ।
फाइनलमा नेपाल बंगलादेशसँग पराजित भयो । नवयुगमा भने त्यही प्रतियोगिताले फुटबलको राष्ट्रिय खेलाडी बन्ने सपना उमार्याे ।
सन् १९९० को दशक अन्त्यतिर ब्राजिलका रोनाल्डो र फ्रान्सका जिनेदिन जिदानको खुबै चर्चा थियो । दुई खेलाडीमा को सर्वोत्कृष्ट बन्ने होड थियो । नवयुगले पनि फुटबल हेर्न र सिक्न थालेको त्यही समय हो । उनलाई मिडफिल्डका जादुगर जिदानभन्दा विपक्षी पोस्टमा किलरको भूमिकामा खरो उत्रने रोनाल्डोको प्रभाव बढी पर्यो । यही कारण हो, नवयुगले स्ट्राइकरको भूमिकामा खेल्न थालेको ।
सन् १९९९ मा आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (तल्कालीन साफ, हाल साग) नेपालमा हुँदा नवयुग भर्खर ८ वर्षका थिए । उनले आठौं साफअन्तर्गत फुटबलको सबै खेल घरमै टिभीमा हेरेका थिए । फाइनलमा नेपाल बंगलादेशसँग पराजित भयो । नवयुगमा भने त्यही प्रतियोगिताले फुटबलको राष्ट्रिय खेलाडी बन्ने सपना उमार्याे ।
इलाम देउमाई ४ (साबिक मंगलबारे १), बुधबारेका नवयुगको परिवारमा फुटबलको राम्रो माहोल थियो । बुवा, काकाहरू फुटबल खेल्थे । बुवा चन्द्रकेशर त जिल्लास्तरकै खेलाडी थिए । खेलाडी बन्ने ‘भूत’ सवार भएपछि उनले मिहिनेत र लगन त्यसैमा केन्द्रित गरे ।
२०६० सालमा जिल्लास्तरीय प्रतिस्पर्धाबाट छानिएर इलामको यु–१४ टिममा परे, जुन टिमले राष्ट्रिय स्तरको जिविस कप नै जित्यो । अर्को वर्ष इलामले जिविस कपको उपाधि रक्षा गर्दा उनी मुख्य खेलाडी थिए ।
चासो राख्दै जाँदा सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा अभ्यास गर्ने मौका पाए । करिब डेढ महिनापछि धिरेन्द्र प्रधान (एन्फाका पूर्व महासचिव)ले ‘अब ‘सी ’डिभिजन खेल्नुपर्छ’ भनेकाले उनी टोखा क्लबतिर लागे ।
जिविस कपको खेल हेरेर एन्फाले इलामका दुई खेलाडीलाई छनोट गर्दा भने नवयुग अटाएनन् । उमेर हुर्किएपछि नवयुग गाउँकै त्रिवेणी युवा क्लबबाट जर्सी नम्बर १० लगाएर खेल्न थाले । उनले इलामको जिल्लास्तरीय टिमबाट पनि विभिन्न प्रतियोगिता खेले ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले १६ वर्षमुनिका खेलाडी छान्न लागेको खबर सुनेर नवयुग त्यही वर्ष काठमाडौं हान्निए । तर छनोट रद्द भयो । जिल्ला फर्कन उनको मनले मानेन । चासो राख्दै जाँदा सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा अभ्यास गर्ने मौका पाए । करिब डेढ महिनापछि धिरेन्द्र प्रधान (एन्फाका पूर्व महासचिव)ले ‘अब ‘सी’ डिभिजन खेल्नुपर्छ’ भनेकाले उनी टोखा क्लबतिर लागे ।
‘त्यहाँ एक साता तालिम नगर्दै ‘बी’ डिभिजन खेल्न भनेर प्रधानले हिमालयन शेर्पा क्लब पुर्याए । शेर्पामा आबद्ध भए पनि नवयुगले खेल्ने मौका भने पाएनन् । करिब डेढ महिना प्रशिक्षण गरे पनि अधिकांश समय बेन्चमै बिताए । हिमालयन शेर्पा ‘ए’ डिभिजनमा उक्लियो । उनी भने घर फर्किए । अब उनको फुटबलर बन्ने अभियान सपनाजस्तै भइसकेको थियो । २०६५ सालमा धनकुटामा आर्मीको छनोट खुलेको थाहा पाएपछि उनी भर्ती भए ।
त्रिभुवन आर्मी क्लबबाट ‘कोही राम्रा खेलाडी भए ट्रायलका लागि पठाउनु’ भन्ने बेहोराको पत्र धनकुटा पुगेको रहेछ । त्यतिबेला नवयुगले गण र पृतनाको प्रतियोगितामा आफ्नो कला देखाइसकेका थिए । तालिम सकिनेबित्तिकै उनी काठमाडौं आए । आर्मीका तत्कालीन प्रशिक्षक डम्बरसिंह गुरुङको नजरमा परे नवयुग । क्लबमा छनोट भए, खेल्ने मौका पनि पाइहाले ।
स्ट्राइकर नवयुगको आर्मी क्लबमा डेब्यू भने मिडफिल्डबाट भयो । सन्तोष नेपाली शान्ति सेना मिसनमा भएका कारण उनको स्थान नवयुगले पाए । सन्तोष फर्किएपछि अर्का मिडफिल्डर राजु तामाङ शान्ति सेनामा गएकाले नवयुग आर्मी क्लबमा निरन्तर पहिलो रोजाइका खेलाडी बने ।
स्ट्राइकर नवयुगको आर्मी क्लबमा डेब्यू भने मिडफिल्डबाट भयो । सन्तोष नेपाली शान्ति सेना मिसनमा भएका कारण उनको स्थान नवयुगले पाए । सन्तोष फर्किएपछि अर्का मिडफिल्डर राजु तामाङ शान्ति सेनामा गएकाले नवयुग आर्मी क्लबमा निरन्तर पहिलो रोजाइका खेलाडी बने । तर स्ट्राइकरका रूपमा खेल्न भने उनले दुई वर्ष कुर्नुपर्यो ।
यसबीच उनले प्रमाणित गरिसकेका थिए । २०६८ र ०७२ सालको राष्ट्रिय लिगमा त उनी उच्च गोलकर्ता नै बने । लिगमा सर्वाधिक गोल गर्दा पनि राष्ट्रिय टिममा भने नवयुगले अवसर पाएनन् । लामो समयको प्रतीक्षापछि २०७२ भदौमा राष्ट्रिय टिममा छनोट भए ।
नेपाली फुटबलमा हरि खड्कालाई आदर्श मान्दै आएका नवयुगको लक्ष्य राष्ट्रिय खेलाडी बन्नु मात्र थिएन, हरि खड्काजस्तै चर्चित स्ट्राइकर हुने थियो । जसले राष्ट्रिय जर्सी लगाएर सिंगो नेपाललाई एकसाथ जुरुक्क उचाल्ने गरी विपक्षीको पोस्टमा गोल ठोक्न सक्थे ।
नवयुगले भारतसँग २०७२ भदौ १५ मा भएको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिमबाट ‘डेब्यू’ गर्ने मौका पाए । साफ च्याम्पियनसिप तयारीका क्रममा नेपालले त्यो खेल पुनेमा खेलेको थियो । नवयुग दोस्रो हाफमा जगजित श्रेष्ठलाई प्रतिस्थापन गर्दै मैदान छिरेका थिए । त्यसको चार महिनापछि भारतकै केरलामा भएको साफ च्याम्पियनसिपमा नेपाल समूह चरणबाटै बाहिरियो तर लगातार ११ खेलमा भएको गोलको खडेरी तोडियो ।
भारतविरुद्धको खेलमा नवयुगले प्रहार गरेको बल पोलमा लागेर फर्किएपछि विमल घर्तीमगरले रिबाउन्डमा गोल गरेका थिए । राष्ट्रिय टिमबाट नियमित खेलिरहे पनि नवयुगले गोल गर्न सकेका थिएनन् ।
भारतविरुद्धको खेलमा नवयुगले प्रहार गरेको बल पोलमा लागेर फर्किएपछि विमल घर्तीमगरले रिबाउन्डमा गोल गरेका थिए । राष्ट्रिय टिमबाट नियमित खेलिरहे पनि नवयुगले गोल गर्न सकेका थिएनन् ।
त्यही वर्ष बंगलादेशमा भएको बंगबन्धु गोल्डकपको समूह चरणमा पनि उनले बललाई जाली चुमाउन सकेनन् । त्यसले उनमा दबाब बढ्दै गएको थियो । सेमिफाइनलमा माल्दिभ्ससँग खेल्दा नेपाललाई दबाब थपिँदै थियो । गोल नै गर्न नसकिरहेका नवयुगलाई परिवर्तन गर्ने सल्लाह हुन थाल्यो । त्यही बेला नवयुगले गोल ठोके । खेल ३१ औं मिनेटमा थियो । नेपालले अग्रता लियो । दोस्रो हाफमा थप दुई गोल गरे । खाता खोलेकै दिन ह्याट्रिक गर्ने दुर्लभ संयोग उनलाई जुरेको रहेछ । उनी नेपालका लागि ह्याट्रिक गर्ने पाँचौं खेलाडी बने ।
नेपालले बंगबन्धु गोल्डकपको उपाधि नै जित्यो । नवयुग प्रतियोगिताकै उच्च गोलकर्ता मात्र बनेनन्, उनले सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि हात पारे । त्यसपछि उनको चर्चा ह्वात्तै चुलियो । राष्ट्रिय टोलीको कप्तानसहित ५ खेलाडी माथि खेलमिलेमतोको अभियोगमा प्रतिबन्ध र २० वर्ष एन्फा नेतृत्व गरेका गणेश थापाको बहिर्गमनलगायतका कारण नेपाली फुटबल ओरालो लाग्दै थियो ।
नेपाली फुटबलप्रति चौतर्फी आलोचना र आक्रोश थियो । यस्तो पृष्ठभूमिमा नवयुगसम्मिलित टिम बंगबन्धु गोल्डकपमा च्याम्पियन भएको थियो । एक महिना नबित्दै भारतको गुवाहाटीमा भएको १२ औं सागमा नेपालले स्वर्ण नै जित्यो । नवयुगले सर्वाधिक सात गोल गरे ।
०४७ जेठ २५ मा जन्मिएका नवयुगको नाम उनका अजा (हजुरबुबा) रामनारायणले राखिदिएका हुन् । त्यतिबेला भर्खर बहुदलीय व्यवस्था पुनर्बहाली भएको थियो ।
सोही वर्ष नेपालले ब्रुनाईलाई हराउँदै सोलिडारिटी कपसमेत जित्यो । यसले नवयुगलाई चर्चाको शिखरमा पुर्यायाे । नेपाली फुटबलमा नयाँ अध्याय सुरु भएको आभाष मिल्यो ।
नवयुगलाई पनि पुरस्कार र सम्मानको ओइरो लाग्न थाल्यो । जन्मथलोमा अभिनन्दन नै गरियो । नेपाली सेनामा उनले बढुवा पाए । दुई वर्ष नेपाली फुटबलमा उनले नयाँ युग नै ल्याए । उनको नामको पछाडिका किस्सा पनि रोचक छ । २०४७ जेठ २५ मा जन्मिएका नवयुगको नाम उनका अजा (हजुरबुबा) रामनारायणले राखिदिएका हुन् । त्यतिबेला भर्खर बहुदलीय व्यवस्था पुनर्बहाली भएको थियो ।
मुलुकको राजनीति नयाँ मोडमा अघि बढ्न थालेका बेला जन्मिएकाले त्यही समयलाई प्रतिविम्बित गर्ने गरी नातिको नाम ‘नवयुग’ राखिदिएका थिए रामनारायणले । त्यही नातिले नेपाली फुटबलमा ल्याएको नवयुग भने रामनारायणले हेर्न पाएनन् । उनले २०६९ सालमै सदाका लागि आँखा चिम्लिएका थिए ।
सन् २०१८ को साफ च्याम्पियनसिपसम्म नवयुग नेपाली राष्ट्रिय टोलीको नियमित सदस्य नै थिए । चोटका कारण केही समय राष्ट्रिय टोलीबाट बाहिर रहन पुगे । विश्वकप छनोटको पहिलो लेगको खेल गुमाएका उनले दोस्रो लेगमा कुवेतविरुद्ध राष्ट्रिय टोलीमा पुनरागमन गरे ।
राष्ट्रिय टोलीबाट ५० खेलको कोसेढुंगा पूरा गर्दा उनले ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् । फिफाको आधिकारिक सूचीमा नरहेका ३ वटा खेलमा पनि उनले २ गोल गरेका छन् । पछिल्लो पटक गत वर्ष थ्री–नेसन्स कपमा लाओसविरुद्ध नवयुगबाट गोल निस्किएको थियो ।
गत वर्ष एएफसी एसियन कप छनोट चरणको तयारीका लागि नवयुगलाई कप्तानी जिम्मेवारी दिएको थियो । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादका कारण नियमित कप्तान किरण चेम्जोङ टिममा नपर्दा नवयुग कप्तान बनेका थिए ।
राष्ट्रिय टोलीबाट ५० खेलको कोसेढुंगा पूरा गर्दा उनले ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् । फिफाको आधिकारिक सूचीमा नरहेका ३ वटा खेलमा पनि उनले २ गोल गरेका छन् । पछिल्लो पटक गत वर्ष थ्री–नेसन्स कपमा लाओसविरुद्ध नवयुगबाट गोल निस्किएको थियो ।