फाल्गुन १७, २०८२ आइतबार | ००:३७:०७
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन १९औं एसियाली खेलकुद

१९ औं एसियाली खेलकुद: नेपालबाट कुन खेलमा कसले खेल्ने ? (अन्तिम भाग)

काठमाडौं । खेलाडी डटकमले १९ औं एसियाली खेलकुदमा नेपाल सहभागी हुने २५ खेलको चर्चा गरिसकेको छ । अब यस शृंखलाको अन्तिम भागमा चार खेलबारे विस्तृतमा विवरण पेस गरेका छौं । चीनको हाङझाउमा हुने एसियाली खेलकुदमा २९ खेलमा नेपालको प्रतिनिधित्व गर्दै खेल्ने २ सय ५३ खेलाडीको नाम निश्चित भइसकेको छ । अब हामी तिनै बाँकी ४ खेलबाट चर्चा गरिरहेका छौं ।

भारोत्तोलनभारोत्तोलनमा दुई महिला र तीन पुरुष गरेर पाँच खेलाडीले भाग लिनेछन् । त्यसमध्ये महिलातर्फ शारदा चौधरीले ६४ केजी र टीकामाया गुरुङले ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा सागर भण्डारीले १ सय ९ केजीमाथि, विकास भट्टले ८१ केजी र विशाल विष्टले ९६ केजी तौल समूहमा भिड्ने छन् ।

कुस्तीकुस्तीतर्फ महिला र पुरुषमा गरेर समान दुई खेलाडीको सहभागिता रहनेछ । त्यसमा सुशीला चन्दले महिला ६२ केजी फ्रिस्टाइल, सिवाङ्गी दुबेले महिला ५७ केजी फ्रिस्टाइल, सुरेश चुनाराले पुरुष ७४ केजी फ्रिस्टाइल र राज यादवले पुरुष १ सय २५ केजी फ्रिस्टाइलमा खेल्नेछन् ।

उसुउसुमा कुल १२ खेलाडीको सहभागिता रहनेछ । त्यसमध्ये ५ महिला र ७ पुरुष खेलाडी छन् । महिलातर्फ एलिना चौधरीले ५२ केजी, निमा घर्तीमगरले नान छ्वान र नान्छौ अलराउन्ड, सबिता राईले ताइची अलराउन्ड, सुस्मिता तामाङले छान क्वान र कविता थापाले चियानछिन अलराउन्डमा खेल्नेछन् ।पुरुषतर्फ रोहित चुनाराले ५६ केजी, समान घुश्री ६५ केजी, दीपक हमालले नानछ्वान र नानगन अलराउन्ड, पदम राईले ७० केजी, पासाङ शेर्पाले ताइची अलराउन्ड, विजय सिंजालीले नान छ्वान र मंगलप्रसाद थारुले ६० केजीमा आफ्नो चुनौती पेस गर्नेछन् ।

ई-स्पोर्ट्सपहिलोपल्ट एसियाडमा सहभागी हुन लागेको यो खेलमा नेपालले कुल २३ खेलाडीको सहभागिता गराउँदै छ । उनीहरू हुन् पुकार आचार्य, आयुष बस्नेत, साहस भण्डारी, संगीन भट्टराई, प्रज्ज्वल विष्ट, दीपेश गुरुङ, समीर गुरुङ, समीर गुरुङ, सेसन कार्की, इन्साङ लिम्बू, लिगल लिम्बू, लुजः महर्जन, स्वस्तिक महर्जन, अरुण मिश्र, विशेष पौडेल, सुयोग पौडेल, सुविन प्रजापति, विजय राई, सुशांक रोय, अभिनव शाक्य, सौजन्य श्रेष्ठ, सुमिन श्रेष्ठ र लक्ष्य तामाङ ।

यो पनिः

नयाँ युगका नायक नवयुग

तालिवानले निलेको अफगानी महिला क्रिकेट

इतिहासको पानाबाट: अस्ट्रेलिया पाँचौंपल्ट च्याम्पियन

फुटबल सपनामा हुर्किएका जिलेस्पीजंग