मंसिर १६, २०८२ मंगलबार | १६:४७:०४
रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक जेसन रोयको पहिलो खेलमा पोखराको आक्रमक ब्याटिङ सुरुआत चितवनविरुद्ध जनकपुरको सानदार जित चितवनविरुद्ध अनिलको पनि अर्धशतक चितवनविरुद्ध सदाकतको अर्धशतक, जनकपुर पहिलो जित नजिक जनकपुरको आक्रमक ब्याटिङ सुरुआत जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन रसिङ्टनको लगातार दोस्रो खेलमा अर्धशतक जेसन रोयको पहिलो खेलमा पोखराको आक्रमक ब्याटिङ सुरुआत चितवनविरुद्ध जनकपुरको सानदार जित चितवनविरुद्ध अनिलको पनि अर्धशतक चितवनविरुद्ध सदाकतको अर्धशतक, जनकपुर पहिलो जित नजिक जनकपुरको आक्रमक ब्याटिङ सुरुआत जनकपुरलाई चितवनको बलियो लक्ष्य अर्धशतक बनाउँदै पवेलियन फर्किए अर्जुन, चितवन बलियो योगफलतर्फ अग्रसर जनकपुरविरुद्ध मलानको अर्धशतक, चितवनको एक सय रन पूरा चितवनले पावरप्लेमा जोड्यो ३८ रन
शनिबारको दिन अफगानिस्तान क्रिकेट

तालिवानले निलेको अफगानी महिला क्रिकेट

काठमाठौं । दुई वर्षअगाडिको कुरा हो । अफगानी महिला क्रिकेट टोलीकी १८ वर्षीया ब्याटर फिरोजा अमिरी मौकाको प्रतीक्षामा थिइन् । मौका पाए अफगानिस्तान क्रिकेटलाई माथि पुर्याउने लक्ष्य बोकेकी थिइन् फिरोजा ।

लक्ष्य पूरा नहुँदै फिरोजाको सपना र अफगानी दसौं लाख मानिसको जीवन सधैंका लागि परिवर्तन भयो । अगस्ट १५, २०२२ मा तालिवानले अफगानिस्तानलाई कब्जा गरेपछि फिरोजा परिवारसँगै पाकिस्तान भागेकी थिइन् । पाकिस्तानबाट खेदिएपछि परिवारसँगै अस्ट्रेलिया उडिन् । अहिले फिरोजा अस्ट्रेलियामै बसोवास गर्छिन् । फिरोजासँगै उनकै ब्याचका अरू २५ खेलाडी पनि अस्ट्रेलियामै छन् ।

अहिले यी खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो ठाउँ खोजिरहेका छन् । क्रिकेट खेल्न पाउँ भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र अफगानिस्तानका क्रिकेट पदाधिकारीहरूलाई बिन्ती गरिरहेका छन् । यद्यपि तालिवानले महिलालाई खेलकुद र शिक्षामा प्रतिबन्ध लगाएको छ ।

अहिले यी खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो ठाउँ खोजिरहेका छन् । क्रिकेट खेल्न पाउँ भन्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र अफगानिस्तानका क्रिकेट पदाधिकारीहरूलाई बिन्ती गरिरहेका छन् । यद्यपि तालिवानले महिलालाई खेलकुद र शिक्षामा प्रतिबन्ध लगाएको छ ।

‘दुर्भाग्यवश तालिवानले अफगानिस्तान कब्जा गरेको दुई वर्ष बितेको छ । त्यो दिन हाम्रा लागि कालो दिन थियो,’ कालो दिनलाई जोड दिँदै फिरोजाले पाँच साताअघि एपी समाचार एजेन्सीलाई सन्देश पठाएकी थिइन् ।

फिरोजा हेरात सहरमा परिवारसँगै बस्थिन् । करिब ५ लाख जनसंख्या भएको हेरात अफगानिस्तानको तेस्रो ठूलो सहर हो ।

‘त्यो दिन हाम्रा लागि कालो दिन थियो । जुन दिन हाम्रा सपनाहरू नष्ट भए । सबै खेलाडीको वर्षौंदेखिको मिहिनेत खेर गएको थियो,’ फिरोजाले एपीसँग भनिन्, ’हेरात तालिवानको कब्जामा आएपछि हामीले काबुल जाने निधो गरेका थियौं । विदेशी दूतावाससम्म पुगेर सहयोग माग्ने योजना थियो । तर, त्यहाँ पुग्दा काबुल पनि पुरै तालिवानको कब्जामा परिसकेको थियो । सबै विमानस्थल गइरहेका थिए । हामी पनि त्यहीं गयौैं ।’

त्यो बिन्दुबाट स्थिति झन् बिग्रिँदै गयो ।

‘मेरा लागि त्यो क्षण एकदमै पीडादायी थियो जब मैले सबै महिला, पत्रकार र राजनीतिज्ञहरू देशबाट भाग्न विमानस्थल जाँदै गरेको देखें,’ फिरोजाले भनिन्, ‘त्यहाँ गोलीको वर्षात भइरहेको थियो । मानिसहरू चिच्याइरहेका थिए । एक युवकलाई त झन् पाँचपल्ट गोली हानिएको थियो । हामी केही छिन गोली नलागोस् भनेर एउटा घरमा लुकेका थियौं ।’

फिरोजाका एक जना टोलीका सदस्य फिर्बा होट्याक भन्छिन्, ‘तालिवानको प्रवेशसँगै हाम्रो सपना समाप्त भयो । हामीले ब्याट र अरू क्रिकेट सामग्रीहरू जलाएका थियौं । तर, अस्ट्रेलियामा आएपछि ती अपूरा सपना फेरि जीवित भएका छन् । हामीले पुनः क्रिकेट खेल्ने इच्छा राख्यौं र खेल्न सुरु गयौं । हामीलाई यतै एउटा टोली बनाएर व्यावसायिक क्रिकेट खेल्न मन छ ।’

हामीलाई सुरक्षित रूपमा अस्ट्रेलियामा सारिएको छ र अफगानिस्तानको अवस्था थाहा छ तर तपाईंको सहयोग र समर्थनले देशको प्रतिनिधित्व गर्ने हाम्रो आस जीवित रहनेछ । 

फिरोजा र उनका टोलीका साथीहरू अहिले मेलबर्नमा उपनगरीय लिग खेल्छन् । जुन लिग उनीहरूको क्षमता, स्तरभन्दा एकदमै तल छ । अफगानिस्तानको पुरुष टोली विश्वभर घुमिरहेका छन् अनि माथिल्लो स्तरमा खेलिरहेका छन् । महिला टोलीले चाहेको पनि यही नै हो ।

त्यसैले फिरोजा र उनका साथीले गत डिसेम्बरमा विश्व खेलकुदको आधिकारिक निकायलाई इमेल पठाएको थियो । ‘हामी अब अफगानिस्तानमा बसिरहेका छैनौं भन्ने कुरा ध्यानमा राख्दै हाम्रो राष्ट्रिय खेल सम्झौता र भविष्यमा खेल्ने अवसरहरूबारे आधिकारिक अडान के हो भनेर कृपया सल्लाह दिन सक्नुहुन्छ ?’ उनीहरूले लेखेका थिए ।

‘महिला कार्यक्रमका लागि आईसीसीले अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) लाई दिएको रकम कहाँ गयो ? र, के यसलाई अस्ट्रेलियाको कुनै संस्थामार्फत हाम्रो विकासमा लगानी गर्न पुनः निर्देशित गर्न सकिन्छ ? ता कि अझै पनि अन्तर्राष्ट्रिय स्तरमा हामीले देशको प्रतिनिधित्व गर्न सकौं,’ फिरोजाले थपिन्, ‘हामीलाई सुरक्षित रूपमा अस्ट्रेलियामा सारिएको छ र अफगानिस्तानको अवस्था थाहा छ तर तपाईंको सहयोग र समर्थनले देशको प्रतिनिधित्व गर्ने हाम्रो आस जीवित रहनेछ । हामी तपाईंको नेतृत्व र सही निर्णयको पर्खाइमा छौं ।’

फिरोजाका अनुसार एसीबी र आइसिसीबाट कसैले पनि उनीहरूलाई सम्पर्क गरेका छैनन् । ‘हामीले उनीहरूबाट कुनै सहयोग वा कुनै आश्वासन पाएका छैनौं, यद्यपि उनीहरूले २०१७ देखि पुरुष र महिलाको बजेट पुरुषका लागि मात्र प्रयोग गरे र महिला टोलीलाई कहिल्यै समर्थन गरेनन्,’ फिरोजाले दुखेसो गरिन् ।  

आइसिसीले एपीलाई गरेको इमेलमा एसीबीले आफ्नो काम गरिरहेको र यसमा हामी हस्तक्षेप गर्न सक्दैनौं भनेको छ ।

‘आइसिसी बोर्ड अफगानिस्तान क्रिकेट बोर्डलाई समर्थन गर्न प्रतिबद्ध छ र एसीबी वा उनीहरूका खेलाडीहरूलाई देशको सरकारले तोकेको कानुनको पालना गरेकामा दण्डित गर्दैन,’ आइसीसीले भनेको छ ।

फिरोजा र उनका साथीहरू पुरुष क्रिकेट पनि भावी दिनमा महिला क्रिकेटजस्तै हुनेमा चिन्तित छन् । भारतमा अर्को महिना हुने पुरुष एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तान टोली तयार छ । तालिवानले यसमा पनि हस्तक्षेप गर्छ कि भन्ने शंका फिरोजाको मनमा अझै छ ।

‘आइसिसीका कुनै पनि सदस्य राष्ट्रका खेलाडीसँगको सम्बन्ध त्यो देशको बोर्डले व्यवस्थापन गर्छ, आइसिसी यसमा संलग्न हुँदैन । पुरुष र महिला राष्ट्रिय टोलीहरू फिल्ड गर्ने अधिकार कुनै पनि देशको बोर्डसँग मात्र हुन्छ, आइसीसीसँग होइन ।’

फिरोजा र उनका साथीहरू पुरुष क्रिकेट पनि भावी दिनमा महिला क्रिकेटजस्तै हुनेमा चिन्तित छन् । भारतमा अर्को महिना हुने पुरुष एकदिवसीय विश्वकप क्रिकेटका लागि अफगानिस्तान टोली तयार छ । तालिवानले यसमा पनि हस्तक्षेप गर्छ कि भन्ने शंका फिरोजाको मनमा अझै छ ।

तालिवानले अफगानिस्तान कब्जा गरेको एक वर्ष बितिसकेको छ । तर, फिरोजाले अझै ती क्षणहरू बिर्सेकी छैनन् ।

‘१८ वर्षको हुँदा मैले जे भोगें, त्यो कसैले भोग्न नपरोस्, त्यो उमेर भनेको पढ्ने र आफ्नो भविष्यको बाटो बनाउने समय हो,’ फिरोजा निराश भइन्, ‘अहिले अफगानिस्तानका महिलाहरू नभई नहुने शिक्षा जस्तो आधारभूत अधिकार पाउनबाट पनि वञ्चित छन् । अहिले म अफगानिस्तानमा भएको भए मेरो अवस्था के हुन्थ्यो होला, म बाँच्थें या मरिसक्थें होला ?’

देशको झन्डा फहराउने फिरोजाको सपना पूरा होला वा नहोला त्यो एक ठाउँमा छ । तर, फिरोजा र उनका साथीहरूको लचकता, देशप्रतिको माया, संकल्प, क्रिकेटसँगको लगावले सारा विश्वलाई सन्देश दिएको छ । 

अफगानी महिला खेलाडीहरूले अस्ट्रेलियामा महिला ओलम्पियन तथा जुडो खेलाडी फ्रिबा रेजाइको साथ पाएका छन् । रेजाइले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई आवेदन दिन सुरु गरेकी छन् । आवेदनको मूल मुद्दा छ, ‘अफगानी महिला खेलाडीलाई व्यक्तिगत रूपमा पहिचान गर्नुहोस्, तालिवान ओलम्पिक कमिटीको खेलाडी भनेर बेवास्ता नगर्नुहोस् ।’

अफगानी महिलाले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाएका छैनन् । तर, फिरोजा भने अझै आशावादी छिन् ।

‘म अस्ट्रेलियामाथि एकदमै आभारी छु । अस्ट्रेलियाले मलाई सुरक्षित राखेको छ,’ फिरोजाले सुनाइन्, ‘हामीलाई अझै पनि विश्वास छ कि हामीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गर्ने मौका पाउने छौं ।’

देशको झन्डा फहराउने फिरोजाको सपना पूरा होला वा नहोला त्यो एक ठाउँमा छ । तर, फिरोजा र उनका साथीहरूको लचकता, देशप्रतिको माया, संकल्प, क्रिकेटसँगको लगावले सारा विश्वलाई सन्देश दिएको छ । 

यो पनिः

फुटबल सपनामा हुर्किएका जिलेस्पीजंग

नयाँ युगका नायक नवयुग

इतिहासको पानाबाट: अस्ट्रेलिया पाँचौंपल्ट च्याम्पियन

१९ औं एसियाली खेलकुद: नेपालबाट कुन खेलमा कसले खेल्ने ? (अन्तिम भाग)