आइसिसी एकदिवसीय विश्वकप

इतिहासको पानाबाट: अस्ट्रेलिया पाँचौंपल्ट च्याम्पियन

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको ११ औं संस्करणको रूपमा सन् २०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए ।

अस्ट्रेलिया र न्युजिल्यान्डले दोस्रो पटक संयुक्त रूपमा विश्वकप क्रिकेट आयोजना गर्ने अवसर पाएका हुन् । यसअघि सन् १९९२ को विश्वकप पनि यी दुई देशमै भएको थियो ।

फेब्रुअरी १४ देखि मार्च २९ सम्म सञ्चालित प्रतियोगिताका खेलहरू अस्ट्रेलिया र न्युजिल्यान्डका ७–७  गरी कुल १४ क्रिकेट रंगशालामा खेलाइएको थियो ।

फेब्रुअरी १४ देखि मार्च २९ सम्म सञ्चालित प्रतियोगिताका खेलहरू अस्ट्रेलिया र न्युजिल्यान्डका ७/७  गरी कुल १४ क्रिकेट रंगशालामा खेलाइएको थियो ।

प्रतियोगितामा १० टेस्ट र ४ एसोसिएट गरी १४ टोलीले प्रतिस्पर्धा गरेका थिए । टेस्ट राष्ट्रका रूपमा भारत, पाकिस्तान, श्रीलंका, इङ्ल्यान्ड, अस्ट्रेलिया, जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र बंगलादेश प्रतिस्पर्धी थिए ।

एसोसिएट राष्ट्रको रूपमा आयरल्यान्ड, अफगानस्तिान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्डले विश्वकप खेलेका थिए । आयरल्यान्ड र अफगानिस्तान विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष दुई टोलीको हैसियत तथा युएई र स्कटल्यान्डले छनोट चरण पार गरेर विश्वकपमा स्थान बनाएका थिए ।  

अफगानिस्तानले पहिलोपटक विश्वकप खेल्दा स्कटल्यान्डले सन् २००७ र युएईले सन् १९९६ पछि पुनरागमन गरेका थिए ।

अघिल्लो संस्करण खेलेका क्यानडा, केन्या र नेदरल्यान्ड्स यसपालि अनुपस्थित हु“दा अफगानिस्तान, युएई र स्कटल्यान्ड थपिएका थिए । अफगानिस्तानले पहिलोपटक विश्वकप खेल्दा स्कटल्यान्डले सन् २००७ र युएईले सन् १९९६ पछि पुनरागमन गरेका थिए ।

प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहका शीर्ष चार टोलीले क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

समूह ‘ए’ मा न्युजिल्यान्ड, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र स्कटल्यान्ड तथा समूह ‘बी’ मा भारत, दक्षिण अफ्रिका, पाकिस्तान, वेस्ट इन्डिज, जिम्बावे, युएई र आयरल्यान्ड थिए ।

आयोजकद्वय न्युजिल्यान्ड र अस्ट्रेलियासहित श्रीलंका, बंगलादेश समूह ‘ए’ बाट तथा भारत, दक्षिण अफ्रिका, पाकिस्तान र वेस्ट इन्डिज ‘बी’ बाट क्वाटरफाइनलमा पुगेका थिए । समूह चरणमा न्युजिल्यान्ड र भारतले शतप्रतिशत जित निकाल्दा स्कटल्यान्ड र युएई जितविहीन बनेका थिए ।

उपाधि दाबेदार मानिएको इङ्ल्यान्डले भने समूह चरण पार गर्न सकेन । दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेट, न्युजिल्यान्डले वेस्ट इन्डिजलाई १४३ रन, अस्ट्रेलियाले पाकिस्तानलाई ६ विकेट र भारतले बंगलादेशलाई १०९ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।

समूह चरणमा बेहोरेको हारको बदला लिँदै अस्ट्रेलिया पाँचौंपल्ट विश्व च्याम्पियन बन्यो । समूह चरणमा अस्ट्रेलियाविरुद्ध न्युजिल्यान्ड एक विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको थियो । 

न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ४ विकेट (डकवर्थ लुइस पद्धतिमा) र अस्ट्रेलियाले भारतलाई ९५ रनले हराउँदै फाइनलमा स्थान बनाएका थिए । अस्ट्रेलिया छैटौं र न्युजिल्यान्ड पहिलो पटक फाइनल पुगेका थिए ।

समूह चरणमा बेहोरेको हारको बदला लिँदै अस्ट्रेलिया पाँचौंपल्ट विश्व च्याम्पियन बन्यो । समूह चरणमा अस्ट्रेलियाविरुद्ध न्युजिल्यान्ड एक विकेटको रोमाञ्चक जित निकाल्न सफल भएको थियो । 



अस्ट्रेलिया यसअघि सन् १९८७, १९९९, २००३, २००७ मा च्याम्पियन बनेको थियो ।

मेलबर्न क्रिकेट रंगशालामा न्युजिल्यान्डले प्रस्तुत गरेको १सय ८४ रनको लक्ष्य अस्ट्रेलियाले ३३.१ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको थियो । अस्ट्रेलियाका कप्तान माइकल क्लार्कले ८३, स्टिभ स्मिथले अविजित ५६ र डेविड वार्नरले ४५ रनको योगदान दिएका थिए । न्युजिल्यान्डबाट म्याट हेनरीले दुई र ट्रेन्ट बोल्टले एक विकेट लिए ।

९ खेलमा दुई शतक र एक अर्धशतक मदतमा ५४७ रन बनाएर न्युजिल्यान्डका मार्टिन गुप्टिल सर्वाधिक रनकर्ता चुनिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले ४५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रनको योगफल तयार पारेको थियो । ग्रान्ट इलियटले ८३, रोस टेलरले ४० र मार्टिन गुप्टिलले १५ रन बनाएका थिए ।

अस्ट्रेलियाका मिचेल जोन्सन र जेम्स फल्कनरले समान तीन, मिचेल स्टार्कले दुई र ग्लेन म्याक्सवेलले एक विकेट लिए ।

अस्ट्रेलियाका मिचेल स्टार्क प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । उनले ८ खेलमा २२ विकेट लिएका थिए ।

९ खेलमा दुई शतक र एक अर्धशतक मदतमा ५४७ रन बनाएर न्युजिल्यान्डका मार्टिन गुप्टिल सर्वाधिक रनकर्ता चुनिएका थिए ।

कुल ४९ खेल भएको प्रतियोगिता हेर्न १० लाख १६ हजार ४ सय २० दर्शक अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न रंगशाला पुगेका थिए । 

स्टार्क र न्युजिल्यान्डका ट्रेन्ट वोल्ट २२ विकेटका साथ संयुक्त रूपमा सर्वाधिक विकेटकर्ता घोषित भए । बोल्टले ९ खेल खेलेका थिए । दुवैले समान एक पटक ५ वा त्यसभन्दा बढी विकेट लिएका थिए ।

कुल ४९ खेल भएको प्रतियोगिता हेर्न १० लाख १६ हजार ४ सय २० दर्शक अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न रंगशाला पुगेका थिए । 


 यो पनिः

फुटबल सपनामा हुर्किएका जिलेस्पीजंग

नयाँ युगका नायक नवयुग

तालिवानले निलेको अफगानी महिला क्रिकेट

१९ औं एसियाली खेलकुद: नेपालबाट कुन खेलमा कसले खेल्ने ? (अन्तिम भाग)