जेष्ठ ३१, २०८२ शुक्रबार | ०९:५५:४६
म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

उज्ज्वल भविष्यको खोजीमा अष्ट्रेलिया आएँः विमल

काठमाडौं । गत शुक्रबार मात्र अष्ट्रेलिया प्रस्थान गरेका नेपाली फुटबलका स्टार खेलाडी विमल घर्ती मगरले नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् ।

सोमबार विशाल श्रेष्ठ मार्की रहेको चितवन एफसीले विमललाई आइकोनिक खेलाडीका रुपमा सार्वजनिक गरेको हो ।

आइकोनिक खेलाडी घोषणा भएको केही समयमै विमलले चितवनलाई धन्यवाद दिँदै फेसबुकमार्फत उज्ज्वल भविष्यका लागि अष्ट्रेलिया आएको र एनएसएल खेल्न नेपाल फर्किने बताएका छन् ।

विमलले लेखेका छन्, ‘जिन्दगीमा अनेकौं उत्तर चडाव आउँछन । बढ्दो उमेरसँगै जिम्मेवारी र व्यवहारिकता पनि बढ्ने रहेछ । त्यसै क्रममा म आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउने लक्ष्य सहित आफ्नो प्राणभन्दा प्यारो देशप्रतिको माया र लगावलाई एकछिन थाती राखेर अष्ट्रेलिया आउने निधो गरे,’ विमलले भनेका छन् ।

‘मलाई माया गरेर आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु,’ विमल भने ।

एन्फा एकेडेमीका विमलले नेपालको उमेर समूह देखि सिनियर टोलीसम्म खेलेका छन् । राष्ट्रिय टोलीको लागि ४० खेल खेलेका विमलले ९ गोल गरेका छन् ।

मच्छिन्द्र फुटबल क्लबबाट पछिल्लो तीन सिजन सहिद स्मारक ए डिभिजन लिग खेल्दा दुई पटक उपाधि जितेका छन् ।

पछिल्लो पटक पाकिस्तानविरुद्ध साफ च्याम्पियनसिप खेलेपछि विमल राष्ट्रिय टोली बाहिर थिए । अस्ट्रेलिया जाने टुंगोपछि उनले म्यानमारविरुद्धको दुई मैत्रीपूर्ण खेल खेलेका थिएनन् । 
 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?