म्यानचेस्टर सिटी

सिल्भा घाइते, केही साता मैदान बाहिर रहने

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीका पोर्चुगिज मिडफिल्ड बर्नार्डो सिल्भा केही साताका लागि मैदान बाहिर रहने भएका छन् । सिल्भा च्याम्पियन लिगअन्तर्गत रेड स्टार बेलग्रेडविरुद्धको खेलका क्रममा घाइते भएका थिए ।

उनको चेटको बारेमा विस्तृत जनाकारी भने आइसकेको छैन । सिल्भाले खेलको ४४ औं मिनेटमा मैदान छाडेका थिए ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलले सिल्भा केही साताका लागि मैदान बाहिर रहने बताए।

‘विस्तृत रूपमा परिक्षण गरेपछि मात्र उनको चोटको बारेमा थाह हुन्छ । तर प्रारम्भिक रिपोर्टका अनुसार सिल्भा केही साता मैदान बाहिर रहनेछन्,’ ग्वार्डिओलले भने । 

सिटीले प्रिमियर लिग अन्तर्गतको खेलमा शनिबार नटिङ्घम फरेस्टको सामना गर्नेछ ।

यो सिज सिटीलाई निकै सताइरहेको छ । बेलग्रेडविरुद्ध सिटी आफ्नो प्रमुख खेलाडी जोन स्टोन्स, ज्याक ग्रेलिस, माटियो कोभासिच र केभिन डि ब्रुयनाविनै मैदान उत्रिएको थियो ।

रक्षक स्टोन्सले कम्युनिटी शिल्ड पछि खेलेका छैनन् । मिडफिल्डर ग्रेलिसले अन्तर्राष्ट्रिय ब्रेकअघि चोटको सामना गर्नु परेको थियो ।

मिडफिल्डर कोभासिच क्रोएसियाका लागि खेल्न क्रममा घाइते भएका थिए । सिजनको पहिलो प्रिमियर लिगमै चोटको समाना गरेका ब्रुयना कम्तीमा पनि चार महिना बाहिर रहने छन्।