च्याम्पियन्स लिग

च्याम्पियन्स लिगः पिएसजीले डर्टमन्डलाई हरायो

काठमाडौं । पेरिस सेन्ट जर्मेन  (पिएसजी) ले च्याम्पियन्स लिगको पहिलो खेलमा बोरुसिया डर्टमन्डमाथि २-० को सहज जित निकालेको छ ।

जितसँगै समूह ‘एफ’ को पिएसजीले तीन अंक जोड्दा डर्टमन्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।घरेलु मैदान पार्क डेस प्रिन्सेसमा मंगलबार पिएसजीलाई जित दिलाउन किलियन एमबाप्पे र अचरफ हाकिमीले गोल गरे ।

खेलको ४९ औं मिनेटमा एमबाप्पेको पेनाल्टी गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । भिएआरमा एमबाप्पेको प्रहारलाई डर्टमन्डका रक्षकले हातले रोकेको देखिएपछि पिएसजीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

यही समूहको अर्को खेलमा एसी मिलान र न्युक्यासल युनाइटेड १-१ को बराबरीमा रोकिएका छन् ।

यसैगरी समूह ‘इ’ को खेलमा फेइनोर्डले सेन्टीकलाई २-० ले पराजित गर्दा एट्लेटिको मड्रिड र लाजियोले १-१ को बराबरी खेले ।