
काठमाडौं । साबिक विजेता म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको पहिलो खेलमा रेड स्टार बेलग्रेडविरुद्ध आफ्ना प्रमुख खेलाडीविनै मैदान उत्रिने भएको छ ।
सिटीको घरेलु मैदान इत्तिहाद रंगशालमा मंगलबार राति हुने खेलमा जोन स्टोन्स, ज्याक ग्रेलिस, माटियो कोभासिच र केभिन डि ब्रुयना हुने छैनन् । खेल राति १२ः४५ बजे सुरु हुँदैछ ।
रक्षक स्टोन्सले कम्युनिटी शिल्ड पछि खेलेका छैनन् । मिडफिल्डर ग्रेलिसले अन्तर्राष्ट्रिय ब्रेकअघि चोटको सामना गर्नु परेको थियो ।
मिडफिल्डर कोभासिच क्रोएसियाका लागि खेल्न क्रममा घाइते भएका थिए । सिजनको पहिलो प्रिमियर लिगमै चोटको समाना गरेका ब्रुयना कम्तीमा पनि चार महिना बाहिर रहने छन्।
गस सिजन इटालीको इन्टर मिलानलाई १-० ले पराजित गर्दै सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो ।