काठमाडौं । युरोपियन च्याम्पियसिपको छनोट खेलमा स्पेनले साइप्रसको पोष्टमा ६ गोल गरेको छ । मंगलबार राति ग्रानडामा भएको खेलमा विश्व नम्बरको १०औं स्थानमा रहेको स्पेनले एक सय १८औं स्थानको साइप्रसविरुद्ध सहज जित निकालेको हो ।
जितसँगै समूह ‘ए’ मा स्पेन ९ अंकसहित दोस्रो स्थानमा छ । पाँच खेलमा सतप्रतिशत जितसहित स्कटल्यान्ड शीर्षस्थानमा रह्यो । नर्वे सात, जर्जिया चार बिनाअंकको साइप्रस क्रमसः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।
स्पेनको जितमा युवा खेलाडी फरान टोरेसले दुई गोल गरेका थिए । गाभी, माइकल मारिनो, जोसुलु, अलेक्सन्ड्रो बाइनाले समान एक गोल गरे स्पेनले पहिलो हाफमा दुई गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो ।
राति नै भएको समूहको अर्को खेलमा नर्वेले जर्जियालाई २–० ले हराएको छ । नर्वेको जितमा एर्लिङ हाल्यान्ड र मार्टिन ओडेगार्डले सहज गोल गरेका हुन् । जर्जियाको लागि बुडु जिब्जिभाड्जले एक गोल गरेका थिए ।