काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)बाट घोषित पुरस्कार र भत्ता लामो समयसम्म पनि नपाएपछि राष्ट्रिय महिला फुटबल खेलाडीले नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
सोमबार विहानको अभ्यास पूरा गरेर महिला खेलाडीले अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, सहमहासचिव अरुणमान जोशी, कोषाध्यक्ष रविन्द्र जोशी र राष्ट्रिय टिम तयारी समितिका संयोजक मनिष जोशीलाई भत्ता र घोषित पुरस्कार तत्काल उपलब्ध गराउन आग्रह गरे ।
एन्फा कम्प्लेक्समा अभ्यास सकिएपछि खेलाडी मुख्यालय पुगेका थिए । उनीहरुले अध्यक्षसामू एक स्वरमा गुनासो गरे, ‘हामीले घोषित पुरानो र भत्ता पाएका छैनौं । एन्फाले वास्ता गरेन ।’
अध्यक्ष नेम्वाङले एन्फा आर्थिक संकट रहेको बहाना गर्दै फिफाबाट बजेट आएपछि उपलब्ध गराउने आश्वासन दिएका थिए । अध्यक्षको आश्वासनमाथि विश्वास गर्न नसकेका खेलाडीहरुले प्रतिक्रियास्वरुप ‘गललल’ हासेका थिए ।
अध्यक्ष नेम्वाङले एन्फा आर्थिक संकट रहेको बहाना गर्दै फिफाबाट बजेट आएपछि उपलब्ध गराउने आश्वासन दिएका थिए । अध्यक्षको आश्वासनमाथि विश्वास गर्न नसकेका खेलाडीहरुले प्रतिक्रियास्वरुप ‘गललल’ हासेका थिए ।
खेलाडीलाई सम्बोधन गर्दै महासचिव राईले ‘आज साधारणसभा छ । हामी व्यस्त छौं । भोली (मंगलबार) वार्ता गरेर समस्याको समाधान निकालौला’ भन्दै ताली बजाउन खेलाडीलाई आह्वान गरे ।
जवाफमा राष्ट्रिय महिला खेलाडीहरु ‘पहिला भत्ता र पुरस्कार, अनि मात्र ताली’ भन्दै एन्फा मुख्यालयबाट निस्किएका थिए ।
जवाफमा राष्ट्रिय महिला खेलाडीहरु ‘पहिला भत्ता र पुरस्कार, अनि मात्र ताली’ भन्दै एन्फा मुख्यालयबाट निस्किएका थिए ।
महिला खेलाडीले साफ च्याम्पियनसिप २०२२,एसिया कप छनोटअन्तर्गत भियतनाम र बंगलादेशसँगको मैत्रीपूर्ण खेलको भत्ता पाउन बाँकी छ ।
यसैगरी पाेखरमा भएकाे १३ औं दक्षिण एसियाली खेलकुद ( साग) , विराटनगर र दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको घोषित पुरस्कार पाएका छैनन् ।