काठमाडौं । लिभरपुलका कप्तान तथा रक्षक भर्जिल भान डाइकलाई थप एक खेलको प्रतिन्ध लागेको छ ।
इङ्लिस प्रिमियर लिग अन्तर्गत न्युक्यासल युनाइटेडविरुद्धको खेलमा रातो कार्ड ब्यहोरेपछि भान डाइक रेफ्रीसँग रिसाएका थिए ।
आफ्नो गल्ती स्विकारेपछि द फुटबल एसोसिएसन (एफए) ले भान डाइकलाई थप एक खेलको प्रतिन्ध तथा १ लाख पाउन्ड जरिवाना लगाएको हो।
सेन्ट जेम्स पार्कमा खेलको २८औं मिनेटमा अलेक्जेन्डर इसाकलाई फउल गरेपछि रेफ्रीले भान डाइकलाई सिधै रातो कार्ड देखाएका थिए ।
रातो कार्ड ब्यहोरेपछि भान डाइकले सेप्टेम्बर ३ मा एस्टन भिल्लाविरुद्धको खेल गुमाएका थिए । उनी सेप्टेम्बर १६ मा उल्भरह्याम्पटन वन्डरर्ससँगको खेलमा पनि देखिने छैनन् ।
मैदान छाड्नुअघि भान डाइकले रेफ्री जोन ब्रुक्समाथि आक्रोश पोखेका थिए । यसैगरी उनले मैदानबाट बाहिरिएपछि फोर्थ अफिसियलसँग पनि बहस गरेका थिए ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
