काठमाडौं । युएस ओपनको सेमिफाइनलमा लियोनल मेसीसम्मिलित इन्टर मियामी एफसी सिनसिनाटीसँग १–० ले पछि परेको छ ।
बिहीबार बिहान पहिलो हाफ सम्पन्न हुँदा मियामी मेजर लिग सकर लिगको शीर्ष टोलीसँग पछि परेको हो । खेलको १८औं मिनेटमा लुसिआनो अकोस्टाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका हुन् । आरोन सलिनको पास उपलब्ध लगाउँदै सिनसिनाटीले मियामीलाई दबाब बनाएको छ ।
मेसी अमेरिका आएपछि लगातार दोस्रो उपाधि जित्ने योजनामा छन् । यसैसाता एफए कप उपाधि जितेका थिए । नेशभिल एससीलाई सडनडेथमा हराउँदै मेसीले करियरको ४४औं उपाधि जितेका थिए ।
यसैसिजन मेसीसँगै बार्सिलोनाका पूर्व सहकर्मी जोर्डी अल्बा र सर्जियो बुस्क्वेट अमेरिकी क्लब मियामीमा अनुबन्ध भएका हुन् । त्यसयता मियामी लगातार सातौं खेलसम्म अपराजित छ ।
भिडियो
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video