भाद्र २३, २०८१ आइतबार | ०६:३४:३९
राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास

विद्रोह र मतभेदबीच विश्वकप फाइनल खेल्दै स्पेनिस टोली

काठमाडौं । आयोजक अष्ट्रेलियालाई ३–१ ले हराउँदै फिफा महिला विश्वकपको इतिहासमै पहिलोपटक फाइनलमा स्थान बनाएपछि इङ्ल्यान्डकी कप्तान मिली ब्राइटल सँधै जसो आफ्ना प्रशिक्षक सरिना वेगमनलाई अंगालो हाल्न पुगिन् ।

थोरै भावुक र धेरै हर्षका साथ दुवैले एकअर्कालाई धन्यवाद दिए । अन्य खेलाडीहरुसँग पनि सरिनाले ऐतिहासिक सफलताको खुसी साटिन् । त्यसपछि सबै खेलाडी मिलेर सरिनालाई हावामा उचाल्दै खुसीयाली मनाएका थिए ।

इङ्ल्यान्डको जस्तो प्रशिक्षकसँगको धन्यवाद ज्ञापन कार्यक्रम र खुसीयाली साटासाट दृश्य देखिएन । स्पेनका प्रशिक्षक जर्ज भिल्डाले खेलाडीहरुबाट माया र प्रशंसा पाएनन् ।

फाइनल पुगेको अर्को टोली स्पेनको माहोल भने त्यस्तो थिएन । टोलीमा फाइनल पुगेको खुसीयाली अवश्य थियो । तर, इङ्ल्यान्डको जस्तो प्रशिक्षकसँगको धन्यवाद ज्ञापन कार्यक्रम र खुसीयाली साटासाट दृश्य देखिएन । स्पेनका प्रशिक्षक जर्ज भिल्डाले खेलाडीहरुबाट माया र प्रशंसा पाएनन् ।

सेमिफाइनलमा स्विडेनलाई २–१ ले पराजित गरेको स्पेनले अन्तिम आठमा नेदरल्यान्ड्सलाई पनि सोही नतिजामा पाखा लगाएको हो । क्वार्टरफाइनलमा रेफ्रिले अन्तिम सिट्ठी फुकेपछि भिल्डा आफ्ना खेलाडीहरुसँग खुसी साट्न मैदानमा दौडिरहेका थिए ।

तर, आफ्ना खेलाडीहरुबाट भिल्डाले अपमान बाहेक अरु पाएनन् । सबैले भिल्डालाई बेवास्ता गरे । त्यसपछि भिल्डा आफू स्वयम नै रमाए । ठ्याक्कै भन्नुपर्दा रमाएको जस्तो गरे । खेलाडीहरुको उक्त व्यवहार सामाजिक सञ्जालमा निक्कै चर्चा कमायो । अहिलेसम्म पनि उक्त भिडियो लोकप्रिय भइरहेको छ ।

 एउटा कुरा, यो घटनाले के पुष्टि गर्छ भने स्पेनले मैदान बाहिरको कुरामा भन्दा मैदान भित्र खेलिने खेलमा बढि ध्यान केन्द्रित गरेको छ ।

स्पेनिस टोलीमा खेलाडी र प्रशिक्षक भिल्डाबीच गहिरो मतभिन्नता स्पष्ट देखिन्छ । यत्तिको मतभिन्नतामा पनि स्पेनले विश्वकपमा फाइनलसम्मको यात्रा गरेको छ । अचम्म नै भन्नुपर्छ । तर एउटा कुरा, यो घटनाले के पुष्टि गर्छ भने स्पेनले मैदान बाहिरको कुरामा भन्दा मैदान भित्र खेलिने खेलमा बढि ध्यान केन्द्रित गरेको छ ।

खेलाडी र प्रशिक्षकको मतभेद र यस्ता व्यवहारको पूर्वानुमान विश्वकप अगाडि नै लगाइएको थियो ।

२०२२ युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्पेन आयोजक इङ्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित भएको थियो । हारपछि १५ जना खेलाडीहरुले स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसलाई भिडियो कल नै गरे । हारबाट दुखी खेलाडीले अध्यक्ष रुबियालेससामु भिल्डाको प्रशिक्षण शैलीको खुलेरै आलोचना गरेका थिए ।

भिल्डाले खेलाडीहरु आ–आफ्ना कोठाहरुमा छन् वा छैनन् भनेर थाहा पाउन मध्यरातसम्म पनि ढोकाहरु खोलिरहनु पर्ने नियम बनाएका थिए, जुन नियमको पनि खेलाडीहरुले विरोध गरे ।

भिल्डाले टोलीलाई नियन्त्रणमा लिन खोजेको खेलाडीहरुको आरोप थियो । भिल्डाले खेलाडीहरु आ–आफ्ना कोठाहरुमा छन् वा छैनन् भनेर थाहा पाउन मध्यरातसम्म पनि ढोकाहरु खोलिरहनु पर्ने नियम बनाएका थिए, जुन नियमको पनि खेलाडीहरुले विरोध गरे ।

सामान किनमेल गरेर फर्कँदा भिल्डाले झोला जाँच गर्ने र बाहिर कसैलाई भेट्न जाँदा उक्त व्यक्तिको जानकारी दिएर जानुपर्ने गतिविधिले खेलाडीहरु क्रोधित भएका थिए । भिल्डाका यी आचरणका कारण १५ खेलाडीहरु प्रशिक्षकलाई बर्खास्त गर्नुपर्ने माग सहित महासंघसम्म पुगे थिए।

यत्तिको विवाद बावजुद स्पेनको महिला टोलीले आइतबार ऐतिहासिक फाइनल खेल्दैछ । फाइनलको नतिजा के आउँला ? फाइनल जिते, खेलाडीहरुले भिल्डालाई माफी देलान् ? खुसी साट्लान् त ? 

महासंघसँगको छलफल कप्तान इरेन परेडेज, प्याट्री गुइजारो र जेनी हर्मोसोको नेतृत्वमा भएको थियो । तर अध्यक्ष रुबियालेसले भिल्डालाई बर्खास्त गर्न अस्वीकार गरे ।

यत्तिको विवाद बावजुद स्पेनको महिला टोलीले आइतबार ऐतिहासिक फाइनल खेल्दैछ । फाइनलको नतिजा के आउँला ? फाइनल जिते, खेलाडीहरुले भिल्डालाई माफी देलान् ? खुसी साट्लान् त ? आइतबार नै कुरौँ ।

 

 

 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024