डिएगो कोस्टा

कोस्टा ब्राजिलियन क्लबमा अनुबन्ध

काठमाडौं । स्पेनिस स्ट्राइकर डिएगो कोस्टा ब्राजिलियन क्लब बोटाफोगो एफसीमा अनुबन्ध भएका छन् ।

बोटाफोगोले कोस्टालाई फ्रि-ट्रान्सफरमा भित्र्याएको हो । इङ्लिस प्रिमियर लिगको क्लब उल्भरह्यामटन छाडेपछि कोस्टा क्लबविहिन थिए ।

सन् २०२२ मा ब्राजिलियन क्लब एटलेटिक मिनिरियोबाट उल्भरह्यामटन पुगेका कोस्टारले क्लबका लागि २३ प्रिमियर लिग खेल खेल्दा एक गोल गरे ।

कोस्टाले एट्लेटिको मड्रिड, चेल्सी, सेल्टा भिगो, रायो भ्यालेकानो जस्ता नाम चलेका क्लबबाट खेलेका थिए ।