भाद्र २३, २०८१ आइतबार | ०८:३८:३३
इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने इङ्ल्यान्डको विजयी सुरुआत जर्मनीको फराकिलो जित राष्ट्रिय खुला तेक्वान्दोः कोटेश्वर च्याम्पियन ‘थ्री बाइ थ्री’ बास्केटबलः गर्ल्सको सेमिफाइनल समीकरण पूरा रमेश लामा वादोरियो कराते डो संघ नागार्जुन नगर कमिटीको अध्यक्षमा चयन मिलिटाओ एक साता मैदान बाहिर रहने गोल्डेनगेटलाई अन्तरकलेज बास्केटबलको उपाधि लामाचौर कप भलिबलः पुरुषतर्फ पुलिस च्याम्पियन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने

सोचे अनुसारको प्रदर्शन भएनः प्रशिक्षक केसी

काठमाडौं । मछिन्द्र फुटबल क्लबका प्रशिक्षक किशोरकुमार केसीले टोलीको प्रदर्शन राम्रो हुन नसकेको बताएका छन् ।

एएफसी कप छनोट अन्तर्गत प्रारम्भिक चरणको खेलपछि पत्रकारसँगको कुराकानीमा केसीले जित निकाले पनि प्रदर्शन सोचे अनुसारको हुन नसकेको प्रतिक्रिया दिएका हुन् ।

‘जित  हात पार्दा खुसी छु । तर खेल सोचे अनुसारको हुन सकेन । मैले कम्तीमा पनि २/३  गोल अन्तरको जित होस भन्ने सोचेको थिए । हामी शारीरिक रूपमा हामी केही कमजोर देखियौं,’ केसीले भने,‘ हामीले क्विक फुटबल खेल्न सकेनौं । खेल निकै रोमाञ्चक भयो । अब मोहन बगानको बारेमा राम्रोसँग अध्ययन गरेर योजना बनाउने छौं ।’

मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार सम्पन्न खेलमा भुटानको पारो एफसीमाथि ३-२ को रोमाञ्चक जित निकाल्दै एएफसी कप छनोटको दोस्रो चरणमा स्थान बनाएको थियो ।

मछिन्द्रलाई जित दिलाउन विमल घर्ती मगर, आयुष घलान र अ‍ोलावाले आफिजले समान एक गोल गरे । पारोका लागि इभन्स असान्तेले एक गोल गर्दा एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।

खेलको आठौं मिनेटमा  मछिन्द्रका कप्तान तथा गोलकिपर विशाल श्रेष्ठबाट आत्मघाती गोल हुन पुग्दा पारोले अग्रता लिएको थियो । यशी दोर्जीले दिएको पासमा काजुओको प्रहारलाई विशालले बचाउने प्रयास गरे पनि उनको हातमा लाग्दै बलले जाली चुमेको थियो ।

पारोको यो अग्रता लामो समयसम्म टिक्न भने सकेन १२अ‍ौं मिनेटमा आयुषको क्रमलाई विमलले हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई बराबरीमा ल्याए ।

तीन मिनेटपछि नै विमलले पेनाल्टी बक्स भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गर्दै मछिन्द्रलाई २-१ ले अगाडी बढाए ।

३९अ‍ौं मिनेटमा ओमोलाज करिमको क्रसलाई आफिजले हेडमार्फत गोल गर्दा मछिन्द्रले पहिलो हाफमा ३-१ को अग्रता लियो ।

७१अ‍ौं मिनेटमा असान्तेले गोल गर्दै पारोलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्न बन्न सकेन ।

मछिन्द्रले अब दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ ।खेल साउन ३१ गते कोलकातास्थित साल्ट लेक रंगशालामा हुनेछ ।


 
 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024