पिएसजी

एनरिके पिएसजीको नयाँ प्रशिक्षकमा नियुक्त

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लुइस एनरिकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

पिएसजीले स्पेन र बार्सिलोनाका पूर्व प्रशिक्षक एनरिकेलाई क्रिस्टोफ गाल्टिएरको स्थानमा नयाँ प्रशिक्षक नियुक्त गरेको हो ।पिएसजीले गाल्टिएरलाई एक सिजनमै बर्खास्त गरेको थियो।

एनरिके फिफा विश्वकप २०२२ यता पदविहिन थिए । कतारमा एनरिकेको नेतृत्वमा रहेको स्पेन अन्तिम १६ बाटै बहिरिएको थियो ।

एनरिके एक सफल प्रशिक्षक हुन् । उनले बार्सिलोनाबाट पहिलो सिजनमै च्याम्पियन्स लिग, ला–लिगा र कोपा डेल रेको उपाधि जितेका थिए । बार्सिलोना छोड्नुअघि सम्म एनरिकेले थप एक ला लिगा र दुई कोपा डेल रेको उपाधि जितेका थिए ।