इङ्लिस प्रिमियर लिग

रासफोर्ड प्रशिक्षणमा फर्किए

काठमाडौं । इङ्लिस क्लब म्याचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफोर्डले प्रशिक्षणमा फर्किएका छन् ।

जारी सिजन २९ गोल गरेका इङ्लिस स्ट्राइकर रासफोर्डले खुट्टाको चोटका कारण गत शनिबार उल्भ्सविरुद्धको खेल गुमाएका थिए ।

‘मार्कस रासफोर्ड र स्कट म्याकटोमिने प्रशिक्षणमा फर्किएका छन्,’म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले भने,‘यसले हामी शीर्ष चारमा रहन्छौं भन्ने आशालाई बढाएको छ ।’

स्कटल्यान्डका मिडफिल्डर म्याकटोमिने पनि अप्रिल ८ मा एभर्टनविरुद्ध खेले यता मैदान बाहिर थिए ।

लिगमा तीन खेल बाँकी छँदा युनाइटेड ६६ अंकका साथ चौथो स्थानमा छ । यो तेस्रो स्थानको न्युक्यासल युनाइटेडसँग बराबरी तथा पाँचौं स्थानको लिभरपुलविरुद्ध भन्दा एक अंक बढी हो।

युनाइटेडले अब बर्नमाउथ,चेल्सी र फुलहामसँग खेल्न बाँकी छ ।