इङ्लिस प्रिमियर लिग

युनाइटेडले उल्भ्सलाई हरायो

काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा शनिबार उल्भ्समाथि २-० को जित निकालेको छ ।

जितसँगै ३५ खेलमा ६६ अंक जोडेको युनाइटेड चौथो स्थानमा छ । पराजय ब्यहोरेको उल्भ्स ३६ खेलबाट ४० अंकका साथ १३औं स्थानमा छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्टियल र एलेजान्द्रो गार्नाचोले समान एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा मार्टियलको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । मार्टियलले एन्टोनीको पासलाई सदुपयोग गरेका हुन् ।

इन्जुरी समयमा गार्नाचोले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए । गार्नाचोले ब्रुनो फर्नान्डेजको पासलाई पोस्टको दिशा दिएका थिए ।

लिग अन्तर्गतकै अन्य खेलमा साउह्यामटनले फुलहम तथा क्रिस्टल प्यालेसले बर्नामाउथमाथि समान २-० र एस्टन भिल्लो टोटनहममाथि २-१ को जित निकाले ।

यसैगरी चेल्सी नटिङ्घम फरेस्ट तथा  लिड्स युनाइटेड न्युक्यासल युनाइटेडसँग २-२ को बराबरीमा रोकिए ।