वैशाख २९, २०८२ सोमबार | ०३:२०:३५
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

लिगको आधा बाटो, रह्यो कस्तो ?

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो चरणका खेल सकिएको एक साता भइसक्यो । दशरथ रंगशाला, च्यासल रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा प्रतिकूल मौसमका बावजुद पनि थकित खेलाडी घोटिन बाध्य छन् ।

दोहोरो लिगको पहिलो चरण सकिँदा सबै क्लबले अघिल्लो आइतबार नै सबै विपक्षीसँग एकसरो प्रतिस्पर्धा गरिसकेका थिए । लिगमा अहिले १५ औं चरणको खेल चलिरहे पनि १३ खेलको आधा बाटोलाई एउटा कोसेढुंगा मान्दा केही अप्रत्यासित नतिजा र केही रोचक खेल त्यसका विशेषता रहे ।

जावलाखेल युथले अप्रत्यासित नतिजा निकाल्दै आधा बाटोसम्म आफूलाई शीर्षस्थानमा राख्यो । टोलीले पहिलो पटक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्ने सपना यथार्थमा परिणत गर्ने प्रयास गरिरहेको छ ।  

उपाधि दाबेदार मानिएका आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी, दुई पटकको साबिक विजेता मछिन्द्र, त्रिभुवन आर्मी र संकटा क्लबले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । मनाङ र विभागीय टोली नेपाल पुलिस क्लबका लागि पहिलो चरणको प्रदर्शन तिनकै आफ्नै इतिहासको नै खराब प्रदर्शनमा दरिएको छ ।

मनाङले इतिहासमा पहिलो पटक लगातार ६ खेलमा पराजय भोग्ने अप्रिय कीर्तिमान बनायो । पुलिसले भने पहिलो चरणका १३ खेल सकिँदासम्म पनि रेलिगेसनबाट जोगिने विश्वास बटुल्न सकेको छैन ।

ठीक विपरीत कमजोर मानिएको जावलाखेलले सनसनी मच्चाउँदा सातदोबाटो युथ र नवप्रवेशी चर्च ब्वाइज युनाइटेड क्लब पनि चर्चाको केन्द्रमा रहे । खासमा पहिलो चरणका १३ खेललाई आधार मानेर बाँकी १३ खेलको अनुमान गर्ने हो भने चर्च ब्वाइज, जावलाखेल र सातदोबाटोलाई उपाधिको मुख्य दाबेदार मान्नुपर्छ ।

साथै ललितपुरको अर्को महारथी थ्री स्टार क्लब पनि ट्रफी फेरि मंगलबजार लैजान प्रतिबद्ध देखिन्छ । सुरुमा निकै उदासीन देखिएको थ्री स्टार प्रशिक्षकमा मेघराज केसीलाई फर्काएसँगै उपाधि दाबेदारीमा बलियोसँग प्रस्तुत भइरहेको छ ।

पुछारतर्फ पनि फ्रेन्ड्स क्लब, नेपाल पुलिस, खुमलटार र हिमालयन शेर्पाबीचको रेलिगेसनबाट बच्ने संघर्ष कडा रह्यो । पार गरिसकेको आधा बाटोतिर फर्केर हेर्दा जारी लिगमा शीर्षस्थान र रेलिगेसनबाट बच्ने प्रतिस्पर्धा भने सबैभन्दा रोचक रह्यो ।

मैदानमा भन्दा अंकतालिकाको प्रतिस्पर्धामा रस्साकस्सी छ । ट्वान्टी-२० क्रिकेटमा एउटै छक्का वा चौका, एउटै डटबल, एउटै एक्स्ट्रा अनि एउटै विकेटले खेलको अवस्था ढलपल पारे जस्तै जारी फुटबल लिगमा पनि एउटै खेलको नतिजाले समीकरणमा उथलपुथल ल्याइरहेको छ । पहिलो चरणका खेल सकिँदा शीर्षस्थानमा जावलाखेल २४ अंक लिएर हुँदा पुछारको पुलिस क्लबको खातामा १२ अंक थियो ।

भर्खर १५ औं चरणका खेल चलिरहेका छन् । अंकतालिकामा रोमाञ्चक रस्साकस्सी चलिरहेको छ । तत्कालका लागि शीर्ष स्थानमा २४अंकका साथ  जावलाखेल युथ क्लब छ । पुछारमा रहने  फ्रेन्ड्स क्लबको खातामा १५  अंक छ । शीर्ष तीन स्थानमा रहेर लिग टुंग्याउने टोली नगद पुरस्कारको हकदार बन्छन् । विजेताले ७५ लाख पुरस्कार पाउँदा उपविजेताले ५० र तेस्रो हुनेले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । पुछारमा रहने दुई टोलीले शीर्ष डिभिजनको हैसियत गुमाउँछन् । यस अर्थमा भन्दा लिगमा पाँचबाहेक अन्य स्थानमा रहनुको कुनै अर्थ रहन्न, हैसियत जोगाउने बाहेक ।

सबै टोलीले समान २६ खेल खेलिसक्दा लामो लिग सकिन्छ । अर्थात सबैले कम्तीमा ११ खेल खेल्न बाँकी छ । यस्तोमा उपाधि कस्ले जित्ला ? शीर्ष तीनमा आउने बाँकी दुई टिम को होलान् ? र, पुछारमा रहेर हैसियत गुमाउने दुई अभागी टिममा कसको नाम पर्ला ? जस्ता प्रश्नको उत्तर खोज्नु सम्भव छैन ।

थ्री स्टारलाई पुछारमा थन्किने अवस्थाबाट शीर्षताको दाबेदारमा रूपान्तरण गरेका प्रशिक्षक केसीलाई पनि यस्तै लाग्छ । भन्छन्, ‘लिग अहिले नै यसले जित्न भन्न सक्ने अवस्था छैन, डबल लिग हो । सबै टोली उस्तै छन् । जे पनि हुनसक्छ ।’

०७८ को लिग खेलेका ४० भन्दा बढी खेलाडी यसपालि मैदानमा देखिएका छैनन् । सबै उज्ज्वल र सुरक्षित भविष्य खोज्दै विदेशतिर हानिएका छन् । यही कारण लिगमा अनुभवी खेलाडीको कमी छ । नेपालका युवा खेलाडीले मौका पाएका छन् भने विदेशी खेलाडीको प्रभाव बढ्दो छ । जसका कारण सबै टोलीको स्तर एउटै छ । नियमित खेल खेल्दा खेलाडी थकित छन् । केही खेलाडी चोटले बाहिरिइसकेका छन् भने कोही निको भएर मैदान फर्किएका छन् ।

आर्मी, पुलिस, मछिन्द्र, चर्च ब्वाइज, खुमलटारलगायत अधिकांश टोलीलाई बढीभन्दा बढी खेलाडीको चोटले सताएको छ । एउटा खेल खेलेको ४८ घण्टा नबित्दै फेरि मैदान उत्रिनुपर्ने बाध्यकारी अवस्था छ । जसका कारण खेलाडीले थकित शरीरलाई आराम दिन समय पाएका छैनन् । प्रशिक्षकले राम्रो तयारी गर्न पाएका छैनन् । विपक्षीको खेलसमेत नियाल्न नपाउने अवस्था छ । मैदानमा अभ्यास गराउन समय अभाव छ ।

ठूलो संख्यामा खेलाडी एकसाथ विदेश पलायन भएपछि क्लबहरूको अनुरोधमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले विदेशी खेलाडीको कोटा संख्या बढाएर चारबाट पाँच पु¥यायो । विभागीय टोली त्रिभुवन आर्मी क्लबबाहेक १३ क्लबले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । लिगमा एक दक्षिण एसियाली र एक एसियाली कोटा अनिवार्य गरिएको छ । मैदानमा भने चार खेलाडीले मात्रै प्रवेश पाउने नियम छ ।  

नेपालको फुटबलमा विगतका वर्षहरूमा पनि विदेशी खेलाडीको प्रभाव बढी हुने गरेको थियो । तर यसपालि भने ठूलो संख्याका अनुभवी खेलाडी विदेसिएका कारण सबैजसो खेल र टिममा विदेशी नै निर्णायक बनिरहेका छन् । सबै पोजिसनमा विदेशी खेलाडीकै माग छ । सातदोबाटोका मिडफिल्डर विलियम्स अपोकु, खुमलटारका मेसुके ओलोमोउ, स्टेफन विनोङ, मनाङका रक्षक डिआवान्दुउ डिआग्ने, जावलाखेलका एनकोटो मोसाओबी, फ्रेन्ड्सका राफिक अमिनु, पुलिस क्लबका अहमद हिजाजीले त्यही तथ्य प्रमाणित गरिरहेका छन् ।

एक एसियाली कोटा थपिँदा लेबनान, जापान र उज्वेकिस्तानका खेलाडी पनि नेपाली मैदानमा देखिएका छन् । भुटानका उच् गोलकर्ता चेन्चो ग्याल्सेन मछिन्द्रमा अनुबन्धित भएका छन् । तर, चोटका कारण उनले लिगका पछिल्ला १४ खेल गुमाउने भएका छन् । पाँचौं चरण सकिएपछि मात्र आएका उनले मछिन्द्रका लागि ७ खेलमात्र खेले ।

नेपाली युवा खेलाडीका लागि भने आफूलाई प्रमाणित गर्न जारी लिग राम्रो थलो बनिरहेको छ । दीपकराज सिंह ठकुरी, सुमित श्रेष्ठ र सनिश श्रेष्ठ त्यसको राम्रो उदाहरण बनिरहेका छन् । दीपकले जारी लिगमा १० गोल गरिसकेका छन् । सुमित मनाङका मिडफिल्डर हुन् भने सनिशले विभागीय टोली एपिएफ क्लबको रक्षापंक्ति धान्दै आएका छन् ।

यसैगरी जावलाखेलका हिसुब थपलिया, एनआरटीका सन्जिव विष्ट र रोहन खड्गीले पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । आर्मीका स्ट्राइकर जिलेस्पीजंग कार्की (जर्जप्रिन्सका भाइ), थ्री स्टारका दीपेश गुरुङ, जावलाखेलका गोलकिपर अनिश देउजा, चर्च ब्वाइजका विवेक पौडेल, आशिष चौधरी तथा मनाङका कमल थापा, रोशन रानामगर, रन्दीप पौडेल जस्ता उदीयमान खेलाडी लिगमा देखिएका छन् । आशिष र कमलले राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरिसकेका छन् भने रोशन ‘डेब्यु’को पर्खाइमा देखिन्छन् ।

फागुन १९ देखि लिग त सुरु भयो । तर, भद्रगोल व्यवस्थापनका कारण एन्फाको आलोचना भइरह्यो । मैदानमा खेलाडीले पानी खान नपाउनु, खेलाडीले लगाउने जर्सी नहुनु, च्यातिएको मोजा लगाउँदा विवाद आदि... । रेफ्री विवादले अग्रस्थान पाएको छ । रेफ्रीमाथि हातपातसमेत भयो । १३औं चरण सकिँदासम्म एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अनुहार रंगशालाले बिरलै देख्न पाएको छ ।

यसैबीच सहिद स्मारक लिगको १४औं चरणका खेल सुरु हुँदा क्लबहरूले लिगको तालिका अस्तव्यस्त भएकाले सच्याउनुपर्ने माग गरेका छन् । एन्फा भने झारो टार्ने गरी जसोतसो शीर्ष डिभिजनको लिग सम्पन्न गर्ने ध्याउन्नमा छ । 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP