चैत्र १२, २०८२ बिहीबार | २३:४५:०८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

सेथुकाे लगातार तेस्रो जित

फाइल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा सम्मिलित सेथु एफसीले इन्डियन वुमन्स लिग (आइडब्लुएल) मा लगातार तेस्रो जित निकालेको छ ।

समूह ‘बी’अन्तर्गत बुधबार सम्पन्न खेलमा सेथुले सेल्टिक क्विन्स एफसीलाई७-१ ले पराजित गरेको हो ।

यस जितसँगै ३ खेलमा ९ अंक जोडेको सेथु शीर्ष स्थामा छ । पराजय ब्यहोरेको सेल्टिक समान खेलबाट विना अंक पुछारमा छ ।

सेथुलाई जित दिलाउन काजोल डि’ सुजा र सुनिता मुन्डाले समान २ तथा अपूर्ण नजारी, मिशा भण्डारी र प्रियादर्शनीले समान १ गोल गरे । सेल्टिका लागि अन्जु चानुले १ गोल फर्काइन् ।

खेलको १५औं मिनेटमा कोजोलको गोलमार्फत सेथुले अग्रता लिएको थियो । १९औं मिनेटमा अपूर्णाले टोलीको अग्रता दोब्बर बनाइन् ।

पहिलो हाफको इन्जुरी समयमा सुनिताले टोलीका लागि तेस्रो गोल गरिन् । ४८औं मिनेटमा मिशाले गोल गर्दा सेथु ४-० ले अगाडी बढ्यो ।

५३औं मिनेटमा कोजालले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरिन् । ७४औं मिनेटमा सुनिताले ब्यक्तिगत दोस्रो गोल गर्दा सेथुले ६-० को अग्रता लियो ।

८०औं मिनेटमा प्रियादर्शनीले सेथुका लागि सातौं गोल गरिन् । ८४औं मिनेटमा अन्जुले गोल गरेपछि खेल ७-१ को अवस्थामा सकिएको हो ।

 सेथुले एन्जिलासहित  ५ मुख्य खेलाडीलाईआजको खेलमा विश्राम दिएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो