च्याम्पियनसिप

बनर्लीलाई च्याम्पियनसिपको उपाधि

लन्डन । ब्ल्याकबर्नमाथि १-० को जितसहित बनर्लीले मंगलबार च्याम्पियनसिपको उपाधि जितेको छ ।

ब्ल्याकबर्नविरुद्ध खेलअबधीभर पूर्णरुपमा दबाब रहे पनि भिसेन्ट कोम्पनीको टोलीले दोस्रो हाफमा म्यानुअल बेन्सनले गरेको गोलमा उपाधि पक्का गरेको हो ।

यस सिजन च्याम्पियनसिपमा बेन्सनको यो १२औं गोल हो । बनर्लीले खेलमा पाएको एउटा मात्र अवसरलाई बेन्सनले जाली चुमाएका थिए ।  

शीर्ष स्थानको बनर्लीले ४४ खेलमा ९५ अंक रह्यो भने दोस्रो स्थानको सेफिल्ड युनाइटेडको ४२ खेलमा ८२ अंक, तेस्रो स्थानको लुटन टाउनको ४४ खेलमा ७८,चौथो स्थानको मिडल्सब्रोको ७४,पाँचौ स्थानको कोभेन्ट्रि सिटीको ६६ र छैटौं स्थानको सन्डरल्यान्डको ६५ अंक छ । 

शीर्ष दुई स्थानका बनर्ली र सेफिल्ड युनाइटेड इङ्लिस प्रिमियर लिगमा बढुवा भैसकेका छन । तेस्रो देखी छैटौ स्थानको टोलीले भने प्रिमियर लिगमा बढुवाका लागि प्लेअफमा प्रतिस्पर्धा गर्नेछ ।द्यगचलभिथ अष्लिअजभम तजभ ऋजबmउष्यलकजष्उ तष्तभि धष्तज ब नचष्ततथ ज्ञ(ण् धष्ल बत चष्खबकि द्यबिअपदगचल।