चैत्र ८, २०८२ आइतबार | २३:५२:५१
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

फ्रान्सको सुखद लय निरन्तर,नेदरल्यान्ड्सको पहिलो जित

पेरिस । बेन्जामिन पभार्डको गोलमा फ्रान्सले युरोपियन च्याम्पियनसिप छनोट २०२४ मा आफ्नो जित यात्रालाई दोस्रो खेलसम्म कायम राखेको छ । 

फ्रान्सले आयरल्यान्डलाई १-० ले हरायो । ५०औं मिनेटमा पभार्डले गरेको गोल फ्रान्सको जितमा पर्याप्त बन्यो । यसअघि समूह बी मा शुक्रबार पहिलो खेलमा फ्रान्सले नेदरल्यान्ड्समाथि ४-० को सहज जित निकालेको थियो ।

शीर्ष स्थानको फ्रान्सको दुई खेलमा ६ अंक छ भने दोस्रो स्थानको ग्रिस र तेस्रो स्थानको नेदरल्यान्ड्सको समान तीन अंक छ । ग्रिसले फ्रान्स र नेदरल्यान्ड्सभन्दा एक खेल कम खेलेको छ ।

समूह बी मै सोमबार सम्पन्न अर्को खेलमा नेदरल्यान्ड्सले जिब्राल्टरलाई ३-० ले हरायो । 

२३औं मिनेटमा मेम्फिस डिपेले गरेको गोलमा नेदरल्यान्ड्सले अग्रता लिएको थियो । ५०औं मिनेटमा एकेले नेदरल्यान्ड्सको अग्रता दोब्बर पारेका थिए । ८२औं मिनेटमा एकेले नेदरल्यान्ड्सको अग्रता ३-० मा पुर्याएका थिए ।

जिब्राल्टरको भने यो लगातार दोस्रो हार हो । यसअघि शुक्रबार जिब्राल्टर ग्रिससँग पराजित भएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो