चैत्र १४, २०८२ शनिबार | २२:४३:३६
सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ?

आर्मीको दोस्रो जित

फाइल फोटो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत अन्तर्राष्ट्रिय विश्रामअघिको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ ।

यस जितसँगै आर्मीले पाँच खेलमा आठ अंक जोड्दा पराजय ब्यहोरेको फ्रेन्ड्सको समान खेलबाट चार अंक छ ।  

च्यासल मैदानमा शनिबार सम्पन्न खेलको छैटौं मिनेटमा टोरिक जिब्रिनको पासलाई फस्ट टचमै जाली चुमाउँदै रफिक अमिनुले फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए ।

२४ औं मिनेटमा दीपक गुरुङको क्रसमा हेडिङमार्फत उत्कृष्ट गोल गर्दै जिलेस्पीजङ्ग कार्कीले आर्मीलाई बराबरीमा ल्याए । इन्जुरी समयमा दीपकले गोल गर्दै आर्मीलाई २-१ को रोमाञ्चक जित दिलाए ।

चोटका कारण तीन खेल गुमाएका फेन्ड्सका मिडफिल्डर डोना थापा यही खेलमार्फत पुनरागमन गरेका छन् ।

दुवै टाेलीले पाएका केही अवसरलालाई

७४ औं मिनेटमा दिनेश हेन्जनको फ्रिकिकमा दीपकको हेडरलाई फ्रेन्ड्सका गोलकिपर विशाल सुनारले बचाउँदा आर्मीले अग्रता लिने अवसर गुमाएको थियो  ।

इन्जुरी समयमा फ्रेन्ड्सका जिब्रिनको प्रहारलाई गोलकिपर विकेश कुथुले बचाउँदै आर्मीको संकट टारे ।

यसअघि संकटा र एनआटीसँग बराबरी खेलेको आर्मीले साबिक विजेता मछिन्द्रलाई पराजित गर्दा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबसँग हार ब्यहोरेको थियो ।

यसैगरी सातादोबाटो र खुमलटारसँग पराजय ब्यहोरेको फेन्ड्सले थ्री स्टारसँग बराबरी खेल्दा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो