वैशाख २८, २०८२ आइतबार | २०:४३:२३
न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित

सम्झनामा जस्ट फन्टेन, जसले विश्वकपको एकै संस्करणमा १३ गोल गरे

काठमाडौं । विश्वकप फुटबलको इतिहासमा ‘जस्ट लुइस फन्टेन’ बिर्सन नसकिने नाम हो । बिर्सन नहुने पनि । तर विडम्बना, आधुनिक फुटबलले यो नामलाई त्यति महत्व दिएन । महत्व दियो होला, तर चार वर्षमा एकचोटी मात्र । महत्व दिनलाई र नबिर्सनलाई को हुन त फन्टेन ? चार वर्षमा एकचोटी फन्टेनलाई स्मरण गर्ने फुटबल समर्थकलाई पनि तत्कालै भन्न गाह्रो हुन्छ ।

मात्र पाँच खेल । १९५८ स्वीडेन विश्वकपमा जानुअघि फ्रेन्च स्ट्राइकर फन्टेनले राष्ट्रिय टोलीबाट साढे चार वर्षमा जम्मा पाँच अन्तर्राष्ट्रिय खेल खेलेका थिए । यही कारण फन्टेन स्वीडेनमा पहिलो रोजाइबाट खेल्न पाउनेमा अनिश्चित थिए । त्यसैले बेन्चमा बस्नलाई किन दुई जोर जुत्ता चाहियो ? भनेरै फन्टेनले एक जोर मात्र बुट लाने निधो गरे ।

तर स्वीडेनमा फन्टेनले अनुमान गरेको जस्तो भएन । प्रशिक्षक अल्बर्ट बाटेउले फन्टेनलाई सबै खेलमा पहिलो रोजाइबाटै मैदान उतारे । जसले गर्दा फन्टेनले अर्का स्ट्राइकर स्टेफन ब्रुएसँग बुट माग्नु पर्ने स्थिति बन्यो । किनभने अभ्यास दौरान उनको बुट च्यात्तिएको थियो ।

यसबीच फन्टेन र रेमन्ड कोपाको जोडीले विश्वकपको त्यो संस्करणमा तहल्का नै मच्चायो । पहिलो पटक सेमिफाइनल पुगेको फ्रान्सले स्वीडेनमा तेस्रो स्थान हासिल गर्यो । फ्रान्सले ६ खेलमा कुल २३ गोल गर्यो, जसमध्ये फन्टेन र कोपाको जोडीले मात्र १६ गोल गरेको थियो । त्यसमा पनि फन्टेन एक्लैले कीर्तिमानी १३ गोल गरेका थिए ।

‘ती १३ मध्येका केही गोल एउटै ह्रदय भित्र दुई आत्मा प्रेरित भएर निस्केका थिए’, बुधबार राति मात्र संसारबाट बिदा भएका फन्टेनले कोपालाई जस दिने क्रममा कुनैबेला ठट्टा गरेर भनेका थिए ।

विश्वकप फुटबल सुरु भएको ९२ वर्षभन्दा बढी भइसक्यो । फन्टेनको त्यो कीर्तिमान अझै कायम छ । कतारमा तीन महिना अगाडी मात्र २२औं विश्वकप संस्करण सम्पन्न भयो । विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा केही तल माथि भयो । कतारमा सर्वाधिक आठ गोल गरेका फ्रेन्च किलियन एमबाप्पे र उनीभन्दा एक गोल कम गरेका अर्जेन्टिनी कप्तान लियोनेल मेसी सर्वाधिक गोलकर्ताको सुचीमा केही खेलाडीलाई उछिन्दै अगाडी आए ।

मेसीले पाँच विश्वकपमा २६ खेल खेलिसकेका छन् । एमबाप्पेले भने दुई संस्करणमा १४ खेल खेले । तर पनि यी दुई आधुनिक फुटबलका सुपरस्टार एक संस्करण मात्र खेलेका फन्टेनभन्दा पछाडी छन् । १३ गोल गरेका मेसी पाचौं स्थानमा छन्, त्यस्तै १२ गोल गरेका एमबाप्पे छैटौंमा ।

एकै संस्करणमा १३ गोलको कथा

विश्वकपअघि फन्टेनलाई फ्रान्समै चिन्नेहरुको संख्या औंलामा गन्न सकिन्थ्यो । तर स्वीडेनमा फन्टेनले आफ्नो गति र फिनिसिङ टचले विपक्षीलाई कायल पारे । जसका कारण फन्टेन फ्रान्समा मात्र नभएर विश्वभरी नै चिनिए । समूह चरणको पहिलो खेलमै पाराग्वेमाथि ७-३ को जित दर्ता गराउँदा फन्टेनले ह्याट्रिक गरेका थिए । दोस्रो खेलमा युगोस्लाभीयासँग ३-२ को हार बेहोर्दा दुवै गोल फन्टेनले गरेका थिए । तेस्रो खेलमा स्कटल्यान्डलाई २-१ ले पराजित गर्दा कोपा र फन्टेनले एक/एक गोल गरे ।

अन्तिम आठमा फ्रान्सले नर्थन आइरल्यान्डलाई ४-० ले पराजित गर्यो, फन्टेनले दुई गोल गरे । पहिलो पटक सेमिफाइनल पुगेको फ्रान्सको भेट ब्राजिलसँग भयो । त्यतीबेला १७ वर्षीय पेलेको प्रेरणामा ब्राजिल ५-२ ले विजयी भयो । खेलमा पेलेले तीन गोल गरेका थिए । ब्राजिलविरुद्ध पनि फन्टेनले एक गोल गरे । तेस्रो स्थानको प्लेअफमा फन्टेनले पश्चिम् जर्मनीविरुद्ध एक्लैले चार गोल गरे र फ्रान्सले समग्रमा ६-३ को जीत निकाल्यो ।

१९५८ स्वीडेन विश्वकप आज सम्म पनि पेलेको विश्वकप भनेर चिनिन्छ । फन्टेनको विश्वकप सपना पनि पेलेले नै समाप्त गरेका थिए ।

फन्टेन त्यतीबेला घरेलु क्लब रेइम्सबाट व्यावसायिक फुटबल खेलिरहेका थिए । फन्टेनले १९५७-५८ को सिजनमा घरेलु लिगका २६ खेल खेल्दा ३४ गोल गरेका थिए । त्यस्तै फ्रेन्च कपमा १० गोल गरेका थिए । फन्टेनकै प्रदर्शन प्रेरित रेइम्सले घरेलु लिग र फ्रेन्च कप (कोपा डे फ्रान्स)को उपाधि जितेको थियो । तर पनि फन्टेन घरेलु फुटबल समर्थकमाझ त्यति चिनिएका थिएनन् । सायद उनको भाग्यले विश्वकप कुरिरहेको थियो ।

विश्वकपपछि पनि फन्टेनबाट गोलहरु निस्किए । १९५८-५९ को युरोपियन कप (हाल युइएफए च्याम्पियन्स लिग)मा फन्टेनले सर्वाधिक १० गोल गरे । रेइम्सले फाइनलसम्मको यात्रा गर्यो तर एल्फ्रेडो डी स्टेफानोबाट प्रेरित रहेको रियाल मड्रिड २-० को विजयी नतिजासहित उपाधि जित्न सफल भयो ।

करियर समाप्त पार्ने ट्याकल

मार्च १९६०, फन्टेन करियरको उत्कर्षमा थिए । उमेर जम्मा साढे २६ वर्ष थियो । त्यतिबेला घरेलु फुटबलमा रम्दै गर्दा उनको खुट्टा भाचिएको थियो । आइभोरी कोस्टका स्ट्राइकर सेको टुरेले लिग खेलकै दौरान फन्टेनमाथि नराम्ररी ट्याकल गरेका थिए । त्यस घटनापछि फन्टेनले आफ्नो करियर अगाडी लग्न सकेनन् । चोटबाट मुक्त हुँदै फन्टेनले पुनरागमन त गरे, तर उनको गति पहिलाको जस्तो थिएन । निकै प्रयास गरे पनि उनी पुरानो लयमा फर्किन सकेनन् । अन्त्यमा २९औं जन्मदिन मनाउनुअघि उनले खेल जीवनबाट संन्यास लिए ।

करियरमा कुल दुई सय १३ व्यावसायिक खेलमा करिब दुई सय गोल गरेका फन्टेनले फ्रान्सका लागि सात वर्षमा ३० अन्तर्राष्ट्रिय खेल खेल्दा २१ गोल गरे । संन्यासपछि फन्टेनले फ्रान्सेली राष्ट्रिय टोली, घरेलु क्लब पिएसजी र मोनाकोको टोलीलाई प्रशिक्षकका रुपमा नेतृत्व प्रदान गरे ।

सायद टुरेबाट त्यो ट्याकल नभएको भए, फन्टेनले फ्रान्सबाट केही उपलव्धि हासिल गर्थे कि ? सायद फ्रान्सले पहिलो पटक विश्वकप जित्न १९९८ सम्म कुर्नु पर्दैनथ्यो कि ?

आज फन्टेन यो संसारमा छैनन्  । फन्टेनको २०२३ मार्च एक (बुधबार)मा निधन भयो । उनको निधनले सारा विश्व फुटबल जगत शोकमा डुबेको छ, विशेषगरी फ्रान्स ।

फन्टेनले संसार छाडेर गए पनि उनको त्यो १३ गोलको दुर्लभ इतिहास कहिल्यै मेटिने छैन । फन्टेनको यो कीर्तिमानलाई उनी जिउँदै हुँदासम्म कसैले तोड्नै सकेनन् । प्रष्ट रुपमा भन्दा कसैले आँट नै गरेनन् । आधुनिक फुटबलमा आउने दिनमा पनि यो कीर्तिमान तोड्न अरु खेलाडीलाई सजिलो हुने छैन ।

फन्टेन आफैंले १७ वर्ष अगाडी भनेका थिए, ‘मेरो कीर्तिमानलाई तोड्ने ? मलाई लाग्दैन, कसैले यो तोड्न सक्छ । यदि कसैले तोड्ने हिम्मत गर्छ भने उसले प्रत्येक खेलमा दुई गोल गर्नुपर्नेछ, त्यो पनि लगातार सात खेलमा ।’

(एजेन्सीहरुको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP